मकै खेती प्रविधि
मकै नेपालको प्रमुख अन्नबाली हो । यो हिमाल, पहाड, तराई सबै भेगमा धेर–थोर उत्पादन हुन्छ । मकैबाट ढिंडो, रोटी, ग्रिटको भात आदि परिकार तयार गर्न सकिन्छ । स्वादिष्ट सुप बनाउनका लागि हरियो दुधे मकैको पिठो (कर्न पाउडर) अनिवार्य हुन्छ । अहिले मकैबाट खानेतेल पनि उत्पादन हुन थालेको छ । नेपालको सरदर उत्पादनकŒव मकैको २.२०५ प्रति हेक्टर रहेको छ । मकैबालीमा फूल फुल्ने बेलामा १० डिग्रीसेन्टिग्रेड भन्दा कम तापक्रम भएमा पराग सेचन क्रियामा कमी आइ दाना नलाग्ने समस्या देखा पर्दछ । बढी र घटी तापक्रमको असर विशेष गरी वर्णंकर जात लगाउँदा बढी देखापर्दछ । उन्नत प्रविधि र उन्नत बीऊको प्रयोगबाट खाद्यान्न बालीको उतपादन २५ प्रतिशतले बढाउन सकिन्छ । मकै तराईदेखि उच्च पहाडसम्म खेती गरिने बाली भएकाले विकसित देशहरूको तुलनामा नेपालमा मकैको औषत उत्पादन न्यून रहेको छ । मकै चमर निस्कने (फूलफुल्ने) समयमा ३५ डिग्री सेन्टिगे्रड भन्दा बढी र १० डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम भयो भने परागसेचन दर घट्न र कमैको घोगामा दाना लाग्दैन ।
मकैका जातहरू ः
गणेश एक जातको बीऊ उच्च पहाडमा लगाउँदा उपयुक्त हुन्छ । त्यस्तै मनकामना –१, मनकामना –३, देउती, शितला, पोषिलो मकै –१, आदि जातका बीऊ मध्य पहाडमा लगाउनको लागि उपयुक्त हुन्छ । रामपुर कम्पोजिट, अरुण–१, अरुण–२ आदि बीऊ बेसी, भित्री, मधेश र तराई क्षेत्रमा लगाउन उपयुक्त हुन्छ । निश्चित ठाउँका लागि उन्मोचित तथा सूचीकृत जातहरू हुन् ।
बीऊ दर ः
– १ केजीप्रति रोपनी अथवा सात सय ग्राम प्रति कठ्ठा ।
– गुणस्तरीय बीऊको प्रयोगबाट राम्रो उत्पादन हुन्छ ।
– बीऊलाई आठ घण्टा पानीमा भिजाएर छहारीमा सुकाइ रोप्ने ।
रोप्ने र बाली लिने समय ः
(क) वर्षे मकै उच्च पहाड, मध्य पहाड, खोच, तराई
(ख) हिउँदे मकै भित्री मधेश, तराई
(ग) बसन्ते मकै तराई
जमिनको तयारी ः
– जमिनलाई दुईदेखि तीन पटक खनजोत गरी राम्रोसँग सम्याउने ।
– बीऊको राम्रो उमार शक्तिको लागि माटोमा चिस्यान कायम राख्ने ।
– खेतबारीमा पाकेको गोबरमललाई खेतबारीमा लगेर लामो समयसम्म थुप्रो पारी राख्नाले मलमा भएको पौष्टिक तŒव नष्ट भएर जान्छ ।
रोप्ने प्रविधि ः
– बीऊलाई लाइनमा लगाएमा लाइनको दूरी ७५ सेमी र बोटको दूरी २० देखि २५ सेमीको फरकमा लगाउने र एक ठाउँमा दुई दानाका दरले रोप्ने ।
– बीऊलाई पाँचदेखि सात सेमी गहिराईमा हलो अथवा कुटोले बनाएको सियोमा रोप्ने वा हाते मकै प्लान्टरले रोप्ने ।
– बिरुवा उम्रनासाथ (सात दिनभित्र) ५० प्रतिशत भन्दा बढी उमार भएमा खाली ठाउँमा पुन रोप्ने ।
– उम्रेको १० दिनपछि एक ठाउँमा एक बिरुवा मात्र राख्ने र बढी भएको हटाउने ।
– बढी उत्पादन लिनको लागि प्रति रोपनी ३३ सय अथवा प्रति कठ्ठा २२ सय बिरुवा लगाउने ।
मलखाद ः
मकै बालीमा प्राङ्गारिक मल करिब ६ टन प्रति हेक्टरका दरले करिब एक महिना अघि प्रयोग गरेर जमिनको तयारी गर्नु पर्दछ । मकै बालीलाई सिफारिस गरेको रासायनिक मल ६० किलोग्राम नाइट्रोजन, ३० किलोग्राम फस्फोरस र ३० किलोग्राम पोटास प्रति हेक्टर हो । जसमध्ये नाइट्रोजन मलको आधा मात्रा ३० किलोग्राम र पूरै फस्फोरस तथा पोटास मल बाली लगाउने बेलामा प्रयोग गर्न पर्दछ । बाँकी रहेको ३० केजी नाइट्रोजनलाई दुई भाग गरी १५ केजी बाली घुँडा–घुँडा हुँदा र बाँकी १५ के.जी. धानचमरा निस्कने बेलामा प्रयोग गर्नपर्दछ । मकैबालीमा जिङ्क सल्फेट २० केजी प्रति हेक्टरका दरले प्रयोग गर्दा उत्पादन बढेको पाइएको छ । आवश्यकता हेरी जिङ्ग र ब्रोेनको प्रयोग गर्नुपर्दछ ।
रासायनिक मलको परिमाण माटोको उर्वरा शक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र मकैको जातमा भर पर्दछ । उन्नत जातको लागि सिफारिस मलखादको मात्रा । जमिन तयार गर्दा कम्पोष्ट मल प्रति रोपनी ६ सय केजी र प्रति कठ्ठा चार सय केजी हाल्नु पर्दछ ।
डीएपी मल प्रति रोपनी ३.० केजी र प्रति कठ्ठा २.० केजी जमिन तयार भएपछि हाल्नु पर्दछ । पोटास प्रति रोपनी २.५ केजी र प्रति कठ्ठा १.७ केजी जमिन तयार भएपछि हाल्नु पर्दछ । युरिया प्रति रोपनी १.२५ केजी र प्रति कठ्ठा आठ सय ग्राम चमरा निस्कनु अघि त्यस्तै घुँडा जति अग्लो भइपछि युरिया मल प्रति रोपनी २.५ केजी र प्रति कठ्ठा १.७ केजी हाल्नु पर्दछ । हाइव्रिड जातको मकै लगाउँदा उन्नत जातको भन्दा डेढ गुणा बढीका दरले मलखाद तथा रासायनिक मलको प्रयोग गर्ने ।
सिँचाइ ः
– हिउँदे मकै र बसन्ते मकैमा चारदेखि पाँच पटकसम्म सिँचाइ गर्ने ।
– सिँचाइ गर्दा ड्याङको बीचको कुलेसोबाट सिँचाइ गर्ने ।
– सिँचाइ गर्नुपर्ने विशेष अवस्थाहरूमा युरिया मल दिने समय, घोगाामा जुँगा आउने समय र दानामा दुध लाग्ने समय हुन् ।
गोडमेल तथा झारपात नियन्त्रण ः
– पूर्व बालीमा झारपातको बीऊ तयार हुन नदिने । नपाकेको गोबरमलबाट झारपातको बीऊ आउने हुँदा पाकेको मल मात्र प्रयोग गर्ने ।
– मकैको पहिलो गोडाइ बीऊ रोपेको २० देखि २५ दिनपछि गर्ने र बाक्लो भएको बिरुवा हटाउने साथै उकेरा लगाउने ।
– दास्रो गोडाइ बोट घुँडा जति अग्लो भएपछि गर्ने र युरिया मल टप ड्रेस गरी मकैलाई उकेरा दिने ।
रोग नियन्त्रण ः
खैरा रोग (जिङ्कको कमी) लक्षण रोगी बोटको फेदतिरको पात पहेंलिएर जान्छ । पातमा खैरा थोप्लाहरू पनि देखिन्छन् । थोप्लाहरू बढेर पूरै पात खैरो वा रातो देखिन्छ । बोटमा गाँज थपिने र बढ्ने क्रम रोकिन्छ । लक्षण देखापरेपछि २० ग्राम जिङ्क सल्फेट र १२ ग्राम चुन ५० लिटर पानीमा मिसाइ प्रति रोपनीका दरले १० दिनको फरकमा २ पटक छर्के । नाइट्रोजन र फस्फोरस सिफारिस भर्दा बढी प्रयोग नगर्न । लक्षण देखिएमा केही दिनसम्म खेतमा पानी सुकाउने । पातमा लाग्ने डढुवा लक्षण पातमा आँखा आकारका खैरा दागहरू देखिन्छन् । यी दागहरू पछि जोडिएर पात नै सुकाइ दिन्छन । व्यवस्थापन रोग अवरोधक जात (मनकामना—३, गणेश—१,
गणेश—२) लगाउने ।
घोगा कुहिने लक्षण ः
घोगाको टुप्पोबाट रातो र गुलाबी रङ्ग भइ कुहिन थाल्छ । कुनै बेला घोगाको फेदबाट कुहिने गर्छ । व्यवस्थापन रोग अवरोधक जात (मनकामना—१, गणेश—२), ककनी पहेंलो लगाउने ।
कालो पोके लक्षण ः
धान चमरा कालो भइ लट्टा परेको जस्तो देखिन्छ । घोगामा दानाको सट्टा कालो ढुसीको धुलो भरिएको हुन्छ । व्यवस्थापन कार्वडाजिम (वेभिष्टिन ५० डब्लु.पी.) दुई ग्राम प्रति केजी बीऊको दरले उपचार गरी रोप्ने ।
डाँठ कुहिने लक्षण ः
जमिन भन्दा माथि डाँठको दोस्रो आँख्लो नजिकैको भित्री भागको गुदिको रङ्ग बदलिन्छ । डाँठ कुहिन गइ बोट ढल्दछ । व्यवस्थापन सिफारिस मात्रामा मलको प्रयोग गर्न र रोगको जीवाणु गवारेबाट सर्न भएकाले गवारो नियन्त्रण गर्नका लागि (फ्यूराडन ३ प्रतिशत गेडा) विषादी प्रयोग गर्न ।
घोगाको खास्टामा पनि पात जस्तै लक्षण देखा पर्न सक्छ र डाँठमा बाटुला वा लाम्चिला खैरा, छेउमा पहेंलो भएका दागहरू हुन्छन् । रोग ग्रस्त बोट अलिकति हावा लाग्दैमा पनि ढल्ने हुन्छ । घोगा टेंडा, साना, थोते, अपुष्ट गेडा भएका हुन्छन् । व्यवस्थापन अवरोधक वा रोग सहनसक्ने जातको मकै लगाउने जस्तै गणेश–१ र मनकामना–३ जातका मकैमा रोग कम लाग्दछ र मनकामना–१, हिलपुल सेतो र देउती जातका मकैमा रोग सहनसक्ने क्षमता रहेको छ । ढिलो लगाइको र बाक्लो गरी लगाइएको मकैमा रोगको प्रभाव बढी देखिने भएकोले मकै राप्दा धेरै बाक्लो नलगाउने र अलि छिटो लगाउने । रोगी बोटका सम्पूर्ण अवशेष नष्ट गर्न । मल सन्तुलित रूपमा प्रयोग गर्ने । कार्वडाजिम (वेभिस्टिन) वा वेनोफिट एक ग्राम अथवा डाइथेन एम ४५ वा साफ दुई ग्राम प्रति लिटर पानीका दरले रोग देखापर्ने समय भदौ दुई हप्ता अगावै (असार अन्ततिर) एक पटक छर्केर उपचार गर्न ।
बाली भि†याउने ः
– मकैको घोगा सुकेपछि घाम लागेको बेलामा भाँच्ने ।
– मकै घोगालाई झुत्ता बनाएर झुण्ड्याउने वा घोगालाई राम्ररी घाममा सुकारएर मात्र भण्डारण गर्ने ।
– राम्ररी सुकेको घोगालाई छोडाई दानालाई पनि चार घाम सुकाएर दानाको चिस्यान आठदेखि १० प्रतिशत भएपछि भण्डारण गर्ने अथवा राम्ररी सुकेको दानालाई हावा नछिर्ने गरी दुई सय ५० माइक्रोनको सेतो प्लाष्टिक ब्यागमा भण्डारण गर्ने ।
उत्पादन ः
– मकैको उत्पादन जात मौसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ ।
– उन्नत जातको उत्पादन दुई सय केजी प्रति रोपनी वा १३३ केजी प्रति कठ्ठा ।
– वर्णशंङकर जातको उत्पादन चार सय केजी प्रति रोपनी वा दुई सय ६६ केजी प्रति कठ्ठा ।
स्रोत ः जिल्ला कृषि विकास कार्यालय,
0 comments:
Post a Comment