धार्मीक स्थल ः
यस गाँउमा धार्मीक स्थल भनेर गाउँकाे मध्य भाग देखि पश्चिम बेगाइ खाेलाकाे किनारमा रहेकाे एक शिव मन्दीर रहेकाे छ भने । त्यस मन्दिर परिसरमा धर्मशाला र पृतृपुजात्मक कार्यकाे लागी सम्रचना समेत रहेकाे छ । जसले गर्दा यस गाँउकाे महिमा निकै अगाडी बडेकाे छ ।
नदिनाला
यस गाँउकाे पुर्वमा रहेकाे वाणगंगा र पश्चिममा रहेकाे बेगाइ खाेलाले गाँउकाे सुन्दरता र हरीयालीमा निकै प्रभावकारी भुमिका खेलेकाे छ । यस दुबै नदिकाे चिसाे र कलकल पानीले गाँउकाे हावापानिमा समेत सुद्दताकाे पहिचान गरेकाे छ भने कृषकहरूलाइ समेत यसले समय समयमा बालिनालि हरियाली बनाउन निकै प्रभावकारी भुमिका खेलेकाे छ ।
सरकारी तथा गैर सरकारी संस्था
यस गाँउमा सरकारी बिध्यालय समेत रहेकाे छ जसकाे नाम श्री सुक्लैया बाल बिकास केन्द्र रहेकाे छ भने हाल साे बाल बिकास केन्द्र समेत संचालनमा नभएकाेले यस गाँउका बाल बालिकाहरू भने यसै गाँउ नजिकै रहेकाे बिध्यालयमा पठन पाठन गरिरहेका छन् ।
यस गाँउमा बिभिन्न संघ संस्था लगायत बैक बितिय संस्थाहरूले समेत कार्य गरी कृषी पेशालाइ टेवा पुर्याइ रहेकाे छ । जसकाे माध्यमबाट किसानहरूले अाफ्रनाे र परिवारकाे जिविकाे पार्जनमा सहयाेग पुगिरहेकाे छ । जस मध्ये सधै किसानहरूलाइ निरन्तरता साथ दिने संस्था डुमरवान दुग्ध सहकारी रहेकाे छ जसले टेवा र सेवा दुबै प्रदान गरी किसानहरूकाे मनाेवल उच्च र दरिलाे पारेकाे छ ।
सिमाना
पुर्बमा बालगंगा नदी पश्चिममा भवानी पुर (काटाटाेल) उत्तरमा हलखाेरिया बन दक्षिण रजैया सडक (जैतापुर डुमरवाना मार्ग )
क्षेत्रपफल
क्षेत्रपफल २.२७
किलाेमिटर कुल क्षेत्रपफल ६.२१ किलाेमिटर
बजार तथा साना ब्यबसायहरू
यसै गाँउ भित्र रहेका छन् भने यस गाँउ देखि पश्चिम २ किलाे मिटरमा डुमरवाना बजार रहेकाे छ भने दक्षिण तर्फ ४ किलाे मिटरमा फत्तेपुर बजार रहेकाे छ
0 comments:
Post a Comment