सुकलैया गाँउकाे परिचय
नेपालको तत्कालीन नारायणी
अञ्चल बारा जिल्ला डुमरवाना गा.वि.स. वडा नं.६ हाल परिवर्तित जीतपुरसिमरा
उप-महानगरपालिका वडा नं.१५ मा अवस्थित सुकलैया गाँउ 2034 साल भन्दा अघि हालको
पर्सा राष्ट्रिय निकुन्जको चार कोशे जंगलको रुपमा रहेको थियो ।
2034 सालमा सरकारी
निर्णयानुसार यस स्थानको वन जंगल फडानी गरी नारायणी अन्चल मकवानपुर जिल्ला हेटौंडा
न.पा. वडा नं.2, 5 र 6 को भीरपाखामा वसोवास गर्ने बासिन्दाहरुलाई सट्टा भर्नाको
रुपमा उक्त सुकलैया भन्ने स्थानमा 2035 सालमा स्थानातरण गरीएको उक्त गाँउमा सो
समयमा विभिन्न जातजाती गरी 22 घर परिवारको वसोवास रहेको थियो ।
पूर्वमा वाणगंगा नदी, पश्चिममा
बेगाई खोला, उत्तरमा चारकोषे जंगल दक्षिणमा तराईको समथर भू भागको वीचभागमा अवस्थित
यस गाँउको स्थापनाकालको समयमा वस्ती निर्माणमा सहयोग गर्ने तत्कालिन उक्त गाउँका
वासिन्दा प्रतिष्ठित व्यक्तिहरुमा लालदास थेवे, अष्टमान श्रेष्ट, कृष्णकुमार
नेपाल, नारायण प्रसाद शर्मा, कृष्ण बहादुर पाठक, गणेश बहादुर पोखरेल, हरिसरण दंगाल
लगायत रहनु भएको थियो ।
शुरुमा यल आकारमा
अवस्थित यस गाँउमा तत्कालिन समयमा ब्राह्यण, क्षेत्री, तमाङ्ग, दनुवार(राई),
विश्वकर्मा, मिजार, परियार लगायत विभिन्न जातजातीहरुको बसोवार रहेको थियो । जो जे
जस्तो भए पनि सबै जातजातीहरुको एउटै पेशा थियो कृषिकार्य । केही समयपछि वसाई सराई
बढ्दै जाने क्रममा
ओखलढुंगाबाट सिद्दिराज घिमिरे,
धादिङ्गबाट बद्रिप्रसाद खतिवडा,
मनिपुरबाट दिलदास तमांग, लाल दश थेबे ,
झापाबाट
भीमप्रसाद ढुंगेल,
सिन्धुपाल्चोकबाट केदार प्रसाद सापकोटा
लगायत बिभिन्न
प्रतिष्ठित कृषि पेशामा आवद्द व्यक्तिहरुको आगमन संगै हाल यस गाउँको मुहार उज्यालो
भएको छ।रमणिय बन्दै गएको यस गाउँमा विभिन्न जातजाती भेषभुषाका व्यक्तिहरुको बसोवासभए
पनि एक अर्का प्रति भाईचाराको सम्बन्ध रहेको छ ।
यस गाउँको मुख्य पेशा
भनेकै कृषि हो। यसका अलावा केही युवाहरु बैदेशिक रोजगारीमा पनि आवद्ध रहेका
छन्।हाल यस गाउँमा कृषि पेशाका अलावा अन्य पेशाको समेत विकास भएको पाइन्छ ।
यस
गाउँका उत्कृष्ट कृषकहरुको 1,2,3 गरेर नाम लिनु पर्दा
1) केदार प्रसाद घिमिरे
2) बद्रिप्रसाद
खतिवडा
3) दिपमान श्रेष्ठ
लगायतका अन्य कृषकहरुको पनि नाम लिन सकिन्छ ।
कृषि
अन्तर्गत धान, मकै, गहुँ, उखु, तरकारी, फलफुल,
(पशुपंछिमा गाई, भैंसी, खसि, बाख्रा,
बंगुर पालन)
खेति गरिंदै आएको छ ।
यहाँका आमा, दिदी बहिनी, भाउजु,
बुहारीहरु आमा समुह, महिला समुह, कृषि सहकारी संस्था लगायतका समुहहरुमा समेत आबध्ध
रहनु भएको छ ।
विभिन्न
राजनीति दलसंग आबद्ध रहेता पनि गाँउको विकासको काममा कुनै भेदभाव नराखि आफ्नो मन
बचन कर्मले सहयोग गर्नु हुने र हाल यस गाउँमा बसोवास गर्नु हुने सम्पूर्ण राजनीतिज्ञ,
बुद्दिजीवी, प्रतिष्ठित ब्यक्तिहरु मध्येबाट अग्रज व्यक्तित्वको नाम लिनु पर्दा,
टंक प्रसाद पराजुली, नारायण प्रसाद पोखरेल, केदार
प्रसाद सापकोटा, बद्रि प्रसाद खतिवडा, पूर्ण बहादुर खड्का, राम प्रसाद अधिकारी, ( दिलदास तमांग, लाल दश थेबे , ......) (.... ...........) यीनै अग्रज तथा बुद्दिजीवीहरुको महत्वपूर्ण
सुझाव, सल्लाह हौसला, प्रेरणाबाट उत्प्रेरित भई सम्पूर्ण आमा, दाजु भाई, दिदी
बहिनी,हरु आफ्नो नियमित कार्यमा निरन्तररुपमा लागिरहनु भएको देखिन्छ ।
शिब कुमार ढुंगेल
हेटाैडा न.पा.-५,मकवानपुर
0 comments:
Post a Comment