भटमास
हावापानीको अवस्था
गर्मी तथा चिसो दुवै वातारणमा भटमासको उब्जनी हुन्छ। २६.५ देखि ३० डिग्रीको तापक्रममा भटमासको उब्जनी सबैभन्दा राम्रो हुन्छ ।भटमासको बिउ छिटो उमार्न र बेर्नाहरूलाई हलक्क बढाउनका लागि जमिनको तापक्रम १५० डिग्री सेल्सियस वा सोभन्दा माथि हुनुपर्छ।दिनको लम्बाइ चौध घन्टा भन्दा छोटा दिन, निर्धारित वातावरण र तापक्रम समेत अनुकूल छ भने भटमासका धेरैजसो प्रजातिहरू छिटै बढ्ने र परिपक्व अवस्थामा पुग्ने गर्दछन्।सामान्यतया जुन महिनाको तेस्रो हप्तादेखि जुलाइ महिनाका अघिल्ला १५ दिन भित्र भटमास रोप्ने गरिन्छ।
माटो
पानी राम्ररी निकास हुने मलिलो माटो भटमास खेतीका लागि उपयुक्त हुन्छ।सोडियम र लवणयुक्त माटाले बिउ उम्राइमा अवरोध गर्दछ।पानी जम्यो भने पनि भटमास बृद्धिलाई वाधा पुर्याउँछ। | ![]() |
बाली चक्र
प्रतिफलको मात्रा बढाउनका लागि मकै, तिल आदिसँग मिसाएर एकै पटक भटमास खेती गर्ने गरिन्छ।मकै र भटमासको खेती सँगसँगै गर्दा मकैको उत्पादन नघटाइकनै प्रति हेक्टर १० देखि १२ क्विन्टल भटमास पनि उब्जाउन सकिन्छ। मकै र भटमासको मिश्रित खेती गर्दा १०० सेन्टिमिटरको फरकमा ड्याङ बनाएर एउटा बोट र अर्को बोटको दुरी १० सेन्टिमिटर कायम गर्नुपर्छ । मकै लगाएका दुईवटा ड्याङ्का बिचमा तिनवटा ड्याङमा भटमास रोप्नु उपयुक्त हुन्छ।बाली चक्रका केही नमुनाहरू यस प्रकार छन्:
| ![]() |
रोपाइ
• माटो फुक्का होस् र बिउ राम्ररी उम्रियोस् भनेर जोत्ने काम गरिन्छ।हावाको राम्रो प्रवाह भएमा भटमासका बिरुवाहरू हलक्क बढ्छन् भने अन्य झारपात पनि मासिन्छन्। उत्कृष्ट नतिजा हासिल गर्नका लागि माटाको नमुना परीक्षण गर्ने गरिन्छ।माटामा पोषक तत्त्वको मात्रा जति बढी हुन्छ रासायनिक मलको त्यति नै कम मात्रा आवश्यक हुन्छ।जमिन सम्याउने क्रममा N, P2O5 र K2O को मात्रा मिलाएर २०-३०, ६०-८० केजी प्रति हेक्टरका दरले रासायनिक मल हाल्नु पर्दछ।चिस्यान कायम होस् र बिउ राम्ररी उम्रियोस् भनेर बिउ छर्नु भन्दा तिन चार दिन अघि पानी पटाउनु पर्दछ। भर्खरै आवाद गरिएका जमिनका लागि प्रति दस किलो बिउका लागि १० ग्राम रिजोबियम प्रतिजीवाणु मिसाउनु पर्दछ।यसले बिरुवाका जरालाई गाँठा बनाउन र नाइट्रोजनलाई स्थिरीकरण गर्न सघाउँछ।बिउलाई माटाका कारण हुने ढुसीसम्बन्धी रोगबाट जोगाउन क्याप्टान (captan) वा (thiram)जस्ता ढुसीनाशक औषधिको प्रयोग गर्ने गरिन्छ। |
Sowing
बिरुवाको आकार र मौसमका आधारमा ड्याङहरूका बिचमा ४५-६० सेन्टिमिटरको दुरी र बिरुवाहरूका बिचमा ५-१०को दुरी पारेर बिरुवा रोप्नुपर्छ। सबैभन्दा अनुकूल चिस्यान भएका अवस्थामा ३देखि ४ सेन्टिमिटर भन्दा गहिरो रोप्नु हुँदैन।प्रतिहेक्टर ४ लाख विरुवा रोप्नका लागि सामान्यतया ६० देखि ८० केजी बिउको आवश्यकता हुन्छ।हातैले वा मेसिनले बिउ रोप्न सकिन्छ। | ![]() |
मल र पोषणको व्यवस्थापन
भटमासको अधिकतम उत्पादनका लागि प्रति हेक्टर १५ देखि २० टन गोबर मल वा प्राङ्गारिक मलको आवश्यकता हुन्छ। प्रतिहेक्टर ३० क्विन्टलका दरले हुने भटमासको उत्पादनले जमिनको ३०० केजी नाइट्रोजनक खपत गर्दछ। तर भटमास जराको गाँठोमा जीवाणुको सहायताले वायुमण्डलीय नाइट्रोजनलाई स्थिरीकरण गर्न सक्ने खालको (legume) वनस्पति भएकाले भटमासले यसले जरामा प्रभावकारी ढङ्गले गाँठा निर्माण भएका अवस्थामा आवश्यक नाइट्रोजन स्वयं निर्माण गर्दछ। जैविक तत्त्व र उत्पादनशीलता कम भएको जमिनका लागि प्रारम्भमा प्रतिहेक्टर २० देखि ३० केजीसम्म नाइट्रोजन प्रयोग गर्दा बालीलाई पर्याप्त हुन्छ। कोसा लाग्न थालेदेखि ती परिपक्व हुनुभन्दा लगभग दस दिनअघिसम्म फोस्फोरसको आवश्यकता हुन्छ। बालीलाई कति फोस्फोरस चाहिने हो त्यसको निर्क्यौल गर्न माटाको परीक्षण गर्नु पर्दछ। फोस्फोरको प्रयोगसँगै जरामा हुने गाँठाहरू र जीवाणु थप गतिशील हुन्छन्। अन्य बालीका तुलनामा भटमासलाई बढी पोटासियम चाहिन्छ।प्रतिहेक्टर ३० क्विन्टल उत्पादन हुने भटमास खेतीले जमिनको १०० केजी पोटासियम घटाइदिन्छ।भटमासका कोसा लाग्ने समयका तुलनामा तीव्र प्रजननात्मक वृद्धिका बेला पोटासियमको शोषण बढी हुन्छ।पोटासियमको प्रयोग कति गर्ने भन्ने कुराको निर्क्यौल गर्न माटो परीक्षण गर्नु उत्तम उपाय हो।माटो परीक्षण नभएका अवस्थामा प्रति हेक्टर ५० देखि ६० केजी पोटासियम प्रयोग गर्नु पर्दछ।बिउ छर्ने बेलामा रासायनिक मल र बिउको दुरी ५ देखि ७ सेन्टिमिटर हुनु पर्दछ। |
सिचाइ
अनुकूल चिस्यान कायम राख्नका लागि बिउ छरेको एक हप्तापछि पहिलो पटक पानी पटाउनु पर्दछ। ड्याङ वरिपरिका सियामा मात्र पानी पटाउनु पर्दछ। अत्यधिक वर्षा भएमा कुलेसा बनाएर पानी निकासा गर्नु पर्छ। मौसम तथा माटाको चिस्यानलाई हेरेर कोसा राम्ररी विकसित नहुन्जेलसम्म १० देखि १५ दिनको अन्तरालमा पानी पटाइरहनु पर्दछ। | ![]() | |
बाली उठाउने
भटमासका ८० प्रतिशत कोसा परिपक्व भएपछि बाली उठाउने गरिन्छ।भटमासको जात, तापक्रम र मौसमको अवस्थाका आधारमा भटमास बाली परिपक्व हुन ५० देखि १४० दिन सम्म लाग्न सक्छ।भटमासका बोट परिपक्व भएपछि पातहरू पहेंला भएर झर्न थाल्छन् भने कोसाहरू छिटो छिटो सुक्न थाल्छन्।दानामा रहेको चिसोपन तीव्र गतिमा सुक्दै जान्छ।बाली उठाउँदै गर्दा दानाभित्रको चिसोपना १५% हुनुपर्छ।जमिनभन्दा माथिका डाँठ भाँचेर वा कँचियाले काटेर भटमास बाली उठाउन सकिन्छ।भटमास झार्ने औजारको प्रयोग गरेर झार्न सकिन्छ।भटमास झार्दा निकै सावधानी अपनाउनु पर्छ अर्थात् धेरै कुट्ने वा कुल्चिने गर्नु हुँदैन।यसो गरियो भने दानाको गुणवत्ता र टिकाउपनमा असर पुग्छ। | ||
![]() | ![]() | ![]() |



















धान प्रमुख खाद्यान्न बाली हो । पहाड र तराईमा यसको खेती वर्षायाममा गरिन्छ । तल्लो पहाड तथा खोचको सिञ्चित क्षेत्रमा चैते धान पनि लगाउने गरिन्छ । उन्नत प्रविधिबाट डेढदेखि दुई गुणा उत्पादन बढाउन सकिन्छ ।
धान विश्वका आधा भन्दा बढी जनसंख्या अर्थात् तीन अर्ब ५० करोड मानिसको खाद्यान्नको प्रमुख आधार नै धान हो । एशियाली मुलुकहरूलाई त धानको बास्केट नै मानिन्छ ।
किनभने ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत पनि एशियाली मुलुकमा नै हुने गरेको छ । विश्वमा जति धान उत्पादन हुन्छ त्यसको ६/७ प्रतिशत मात्र बिक्री वितरणका लागि बजारमा जान्छ ।
उच्च पहाडी क्षेत्रमा
माछापुच्छे, छोमरुङ, जुम्ली मार्सी
पहाडी क्षेत्रमा
खुमल–४, खुमल–६, खुमल–७, खुमल–८, खुमल–१०, खुमल–११
तराई क्षेत्रमा
राधा–४, विन्देश्वरी, हर्दिनाथ–१, सावित्री, मकवानपुर–१, सुख्खा धान–१, २ र ३, सावासब–१, स्वर्णसब–१
बीऊदर
उन्नत जातको बीऊ प्रतिरोपनी २.५ केजी, प्रति कठ्ठा १.७ केजी, वर्णशंकर जातको बीऊ प्रति रोपनी ७५० ग्राम, प्रति कठ्ठा ५०० ग्राम मिलाएर छर्नु पर्दछ ।
बीऊ उपचारः
बेभिस्टीन २ ग्राम प्रतिकेजी । बीऊलाई २४ घण्टा पानीमा भिजाउने र ४८ घण्टा बोरामा राखी टुसाउने ।
बीऊलाई धुलो वा हिले ब्याडमा छरी बेर्ना तयार गर्ने । बेर्नाको उमेर २०–२५ दिनको बेर्ना सार्नको लागि उपयुक्त हुन्छ । बेर्नामा ४ पात लागेको हुनुपर्छ ।
जमिनको तयारी
रोपाईं गर्नुभन्दा १ हप्ता अगाडि काल्ला खुर्कने, आली लगाउने र मुसाका प्वाल टाल्ने । गह्रामा पानी जमाएर झारपात कुहाउने ।
जमिनमा पानी लगाइ दुई पटक राम्रोसँग जोतेर हिल्याउने र पाटा लगाइ सम्याउने । तयारी जमिनमा चारदेखि पाँच सेमीसम्म पानी जमाउने ।
रोपाईं गर्ने प्रविधि
पंक्तिको दूरी २० सेमी (एक वित्ता) र बोटको दूरी २० सेमी राख्ने । वर्णशंकर जात ३० सेमी लाइन र २५ सेमी बोटको दूरीमा लगाउने ।
उन्नत जातको लागि एक ठाउँमा दुईदेखि तीन बेर्ना रोप्ने । वर्णशंकर जातको लागि एक ठाउँमा १ बेर्ना रोप्ने ।
रोपाईं गर्दा ३ सेमी भन्दा गहिरो नरोप्ने । गहिरो रोपेमा गाँज हाल्न ढिलो हुन्छ । छरुवा विधिबाट समेत धान खेती गर्न सकिन्छ ।
यो विधिमा वैशाख र जेठ महिनामा पाँच केजी प्रति रोपनी वा ३.३ केजी प्रति कठ्ठा बीऊ छर्नुपर्ने हुन्छ । यो विधिबाट खेती गर्दा झारपात नियन्त्रण गर्न अति आवश्यक हुन्छ ।
मलखाद
रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र धानको जातमा भर पर्दछ ।
उन्नत जातको लागि सिफारिस मलखादको मात्रा । वर्णशंकर जातको धान लगाउँदा उन्नत जातको भन्दा डेढ गुणा बढीको दरले मलखाद तथा रासायनिक मलको प्रयोग गर्नुपर्छ ।
मलखाद व्यवस्थापन धानबालीमा मलको प्रयोग गर्दा स्थानीय स्रोतको परिचालनमा हरियो मल (सकेसम्म कोशेबाली), एजोला, गोठेमल, कम्पोष्ट मल, पिना, ब्लुग्रिन एल्गी आदि प्रयोगमा ल्याउन सक्दछौं ।
यी मलहरू प्रयोग गरेपछि नपुग मात्रा मात्र रासायनिक मलको रूपमा दिनु पर्दछ ।
धानबालीको लागि रासायनिक सलको सिफारिस मात्रा १००–३०–३० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर सिंचित क्षेत्रको लागि छ भने असिंचित क्षेत्रको लागि ६०–२०–२० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर छ ।
धान बालीमा जिंक तत्वको कमी प्रायः देशभरी नै देखिएको छ ।
प्लास्ट रोग
यो रोगको लक्षण स्वरूप पातहरूमा दुबै छेउतिर चुच्चिएका अडाकारका थोर्लाहरू देखा पर्दछन् । यी थोप्लाहरू खैरो रङ्गको हुन्छन् र थोपलाको बीचमा सेतो बिन्दु हुन्छ ।
बाला मुन्तिरको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् ।
व्यवस्थापन रोग अवरोधक जातको खेती गर्न । स्याडमा यो रोग लागेमा हिनोसान १ मिलिलिटर १ ग्राम प्रति लिटर पानीका दरले मिलाई स्याडमा राम्ररी छर्न ।
बोट गजाइ रहेको बेला हिनोसान १.५ मिलिलिटर २ ग्राम प्रतिलिटर पानीका दरले १०–१२ दिनको फरकमा दुईपटक राम्ररी छर्ने ।
स्याक्टेरियल लिफ प्लाइट लक्षण पातको किनाराबाट लामो पहेंलो वा खैरो रङ्गका धर्साहरू देखिन्छन् र पात टुप्पोबाट सुकेर मर्दछ ।
व्यवस्थापन सिफारिस अनुसार नाइट्रोजन मल दिने ।
रोग लागेको खेतमा केही दिन पानी सुकाइदिने । एग्रिमाइसिन १०० को ०.२५ ग्राम प्रति लिटर पानीमा मिसाएर त्यो झोलमा बीऊलाई ३० मिनेटसम्म डुबाएर बीऊ उपचार गर्ने ।
खैरो थोप्ले रोग लक्षण पात वा धानका गेडामा स–साना गोलाकार वा लाम्चा खैरा थाप्लाहरू देखिन्छन् । व्यवस्थापन खेतमा रोगी बोटका ठुटाहरू र अन्य झारपात नष्ट गर्न ।
उचित मात्रा र उपयुक्त समयमा मलको प्रयोग गर्न । मेन्कोजेव डाइथेन एम–४५ बिषादी तीन ग्राम प्रतिलिटर पानीको दरले मिसाइ १५ दिनको फरकमा तीन पटक छर्कने ।
फेद कुहिने रोग लक्षण खेतमा रोगी विरुवा अग्लो नहुने, पहेंलिने र अन्तमा फेंद कुहिएर मर्दछ । बोटमा तल्लो आँख्लाहरूबाट जरा निस्कन्छन् । व्यवस्थापन रोगी बोट देख्ने बित्तिकै त्यसलाई तुरुन्तै उखेलेर बारीबाट हटाउने वा जलाएर नष्ट गर्न ।
स्वास्थ्य बीऊको प्रयोग गर्न । डेरोसाल ५० प्रतिशत डब्लु पी बिषादी दुई ग्राम प्रति किलोग्राम बीऊका दरले उपचार गरी प्याड राख्ने । पातको फेद डढुवा रोग लक्षण सुरुमा पातको फेदमा अण्डाकारका खैरा थोप्लाहरू देखा पर्दछन् ।
थोप्लाहरू बढ्दै गएर काला गिर्खाहरू देखा पछन् । बोटको माथिल्लो भागमा समेत पुगी सुकेर डढेको जस्तो देखिन्छ ।
सिँचाइ तथा निकास
बेर्ना रोपेको २०–३० दिन सम्म ४–५ सेमी पानी खेतमा रहनुपर्छ । निकास सुविधा भए १५ दिनको फरकमा ४–५ दिन पानी काटी जमिन सुख्खा राख्दा राम्रो हुन्छ ।
झारपात नियन्त्रण
झारपात प्रकृति हेरी बेर्ना सारेको २५ देखि ३० दिनमा पहिलो र ४५ देखि ५५ दिनमा दोस्रो गोलमेल गर्ने, वा झारपात प्रकोप बढी हुने ठाउँमा बेर्ना सारेको ४ दिन भित्र ब्यूटाक्लोर दाना १ केजी २५० ग्राम प्रति रोपनी वा ८०० ग्राम प्रति कठ्ठाका दरले सबै ठाउँमा पर्ने गरी समान रूपले छर्ने,
वा
छरुवा धानमा झार नियन्त्रण गर्न पेन्डिमेथालिन ३० प्रतिशत रासायनिक विषादी ४ मिली प्रति लिटर पानीमा मिसाइ १ रोपनीमा ३० लिटर (प्रति कठ्ठा २० लिटर) का दरले रोपेको तीन दिन भित्र छर्ने ।
रोपुवा धानमा ब्युटाल्कोर ५० इसी रासायनिक विषादी १.५ जिली प्रति लिटर पानीमा २५ लिटर झोल मिसाएर प्रति रोपनी (प्रति कठ्ठा १६ लिटर) मा तीन दिन भित्र छर्ने ।
बाली काट्ने चुट्ने
८०–९० प्रतिशत दाना पाकेको बेला धान काट्दा गेडा झर्ने समस्या हुँदैन । स्थानीय विधि वा थ्रेसर प्रयोग गरी चुट्ने र घाममा राम्ररी सुकाएर सफा गरी भित्र्याउने ।
उत्पादन
उत्पादन जात, मौसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ । उन्नत जातको उत्पादन २०० केजी प्रति रोपनी वा १३३ केजी प्रति कठ्ठा । वर्णशंकर जातको उत्पादन ४०० केजी प्रति रोपनी वा २६६ केजी प्रति कठ्ठा ।
तल यस सम्बन्धि केही जिज्ञासा अनि उत्तर पनि हेरौं ।
धानमा पात बेरुवा कीरा नियन्त्रण गर्न के गर्नुपर्ला ?
धानमा ५ प्रतिशत बोटहरुमा नोक्सान पुर्याेउना साथ मालाथायन २ मि.लि. वा साइपरमेथ्रीन (१० ई.सी.) ०.४ मि. लि. प्रति लिटर पानीमा मिसाइ छर्कने ।
धानको फड्के कीरालाइ रसायनिक तरिकाले ब्यवस्थापान कसरी गर्ने ?
रसायनिक विषादि ईमिडागोल्ड (ईमिडाक्लोप्रिड) ०.५ मि.लि. प्रति लि. पानीमा मिसाएर छर्ने ।
धानको फड्के कीरालाई जैबिक तरिकाले ब्यवस्थापन कसरी गर्न सकिन्छ ?
यो कीरा बत्तीमा आकर्षित हुने हुनाले यिनलाई बत्तीको फन्दामा पारेर मार्न सकिन्छ ।
धानमा गवारो कीराको ब्यवस्थापान कसरी गर्ने ?
रोगर वा ईमिडागोल्ड (ईमिडाक्लोप्रिड) २ ग्राम प्रति लिटर पानीमा मिसाइ प्रयोग गर्न सकिन्छ ।
धानमा खैरा रोगको रोकथाम गर्न के गर्नुपर्ला ?
धान रोपी सकेपछि यो समस्या आएमा ५ किलो ग्राम जि सल्फेट र २.५ किलो ग्राम चुन (घर पोत्ने चुन) प्रति हजार लिटर पानीमा मिसाई एक हेक्टरका दरले छर्कने ।
धानमा खैरा रोगको लक्षण कस्तो हुन्छ ?
रोग लागेमा गाँज कम हाल्ने, बोट होचो हुने र तल्ला पातहरु पहेंलिने हुन्छन् । पहेंलोपन प्रायः पातका नसाहरुको बीचमा देखापर्छ ।
धानमा कालो पोके रोगको रोकथाम गर्न के गर्नुपर्ला ?
कार्बेन्डाजिम २.५ ग्राम प्रति कि.ग्रा बीउका दरले उपचार गर्ने । बीउ छर्नुभन्दा ५ देखि ७ दिन अघि नै बीउ उपचार गर्नुपर्दछ ।
धानमा कालो पोके रोग भनेको के हो ?
यो रोगले गर्दा धानको बालामा दानाको सट्टा ढुसीका बिजाणुहरुको पोको बन्न जान्छ । यो पोको बाहिरबाट हरियो र भित्र पहेलो वा सुन्तला रङ्गको हुन्छ ।
पछि गएर यो पोको कालो रुपमा परिणत हुन्छ ।
धानमा फेद कुहिने रोगको रोकथाम के होला ?
यो रोग बीउवाट सर्ने भएकोले बीउलाई कार्बेन्डाजिम ३ ग्राम प्रति के.जी. बीउलाई उपचार गरेर मात्र ३ दिन पछि ब्याड राख्ने । यो बिधि खुमल ४ धानको जातको लागि आवश्यक छ।
धानमा फेद कुहिने रोगको लक्षण के होला ?
रोगी बेर्ना या बोटहरु स्वस्थ बेर्ना बोटहरु भन्दा अग्लो हुने, पहेंलिने र कुहिएर मर्ने गर्दछन् ।
धानमा डढुवा रोगको ब्यवस्थापान कसरी गर्ने ?
डढुवा रोगको लक्षण देखिएको शुरुको अवस्थामा २ किलोग्राम गाईको गोबर १० लीटर पानीमा २ घण्टा सम्म भिजाउने र मसिनो कपडाले छानिसके पछि १०० ग्राम म्यूरेट अफ पोटास (पोटास मल), १० ग्राम बेसार मिसाएर घोल तयार पारी स्प्रेयरले छर्केर ।
धान बाली काट्ने समय कसरी थाहा पाउने ?
८५˗९० प्रतिशत दाना पाकिसके पछि वाली काट्नुपर्छ ।
रसायनिक बिधिबाट झारपात नियन्त्रण कसरी गर्ने ?
झारपात नियन्त्रणको लागि बेर्ना रोपेको २–३ दिन भित्र पानीमा पातलो झिल्ली हुने गरि ब्युटाक्लोर २ मि.ली. प्रति लीटर पानीमा मिसाएर छर्न पनि सकिन्छ ।
धानमा झारपात नियन्त्रण कसरी गर्ने ?
सामान्यतया बेर्ना रोपेको ३०˗३५ दिनपछि पहिलो गोडाई र झारपातको प्रकोप हेरी रोपेको ५५˗६० दिनमा दोस्रो गोडाई गर्नु पर्दछ ।
धानको बीउ छर्ने र रोप्ने समय कहिले हो ?
उच्च पहाडमा
बैशाख˗जेठमा बीउ छरी जेठ˗आषाढमा रोपिन्छ ।
मध्य पहाडमा
बैशाख˗जेठमा बीउ छरी जेठ˗श्रावणमा रोपिन्छ ।
तराईमा
जेठ˗आषाढमा बीउ छरी आषाढ˗श्रावणमा रोपिन्छ ।
धानखेतमा पानीको मात्रा अवस्था अनुसार कसरी ब्यवस्था गर्नुपर्दछ ?
रोपाई गर्दा २˗३ से.मी. पानी हुनुपर्दछ । रोपाईको ३ दिनसम्म सिंचाई नदिने र त्यसपछि खेतमा लगातार ५ से.मी. सम्म पानी जमाउनुपर्दछ ।
गोडाई र मलखाद टपड्रेस गर्दा ५ दिन सम्म पानी कटाउनुपर्दछ।बाला पसाउने र फूल फुल्ने अवस्थामा खेतमा १० से.मी. पानी जमाई राख्नुपर्दछ।
धान काट्ने अवस्था भन्दा १०˗१५ दिन अगाडि देखि खेतबाट पुर्णरुपमा पानी कटाउनुपर्दछ ।
धानको बेर्ना रोपेपछि पानी धेरै दिन सम्म टिकाउन के गर्नुपर्ला ?
माटोलाई राम्रो सँग हिल्याएर एकनासले बाउसे (रोपाई गर्दा खेतको हिलो सम्याउने काम) गरेर हिलो माटो सम्याउनुपर्दछ ।
धानको बेर्नाको उमेर कति हुनुपर्दछ ?छिटो पाक्ने जातको लागि ३ देखि ४ हप्तासम्मको बेर्ना र ढिलो पाक्ने जातको लागि ४ देखि ५ हप्ताको बेर्ना उपयुक्त हुन्छ ।
धानको बीउ दर कति हो ?
१.६ के.जी. प्रति कठ्ठा वा २.५ के.जी प्रति रोपनी वीउ पर्याप्त हुन्छ ।
धानको बीउलाई के ले उपचार गर्नुपर्दछ ?
कार्बेन्डाजिम २.५ ग्राम प्रति कि.ग्रा. बीउका दरले उपचार गर्ने । बीउ छर्नुभन्दा ५ देखि ७ दिन अघि नै बीउ उपचार गर्नुपर्दछ ।
धानको बीउको लागि बीउ छनौट कसरी गर्ने ?
बीउ छान्दा १० लिटर पानीमा १.६५ कि.ग्रा. खाने नुन घोलेर तयार पारिएको घोलमा बीउलाई हाल्नुपर्दछ । यसो गर्दा पुष्ट र असल बीउ पिँधमा र कमसल बीउ पानीको सतहमा आउछ । थिग्रिएको बीउलाइ पानीबाट निकाली, सफा पानीले पखाल्नुपर्दछ र बीउको लागि प्रयोग गर्ने ।
धान कति किसिमले लगाउन सकिन्छ ?
धान तिन किसिमले लगाउन सकिन्छः (१) हिल्याएर बेर्ना रोप्ने (२) पाखो जमिनमा धानको बीउ छर्ने र (३) जमिन हिल्याएर बीउ छर्ने (छरुवा धान) ।
धान खेतीको लागि उपयुक्त माटोको पि.एच. कति हो ?
धान खेतीको लागि माटोको पि.एच ६.५ देखि ७.५ उपयुक्त मानिन्छ ।
धान खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
धान खेती बलौटे माटो बाहेक सबै प्रकारको माटोमा गरिन्छ । यसो भएता पनि पाँगोको मात्रा बढी भएको चिम्ट्याइलो दोमट मलिलो माटो राम्रो हुन्छ ।
बीउ उम्रनको लागि माटोमा न्युनतम तापक्रम कति आवश्यक हुन्छ ?
बीउ उम्रनको लागि माटोमा न्युनतम १० देखि १५ डिग्री सेन्टिग्रेड (डि.से.) तापक्रम आवश्यक हुन्छ ।
नेपालको तराइ तथा भित्री मधेशको लागि उपयुक्त धानका बर्णशंकर जातहरु के के हुन् ?
तराई तथा भित्री मधेशको लागि पन्जिकृत धानका बर्णशंकर जातहरुः डि.वाई १८, डि.वाइ ६९, यु.एस. ३१२, एराईज ६४४४, गोरखनाथ ५०९ ।
हाईब्रिड धानका जातहरु भन्नाले के बुझिन्छ ?
दुई भिन्न आनुवांशिक श्रोत भएका धानहरु विच क्रस गराएर निकालिएको प्रथम पुस्ताको धानका जातहरुलाई हाईब्रिड धान भनिन्छ ।
हालै मध्य पहाड र तल्लो पहाडको लागि सिफारिश गरिएको जात के हो ?
खुमल ८ धानको जात मध्य पहाड र तल्लो पहाडको लागि बि.सं २०६३ सालमा सिफारिश गरिएको हो ।
खुमल १० धानको जातको बिशेष गुणहरु के के छन् ?
पाक्ने अवधिः १३६ दिन, औसत उचाई १०५.८ से.मी, उत्पादकत्व ४७७८ के.जी. प्रति हेक्टर।६० दिनसम्मको बेर्ना रोप्दा पनि राम्रो उत्पादन लिन सकिन्छ । असिन्चित क्षेत्रहरुको लागि उपयुक्त र छरुवा धानको रुपमा पनि खेति गर्न सकिने जस्ता गुणहरु रहेका छन् ।
खुमल १० धानको जात कुन क्षेत्रको लागि सिफारिश गरिएको छ ?
काठमाण्डौ उपत्यका र सो सरहको हावापानी भएको पहाडी क्षेत्रको लागि सिफारिश गरिएको छ।
पोखरेली जेठोबुढो धानको जात कुन क्षेत्रको लागि सिफारिश गरिएको छ ?
यो बर्षे धान पोखरा उपत्यका र यस आसपासका क्षेत्रहरु (६०० देखि ९०० मिटर उचाई) को लागि सिफारिस गरिएको हो ।
जुम्ला वा सो सरहको क्षेत्रको लागि सिफारिस गरिएको धानका जातहरु के के छन् ?
चन्दननाथ १, चन्दननाथ ३ धान जुम्ला वा सो सरहको हावापानी हुने क्षेत्रको लागि सिफारिस गरिएको छ ।
हर्दिनाथ १ धानको जात कस्तो बाली प्रणालीमा लगाउन सकिन्छ ?
धान˗धान˗बाझो, धान˗गहुँ˗ मकै, धान˗मकै˗धान, धान˗आलु˗प्याज, धान˗गहुँ˗धान । हर्दिनाथ १ धान कस्तो क्षेत्रको लागि सिफारिश गरिएको हो
तराई, भित्री मधेश, रिभर बेसिन तथा ८०० मिटर सम्मको उचाईको लागि सिफारिश गरिएको हो।
हर्दिनाथ १ धानको बिशेष गुणहरु के के छन् ?
छोटो पाक्ने अवधि (१०० देखि ११०) दिन, होचो (१०० देखि १०५ से.मी.) र उत्पादकत्व ४२०० के.जी. प्रति हेक्टर दिन सक्ने जस्ता गुणहरु रहेका छन् ।
तराई क्षेत्रको लागि चैते धानको जातहरु के के छन् ?
हर्दिनाथ १, चैते धान २, चैते धान ४, चैते धान ६, बिन्देश्वरी र सि.एच. ४५ जस्ता जातहरु चैते सिजनमा लगाउन सकिने जातहरु हुन ।
बाढी आउने वा पानी बढी हुने जग्गाको लागि धानको कुन कुन जात उपयुक्त हुन्छ ?
स्वर्णा सब १, सावा सब १ जस्ता धानका जातहरु बाढी आउने तथा पानी जम्ने वा बढी हुने ठाँउका लागि उपयुक्त हुन्छ । यो धानको बेर्ना १० देखि १५ दिन सम्म पानीले डुबाउदा पनि मर्दैन ।
तराईको लागि सुख्खा सहन सक्ने धानका जातहरु के के सिफारीश गरिएका छन् ?
तरहरा १, हर्दिनाथ २, सुख्खा धान १, सुख्खा धान २, सुख्खा धान ३, सुख्खा धान ४, सुख्खा धान ५, सुख्खा धान ६ लगायतका धानका उन्नत जातहरु सिफारीस गरिएका छन् ।