मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Wednesday, October 7, 2020

मेरि प्यारी आमा

मेरि प्यारी आमा


आमा ! अपुताली जोगाउन हो की ?

कुरौते समाजको मुखमा बुजो लाउन

आमा ! नारीत्व ढान्न हो की ?

आफनो कोमलता सन्तानमा बिसाउन


आफु जीबन र मरणको दोसाधमा पनि

दश महिना कोखीमा राखेर जन्मायौ

आफु संधै भोक भोकै बसेर भए पनि

अतमभरी दश धारा दुध चुसाएर बचायौ


मायाकी खानी आमा ! आफु दुख सहेर

अपार माया दिएर, मलाई हुर्कायौ

दायाकी धनी आमा ! आफु संधै रोएर

सितल अनुहारले हांसेर, मलाइ फकायौ


आफु अन्याय र अत्याचारको समना गरेर

न्यानो काखमा, मायालु हातले सुमसुमायौ

सन्तानको सुन्दर भबिश्यको कामना गरेर

सबैलाई खुसी बाडेर, आफ्नो दुःख लुकायौ


संसार भरिको एउटी आमा !

मेरी मोहतारी आमा !

मेरी जननी आमा !

निश्छल, निश्पक्षकी देबी आमा !


त्यसैले आमा ! मलाई

कहिलै तिरेरै नसक्ने ऋण लगायौ

सांच्चै आमा मलाई

सातौ जन्मलाई पुग्ने माया बिछायौ

  बि. एन.ढुङेल

Share:

Saturday, September 12, 2020

गन्तव्य बिहिन यात्रा

 गन्तव्य बिहिन यात्रा


दिउसाे करिब २ बज्न खोजेको हुँदो हो, अफिसकाे मिटिगं सकेर अनायासै बिनाकुनै योजना घुम्न जाने सल्लाह भयो । जाने त जाने तर जाने कहाँ ? यो शहरको कथा छाडेर भाग्ने उपयुक्त ठाउँ कता भन्ने प्रश्न उठ्यो । 

“हाम्रो अफिसका साथीहरू नगएको ठाउँ जाऊँ न त,” उही उदासले प्रस्ताव गर्‍यो ।

हामिलाई जता गए पनि के फरक पर्छ र ! बाइकमा २ जना बत्तियौं—  यहाँसम्म त ठीकै थियो, कथाले भनौं या यात्राले नयाँ मोड तब माग्यो, जब गतब्य नै तय भएन। त्यसपछि मुड चेन्ज, प्लान पनि चेन्ज । जहाँ पुगिन्छ त्याहाँ जाने, केही समय बिताउने, सके केही समय बिताउने, नसके त्यत्तिकै फर्किने । आफ्नो स्रोत र साधनले नभ्याएपछि उद्देश्य र गन्तव्यहरू परिवर्तन हुन क्षण पनि नलाग्दो रहेछ ।

हामी स साना पोखरी, खेत, गाँउ छिचोल्दै, लडिएला कि भन्दै डराउँदै केही अगाडि पुग्यौं । आफू आएको बाटो सही छ÷छैन, जाँच्न मन लाग्यो । बाटो त सही रहेछ तर भर्खरै पिच  हुँदै गरेकोले जान मिल्ने रहेछ । फर्किनुपर्ने भयो । गन्तव्य त उही थियो तर बाटो फेरियो । फर्किन लागेको, कसो–कसो हामी नयाँ ठाँउमा आइपुगिएछ । विगतमा यो ठाउँसँग राम्रै परिचय बनेकोले ठम्याउन गाह्रो परेन । मान्छेलाई एकपटक देखेको ठाउँ र हिँडेको बाटो कतिबेला काम लाग्दो रहेछ, अनुमान गर्न नसकिने । विगतको मेरो हिँडाइ प्रवृत्तिले हामीलाई हराउनबाट जोगायो ।

हामी तेस ठाँउबाट सोझिँदै गर्दा गाँउ चिनेकै भए पनि बाटो त अञ्जान नै थियो । सीधा हिँड्नुपर्ने ठाउँमा अञ्जानमै भए पनि अनावश्यक मोड लिएपछि पूर्वावस्थामा फर्किनु नियति बन्यो । खेत चिरेर सानो आन्द्राजस्ता बनाइएका बाटामा डम्फरजस्ता सवारी आउँदा त ज्यान जोगाउनै हम्मेहम्मे पर्दो रहेछ । हामी त जसोतसो जोगियौं । पछिपछि आइरहेका अर्का यात्री बाइकसहित नालातिर सोझिए । उनी आफू त जोगिए तर बाइकको आधा चक्का बाटो र आधा नालामा उत्तानो टाङ लाएर बस्यो । मान्छेलाई बिनागल्ती सजायचाहिँ कसले भाग लगायो होला ? या तिनले पनि कुनै साइकल या पैदलयात्रीलाई नालातर्फ सोझिन प्रेरित गरेका थिए र आफ्नो कर्मको फल भोगे ? खैर, हामीले उनलाई अगाडिको बाटोबारे पनि सोध्यौं । उनी एक गाई किसान रहेछन् । उनकै घरमाथिबाट मुन्टो बटारेर साथ छोडिएका साथीलाई हेरें । घुम्ती र मोडको कारण साथी त देखिएनन् तर देखियो भर्खरै छुटेको बिराटनगर शहर । काठका जंगलछेउ पुगेर सिमेन्टका जंगल हेर्दा पनि रमाइलै लाग्दो रहेछ । मन्त्रमुग्ध भएर केही दृश्य क्यामेरामा कैद गरें । आफूसँग नभएको वस्तु प्रिय लाग्नु मानवीय स्वभाव भएर होला— छाडेको शहर देख्दा पनि मन रमाएको ।

अञ्जान गन्तव्य जाने अञ्जान बाटा र उकाली–ओरालीहरू पछ्याउँदा पछ्याउँदै तेतरीया भन्ने ठाउँमा पुगिएछ । धन्न नेपालका मान्छे बाटो सोध्दा बताउने मानवीयता राख्छन् नत्र हाम्रो हाल शहर पसेको स्यालकै हुन्थ्यो । भर्खरै रोपाइँ गरिएका धान खेत र बर्सिन ठिक्क परेको बादललाई एउटै प्रतिछायामा अटाउन भ्याएछु । आफैंले खिचेको तस्बिरमा अघिभन्दा केही नयाँपन भेटें । मज्जा लाग्यो । जीवनमा उत्साहित हुन नयाँपन जीवित हुनु आवश्यक रहेछ ।

गफगाफमै केन्द्रित भइरहेको मेरो ध्यान अलिक अगाडि पुगेर त्यहाँ के छ भन्ने कुतूहलताले भंग भयो । नगई चित्त धरिएन । बाइक स्टार्ट गरें । एक किलोमिटर जत्ति अगाडि ग्रामथान गाँउपािलका  थियो । छेउमा एक खाली जग्गामा केही किसानहरूले जुट पाटा बनाउदै थिएन् । त्यहीँ पुगेर रोकियौं र उहाकाे केही तस्बीर क्यामेरामा कैद गर्न सफल  भयाै । पहिले  सुन्दा खिन्न लागे पनि उनको रोजीरोटीको लागि काम गरेका रहेछन भनेर खुशि लाग्याे । 

 

हामी केहि पर पुगेर फेरि साेहीबाटाे फर्कीदा  एउटा खाेलामा केही समय बिताइ जिन्दगीलाइ कसरी अगाडी र कस्ताे माेडमा लैजाने भनी कुरा कानी भयाे र हामीले तेसै स्थानमा बन्दै गरेकाे पुलमा बसी केही तस्बीर पनि क्यामेरामा कैद गरायाै ।

शनिबारको एकदिने यात्राले सिंगो जीवनकै पाठ सिकाएर गयो । हामी जान चाहेका कहाँ थियौं, पुग्यौं कहाँ ! खोजेको गन्तव्य नभेटिएपछि गन्तव्य पनि परिवर्तन भए । यात्रा होस् या जीवन— दुवै सयौं घुम्ती र उकाली–ओराली छिचोल्दै अघि बढिने रहेछ । बाटो बन्द भए कहिलेकाहीँ पछाडि पनि फर्किनुपर्ने रहेछ । तर, गन्तव्यको खोजीमा निस्केका हाम्रा पाइला बिनागन्तव्य घर फर्किनुपर्दा पनि दुःखी भएनन् । जुन उमंग कोठा छाड्दा थियो, फर्किंदा पनि उही उमंग र हाँसो थियो । मान्छे जीवनमा सन्तुष्ट हुनकै लागि यति धेरै यत्न–प्रयत्न गर्छ कि उसले जीवनयात्रामा रमाउन नै बिर्सिन्छ । यात्राको आनन्द छोडेर गन्तव्य नभेटिएकोमा दुःखी रहनेहरू धेरै छन् । फरक–फरक यात्राका फरक–फरक गन्तव्य तोकिएका हुन्छन् । मानिसलाई खुशी त गन्तव्यले होइन, यात्राले दिँदो रहेछ । बस्— हरेक हिँडाइमा आफ्नाहरूको साथ आवश्यक हुँदो रहेछ । के थाहा— हामीले तय गरेको यात्राबिन्दु पनि अरू कसैका लागि पुग्न नसकेको गन्तव्य पो थियो कि ?

                                                                                     

  
                                                       बि.एन.ढुंगेल , बिराटनगर



Share:

Friday, September 11, 2020

याे माया के होला ?

                  💖💖 माया 💖💖


माया दुई अक्षरले वनेको शव्द हो । जहाँ संसार अटेको हुन्छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्नानै, मात्र महसुस् गर्न सकिन्छ ।

 माया देखिने कुरा होइन । यो त मनले महसुस गर्ने कुरा हो । आखिर माया सबैमा हुन्छ तर दर्साउने शैली फरक–फरक हुन्छ । मायालाई हेर्न सकिँदैन, रोक्न सकिँदैन, छेक्न सकिँदैन । हृदयमा आफै उत्पन्न हुने चिज हो यो, जसलाई खोजेर भेटिँदैन । राम्रो लाग्यो भन्दैमा समात्न पनि मिल्दैन ।

माया छातीमा कुँदिएको हुन्छ । शरीरको एक–एक धमनीमा रगतसरि बगिरहन्छ । पूरै मन मस्तिष्कमा, हातखुट्टा, टाउको अनि रसिला ती आँखामा सबैतिर मायाले ठाउँ ओगटेको हुन्छ । माया अपवाद हो । माया बिल्कुल फरक केहीसँग नमिल्ने पूर्णविराम हो । प्रश्न चिन्ह हो, माया । अल्पविराम बनी वाक्यलाई निरन्तरता दिने अर्थहीन शब्द पनि हो, माया । 

माया आगो हो, माया स्वार्थ हो, माया जलन हो । माया जबरजस्ती भोगाइ, सम्झाइ, बुझाइ पनि हो । अरूलाई हँसाउनु र रुवाउनु पनि माया नै हो । कसैलाई दु:खी नबनाई खुसी बटुल्नु मायाको उपलब्धि हो । माया सबैमा हुन्छ, तर पाउन मुस्किल पर्छ । बाटोमा हिंड्दैमा र बोल्दैमा माया बस्ने भए, हामी अहिलेसम्म अनगिन्तीसँग बोल्यौं होला, अनगिन्तीसँग साथ–साथै हिंड्यौं होला, तर किन जोसुकै सँग हिंड्दा पनि उसको यादले मात्र सताउँछ ? यद्यपि माया भनेको मनसँग मन मिल्ने अदृश्य स्वरूप रहेछ । यदि कसैले आफूलाई बारम्बार पीडा दिँदा पनि आफूले भने बारम्बार माया दिइरहन सकिन्छ भने त्यो नै साँचो माया हो ।

भनिन्छ, मानिसको शरीर ठूलो छ । त्योभन्दा नि ठूलो मानिसको मन र अझ ठूलो मानिसको माया हुन्छ रे । सबसे ठूलो त प्रेमी–प्रेमिकाको प्रेम हो रे वा भनौं मनले मन खोज्ने माया रे । मानिसको माया र मानिसभित्रको मनको मायामा कति फरक हुन्छ ? मानिसले गर्ने माया मानिससँग हो जुन स्वार्थी हुन्छ । रूप, धन र योग्यता यी सबलाई समावेश गरेर माया गर्न थाल्छ मानिसले । मनले गर्ने माया बिल्कुल फरक हुन्छ । जुन भावुक र प्रेमिल हुन्छ । मनले मनलाई नियाल्छ । मनले आफूजस्तो मन खोजेर मात्र माया गर्न थाल्छ, जसमा केही कुरा समावेश हुँदैन, न त उसको साथीभाइ, न उसको बुवाआमा, न त आफन्त । मात्र एक–अर्कामा जोडिएको मनलाई खोजिरहन्छ मनले ।

मनको माया अटल हुन्छ, शिथिल हुन्छ । मनसँग मन मिल्नासाथ एक ठाउँमा अडिएर बस्न सक्दैन । एक–अर्काको परेलीमा, घरिघरि आँखाको नानीमा, आँखाको नजरमा, कसैले नदेख्ने त्यो सुनसान मध्यरातमा छताछुल्ल हुन्छ ।

मानिस रुँदा मानिससँगै बसेर रुन्छ । खुसी हुँदा मानिससँगै बसेर भलाकुसारी गरेर खुसी व्यक्त गर्छ, तर मन रुँदा एकान्त खोज्छ, एकान्तमा बसेर उही दुखाएको मनलाई नै सम्झेर रुन्छ । हाँस्दा पनि उसैसँग हाँसिरहेको हुन्छ । मानिसको खुसी सबैसँग बाँडिन पुग्छ । त्यो खुसि बाँडिँदा एक ठाउँदेखि अर्को ठाउँ र एउटा मानिसदेखि अर्को मानिससम्म पुग्छ । मन खुसी र दु:खी जे हुँदा पनि उही खोजिरहेको मनमै ठोक्किन पुग्छ । मनको मायामा यथार्थता हुन्छ । स्वच्छ गङ्गाजस्तै निश्चल । मानिसले गर्ने मायामा स्वार्थ नै स्वार्थले भरिएको हुन्छ । न त उसले आमा–बाबु भन्छ न त दिदीबहिनी न त भाउजू–बुहारी तर मनले जसलाई माया गर्छ उसले मन मिल्ने मानिसबाहेक अरू लाई हेर्नु र भेट्नुको कुरा पनि टाढै जाओस् सोच्न पनि सक्दैन । याे मायाकाे संसार यस्तै रहेछ जति बर्णन गरे पनि कहिल्यै सकिन्न् । 

                            माया गंगा जस्तै पबित्र र कन्चन हुन्छ । 


                                     



                                              💖💖💖💖💖 बि.एन. ढुंगेल , बिराटनगर, माेरंग



Share:

Sunday, August 30, 2020

व्यावसायीक मेवा खेती

 

व्यावसायीक मेवा खेती



माटो

व्यवसायीक मेवा खेतीको लागि पानी नजम्ने, प्रशस्त प्रांगारिक पदार्थ भएको, बलौटे दोमट माटो उपयुक्त मानिन्छ । मेवाका जराहरु जमिनबाट धेरै गहिराईमा जान नसक्ने हुँदा माटो मलिलो हुनु आवश्यक छ । उचित पानीको निकास भएको तथा हावा खेल्ने माटो यसको खेतीको लागि राम्रो मानिन्छ । पि.एच ६ – ६.५ मेवा खेतीको लागि सुहाउँदो हुन्छ

हावापानी

मेवा उष्ण तथा उपोष्ण प्रदेशीय फल भएको हुँदा यसलाई तराई तथा मध्य पहाडमा सजिलै उत्पादन गर्न सकिन्छ । तातो तथा ओषिलो हावापानी मेवा खेतीका लागि उपयुक्त मानिने हुँदा समुद्री सतह देखि करिब १००० मि. उचाई सम्म यसको सफल व्यवसायीक खेती गर्न सकिन्छ । मेवाको राम्रो वृद्धि विकासका लागि करिब २१ डी सेल्सियस देखि ३३ डी. सेल्सियस सम्मको तापक्रम उपयुुक्त मानिन्छ । १० डी. सेस्ल्सियास वा सो भन्दा कम तापक्रम मेवा खेतीको लागि हानिकारक हुन्छ । मेवाखेतीका लागि करिब ३५ से.मी देखि २०० मि. सम्म औषत बार्षिक वर्षा उपयुक्त हुन्छ । मेवाको लागि पानी आवश्यक छ तर पानी जमेको भने पटक्कै हुनुहुदैँन । थोपा सिंचाई मेवाका लागि निकै राम्रो मानिन्छ ।

मेवाका जातहरु: कोयटुम्बर – १, कोयटुम्बर – २, रेड लेडी, वासिंगटन, पुसा म्याजेस्टि

लिङ्गको छनोट

लिङ्गको छनोट मेवा खेतीको लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । सफल व्यावसायिक खेतीको लागि भाले, पोथी तथा उभयलिङ्गी मेवाको छनोट हुनु अत्यावश्यक छ । सामन्यतया भाले मेवाको फल लाग्दैन फुल्ने मात्र गर्दछ । यसकारण व्यवसायीक मेवा खेती गर्दा धेरै भाले मेवा राख्नु उपयुक्त मानिदैन । जब मेवा फुल्न थाल्छ तब मात्र भाले, पोथी तथा उभयलिङ्गी मेवा चिन्न सकिन्छ । भाले मेवाका फूलहरु झुन्डिएका तथा समूहमा आउने गर्दछन भने पोथी मेवाका फूलहरु छुट्टाछुट्टै आउदछन । भाले तथा उभयलिङ्गी मेवामा पुष्पदलहरु तल तिर जोडिएका हुन्छन् भने पोथी मेवामा स्वतन्त्र हुन्छन् । भाले मेवाका कोपिलाहरु निकै साघुरा तथा चम्चा आकारका हुन्छन् । यस्तै पोथी मेवाका कोपिला केही ठूला र सोलि आकारका हुन्छन् भने उभयलिङ्गी मेवामा बेलनाकार हुन्छन् ।

प्रसारण

मेवाको प्रसारण बीउ बाट हुन्छ । यसको बिरुवालाई नर्सरी बेडमा उत्पादन गर्न सकिन्छ । सामान्यतया एक हेक्टरमा बिरुवा लगाउन करिब ४५० देखि ५५० ग्राम बीउ चाहिन्छ ।

बेर्नाको तयारी

व्यावसायीक मेवा खेतीका लागि बेर्नाको तयारी अनिवार्य हुन्छ । बेर्ना तयार गर्न बेड बनाउदा चौडाई एक मि. , उचाई १५ से.मि. तथा लम्बाई आवश्यकता अनुसार तयार गरेर पाकेको गोबरमल माटोमा मिलाई सम्म बनाई १० से.मि.को फरक पारेर करिब एक से.मि. को गहिराईमा बिउ रोप्नु पर्दछ । बीउ रोपीसके पछि माथीबाट हल्का माटोले पुरी परालले छोपेर हजारीबाट हल्का पानी दिनुपर्दछ । बीउ रोपेको करिब १५-२० दिनभित्र बेर्ना उम्रन थालेपछि पराल हटाई दैनिक सिंचाई दिनुपर्दछ ।

बेर्ना रोपण

यसरी तयार भएको बेर्ना एक महिना पछि बल्ल रोप्न लायक हुन्छ । बेर्ना रोप्दा १५ से.मि. लम्बाई, १५ से.मि. चौडाई र २० से.मि.को खाडल बनाई, पाकेको गोबरमल राखी एक बोट देखि अर्को बोटको दुरि डेढ देखि दुई मिटरको फरकमा रोप्नु पर्दछ । बेर्ना रोपिसके पछि हल्का सिचाई दिनु पर्दछ । जब मेवा फुल्न थाल्छ उक्त समयमा भाले तथा पोथी मेवा पहिचान गरि १० बोट पोथी मेवामा एक बोट भाले मेवा राखी अरु भाले मेवा फालिदिनुपर्दछ ।

रोग तथा व्यवस्थापन

कोत्रे रोग, पात बटारिने रोग, पात डढुवा रोग तथा अन्य विभिन्न भाईरल तथा ढुसिजन्य रोगहरु मेवामा अत्याधिक लाग्ने केही रोगहरु हुन् ।कोत्रे रोगको ब्यवस्थापन तातो पानीबाट तथा ढुसीनासक बिषादिको प्रयोगबाट गर्न सकिन्छ । पात बटारिने रोगको ब्यवस्थापनका लागि मोनोक्टोफर्स (०.०५%) बिषादिको प्रयोग उपयुक्त हुन्छ भने पात डढुवा रोगको ब्यवस्थापन वेभिष्टिन बिषादिको प्रयोग द्वारा गर्न सकिन्छ ।

निकै गुणकारी फल मेवाको नेपाली बजारमा दिन प्रती दिन बढ्दो माग छ तर माग अनुसार व्यवसायिक खेती हुन नसक्दा बढ्दो बजारमागलाई अहिलेको उत्पादनले धान्न सक्ने अवस्था छैन । नेपालमा व्यवसायीक मेवा खेतीको प्रचुर सम्भावना छ तर लगानी निकै कम छ फलतः मेवा खेती फस्टाउन सकेको छैन । यसकारण मेवामा लगानी बढाई आत्मनिर्भर हुनु आजको आवश्यकता हो ।

Share:

ड्राडन फ्रुट्स फलको व्यावसायिक खेती

 

ड्राडन फ्रुट्स  फलको व्यावसायिक खेती फैलिदै

कृषि पोष्ट संवाददाता


पूर्वमन्त्री लोकेन्द्र विष्टको दैनिकी फेरिएको छ । जेलनेल सहँदै माओवादी आन्दोलन लागेर मन्त्रीसम्म बनेका विष्ट केही वर्षयता लगभग भूमिगत जस्तै बनेर कृषि कर्ममा जुटिरहेका छन् ।

माओवादीको उद्गमस्थल रुकुम पश्चिम मुरु गाउँमा जन्मेका विष्टलाई नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीमा नबोलाएका पनि होइनन्, तर उनी राजनीतिको खेती छाडेर कालो धान अनि ड्रागन फ्रूटको खेतीतर्फ सोझिए ।

माओवादीका पूर्वकेन्द्रीय नेता एवं जनमुक्ति सेनाका कमिसार विष्ट अहिले युद्धस्तरमै काम गर्छन्, तर राजनीतिमा होइन, कृषि फार्ममा । युद्धकालमा कम्मरमा पेस्तोल हुन्थ्यो, अचेल हातमा सानो कैंची देख्न पाइन्छ ।

दाङको बिजौरीस्थित घोराही–तुलसीपुर सडकको किनारामा गत वर्षदेखि ३ बिघा ५ कठ्टा जमीन १५ वर्षका लागि भाडामा लिएर विष्टले विगत एक वर्षदेखि ड्रागनफ्रुटको खेती थालेका छन् । ड्रागन फ्रूटको खेती नेपालमा नयाँ भएको विष्ट बताउँछन् ।

माओवादी पार्टी परित्याग गरेपछि शुरुमा विष्टले कालो धानको खेती गरेका थिए । दाङ र काभ्रेमा कालो धानको खेतीपछि उनी अहिले ड्रागन फ्रूटतर्फ लागेका हुन् । दाङमा उनको फार्म विस्तारै हेर्न लायक हुँदैछ ।

ड्रागन खेतीतर्फ लागेपछि समयाभावले कालो धानको खेती गर्न छाडेको विष्ट बताउँछन् । तर, अर्को वर्षदेखि त्यसलाई पनि निरन्तरता दिने उनको योजना छ । विष्टका अनुसार कालो धानको चामल प्रतिकिलो १५ सय रुपैयाँसम्म बिक्री गर्न सकिन्छ ।

ड्रागन फ्रूटको कथा

ड्रागन फ्रूटबारे पूर्वमन्त्री विष्टले १५/१६ वर्षअघि जानकारी पाएका थिए । उनका अनुसार नेपालमा पहिलोपटक ड्रागन फ्रूट भित्र्याउने पहिलो व्यक्ति डा. जेएन (जगन्नाथ) राई हुन् । खोटाङबासी राईले सन् २००२ मा भियतनामबाट ड्रागन फ्रूट भित्र्याएको विष्ट को दाबी छ । यसको स्वादचाहिँ पहिलोचोटि चीनमा चाखेको विष्ट बताउँछन् ।

कृषि फार्ममा भेटिएका पूर्वमन्त्री विष्टले सन्तोषको सास फेर्दै भने, ‘मलाई खेतीमा आनन्द आएको छ, कृषिकर्ममै रमेको छु । अझ, नौलो काम गरेको महसुस भएको छ ।’

ड्रागन फ्रूटलाई उष्णप्रदेशीय फल भनिन्छ । सिउँडी प्रजातिको भएकाले सिउँडी हुने ठाउँमा यसको खेती गर्न सकिन्छ । नेपालको तराई र भित्री मधेसमा पानी लाग्ने तर नजम्ने स्थानमा यसको राम्रो सम्भावना रहेको विष्टको फार्मले पुष्टि गर्दैछ । यसको मूल खेती दक्षिण अमेरिकाको मेक्सिकोमा हुने गर्छ । तर, नेपालमा भने भियतनामबाट भित्रिएको उनी बताउँछन् ।

विष्टका अनुसार ड्रागन फ्रूट केही सीमित देशहरुमा मात्र उत्पादन भइरहेको छ । बोटबाटै ६/७ सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री गर्न सकिने यो फल बहुउपयोगी भएकाले यसबाट नेपाली किसानको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने उनको दाबी छ ।

ड्रागन फ्रूट रसिलो, गुलियो र स्वादिलो फल हो । स्वास्थ्यका लागि अत्यन्तै उपयोगी एन्टीअक्सिडेन्टयुक्त फल हो यो । यसको खेती गर्न चाहनेका लागि बिरुवा उत्पादन गर्ने सोचमा छन् विष्ट ।

ड्रागन फ्रूटलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । यो रातिमा फूल्ने गर्छ र दिनमा ओइलाउँछ । फूलेको झन्डै एक महिनामा खानका लागि फल तयार हुन्छ । यो फल टिपेको पन्ध्र दिनसम्म बिग्रँदैन ।

त्यसो त दाङमा यसअघि पनि खेती भइसकेको छ । ०७२ सालमा विष्टले कालो धानको खेती गर्दा २४ वटा ड्रागन फ्रूटका बिरुवा स्थानीय वीरबहादुर बुढालाई दिएका थिए । त्यसमा लागेको फल गत वर्ष उनले एक लाखजतिको बेचिसकेका छन् ।

८० लाख ऋण, तीनजना साझेदार

विष्टको फार्ममा अहिलेसम्म तीन चरणमा बिरुवा रोपिएको छ । अब करिब सात हजार तीन सय बिरुवा पुग्ने विष्टले बताए । यो फार्म विष्टसहित तीनजना मिलेर शुरु गरेका हुन् । अहिलेसम्म धेरै कारोबार ऋणमै चलेको छ । अहिलेसम्म करिब ८० लाख रुपैयाँ विभिन्न व्यक्तिबाट ऋण लिएर काम चलाइएको छ । अब बैंकबाट ऋण लिने प्रक्रिया अघि बढेको उनी बताउँछन् ।

यसको खेतिका लागि पानी अलि बढी आवश्यक पर्ने हुँदा पानीको समस्या छ । अहिलेसम्म दुईवटा इनार खनेर प्रत्येक बिरुवामा थोपा सिँचाइ पुर्याउने प्रयास भइरहेको छ ।

योसँगै एभोकाडोको खेती गर्ने सोचले विरुवा उत्पादन गरिएको विष्टले बताए । उपयुक्त जग्गा भेटिए यसको पनि ठूलै परिमाणमा खेती गर्ने उनको सोचाइ छ । एभोकाडोले तीनदेखि ६ वर्षमा फल दिन सुरु गर्छ र यसमा ड्रागन फ्रूटलाई जस्तो स्याहारको पनि खाँचो नपर्ने उनी बताउँछन् ।

ड्रागन फ्रूटका लागि प्रत्येक बिरुवालाई सिमेन्टका पिलर दिइएको छ भने पोलमाथि टायर राखिएको छ । त्यसो नगर्दा फलले बिरुवा नै भाँच्ने खतरा रहन्छ ।

राजनीतिमा चुनौतिभित्रै सम्भावना खोज्ने विष्टले यतिबेला खेतीमा पनि यही सूत्र लगाउन खोजेका छन् । विष्टका अनुसार केही समयअघि नयाँ लगाएको बिरुवाले भर्खरै मुना फालेर रहरलाग्दो देखिएको बेलामा असिनाले चुटेपछि बिरुवालाई गोली हानेजस्तो पूरै प्वाल पारिदियो । अब विरुवा खत्तमै हुने भए भनेर बिष्ट चिन्तित बने । तर, असिना अमृत बनिदियो । तिनै प्वालबाट नयाँ मुना पलाए । उनलाई एउटा नयाँ परीक्षण सफल भएको महसुस भयो– असिनाले क्षति पुर्याए पनि केही नहुँदो रहेछ ।

आगामी वर्षको जेठ अन्तिमदेखि असोजको पहिलो हप्तासम्ममा झन्डै एक हजार बोटले फल दिन शुरु गर्ने विष्टको अपेक्षा छ । ४ देखि ५ हजार किलो फल आगामी वर्ष फल्ने उनको अनुमान छ । राम्रोसँग स्याहार सुसार गर्यो भने एउटा बोटको आयु २० देखि २५ वर्ष हुने गर्छ ।

विष्टले ड्रागन फ्रूटको बीचबीचमा अन्य खेती पनि शुरु गरेका छन् । कुरिलो, सर्पगन्धा, भटमास, बोडी र काउलीको खेती पनि सँगसँगै अघि बढाइएको छ । विविध कृषि फार्म प्रालिका नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा फार्म दर्ता गरेर उनी व्यवसायमा लागेका हुन् ।

बजारको समस्या

अहिले विष्टको कृषि फार्म हेर्न आउनेहरुको भीड लाग्न थालेको छ । कृषि फार्म मात्रै नभएर यो एउटा कृषि पर्यटनजस्तो बन्न थालेको छ । कतिपयले सिउँडी किन लगाउनुभएको भनेर प्रश्न गर्छन् । विष्ट भन्छन्, ‘यो सिउँडी प्रजाति भए पनि सिउँडी होइन, यो विश्वकै राम्रो फल हो भनेर बुझाउँछु ।’

फार्म हेरिसकेपछि धेरैले खेती गर्ने रुचि देखाए पनि बजार कस्तो होला भनेर आशंका गर्ने गरिएको सुनाउँदै विष्ट भन्छन्, ‘अब मैले नै बजारको समस्या हुँदैन भनेर ब्यवहारबाटै देखाउनुपर्ने चुनौति छ ।’

हरेक वस्तुको उत्पादन भएपछि बजार हुने उल्लेख गर्दै विष्ट यसले पनि नेपालमा बजार पाउने विश्वास व्यक्त गर्छन् । नेपालमा फलफूल खाने बानीको बिकास हुँदै गएको र दक्षिणपूर्वी एशियामा यसको खेती गर्ने लहर नै चलेकाको पूर्वमन्त्री विष्टको भनाइ छ । चीन र भारतमा यसको ठूलो बजार रहेको उनले दाबी गरे ।

अहिले इन्टरनेटको बिकासले गर्दा सूचनाका लागि सजिलो भएकाले नौलो खेती गर्न खासै गाह्रो नभएको उनको अनुभव छ । पूर्वमाओवादी नेता विष्ट राज्यको कृषि नीतिप्रति असन्तुष्टि प्रकट गर्दै भन्छन्, ‘दुःखको कुरा, राज्यले बजारको ब्यवस्था गर्न सकेको छैन । यसतर्फ राज्यको ध्यान नै छैनभन्दा पनि हुन्छ । उनीहरुले सुनेका त होलान्, तर चासो छैन ।’

विष्टले थपे, ‘राज्यले ऋणको व्यवस्था गरिदिने हो भने कृषकलाई सजिलो हुने थियो । अनुदान त झन टाढाकै कुरा भयो । अनुदान खानेले काम गर्दैनन्, काम गर्नेले अनुदान पाउँदैनन् ।’

राजनीति आजीवन गर्ने पेशा होइन

राजनीतिलाई हेर्ने सवालमा आफ्नो कृषिकर्मलाई एउटा क्रमभंगता मान्छन् विष्ट । ‘राजनीति स्थायीरुपमा गर्ने व्यवसाय होइन, यो एउटा कालखण्डसम्म गर्ने सेवा हो,’ पूर्वमन्त्री विष्ट भन्छन् ‘राजनीति समाज सेवा हो, जुन निःस्वार्थ र नि:शुल्क गरिन्छ, तर, राजनीतिमा लागेकाहरु पनि जनतासँगै आएर काम गर्न सक्छन् भन्ने सन्देश दिन पनि म कृषिकर्ममा जुटेको हुँ ।’

विष्टका कुरा सुन्दा उनीभित्र राजनीतिक चेत यथावत छ । उनी वर्तमान देशको अवस्थाबारे विश्लेषण गर्दै भन्छन्, ‘एकातिर देश राजनीति गर्नेहरुले बिगारे भन्ने जनतामा वितृष्णा छ भने अर्कोतिर बेरोजगारी ब्याप्त छ, लाखौं युवा विदेशमा छन्, हामी राजनीति गरेकाहरु पनि जनताभन्दा अलग छैनौं, तपाईहरु पनि देशभित्रै बसेर केही गर्नुस् र यो सम्भव छ भनेर देखाउने मेरो सपना हो ।’

दृढ ईच्छाशक्तिका साथ लागियो भने थोरै पुँजीबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने संदेश दिने ध्याउन्नमा देखिन्छन् विष्ट । राज्य राजनीतिमा मात्रै अल्झेको र जनता पनि सजिलै धेरै धन कमाउने सपनामा मात्रै लाग्दा देश अगाडि बढ्न नसकेको उनको निष्कर्ष छ ।

‘अब राज्य र राजनीति गर्ने हर व्यक्तिले उत्पादनविना अघि बढ्न सकिँदो रहेनछ भन्ने जानून्’ विष्टले सुझाए, ‘राजनीति भनेको समाजसेवा हो, सधैं सकृय राजनीतिमा झुण्डेर मात्रै समाजसेवा हुँदैन । एउटा निश्चित कालखण्डसम्म समाजसेवा हुन्छ, जीवन नै राजनीतिमै बिताउन थाल्ने हो भने यो पेशा हुन्छ । राजनीति गर्नेहरु फेरि फर्कने जनतामै हो, उनीहरु श्रम संस्कृतिमै रमाउनुपर्छ ।’

पूर्वमन्त्री विष्ट भन्छन्, ‘आधुनिक कृषितर्फ खोज अनुसन्धान गर्न पनि उत्प्रेरित गरोस् भनेर मैले यो खेती थालेको हुँ । रनभुल्लमा परेका नेपाली किसानलाई स्पष्ट दिशाबोध गर्ने मेरो उद्देश्य हो ।’

Share:

इस्कुस खेती

 

इस्कुस खेती कसरी गर्ने ? (विज्ञको विधि)

१। इस्कुसको लागि कस्तो किसिमको हावापानी चाहिन्छ?
– इस्कुस समुद्र सतहबाट ३०० मिटर देखि २००० मिटर सम्मको उचाईमा यसको उत्पादन राम्रो हुन्छ। यसको लागि सापेक्षिक आर्द्रता ८० देखि ८५ प्रतिशत राम्रो मानिन्छ।

२। इस्कुसको लागि वार्षिक वर्षा कस्तो चाहिन्छ?
– यसको लागि वार्षिक वर्षा १५०० देखि २००० मि।लि। चाहिन्छ। कूल वार्षिक वर्षा भन्दा वितरणले बालीको सफलतामा भूमिका खेलेको हुन्छ।

३। इस्कुसको खेती कति तापक्रम सम्ममा राम्रो हुन्छ?
– इस्कुसका लागि २० देखि २५ डिग्री सेन्टिग्रेडकोन्यानो तापक्रमको अवस्था निकै राम्रो मानिन्छ। यसले तुषारो र माटोमा पानी जमेको अवस्था सहन सक्दैन। बसन्तको आगमनसँगै तापक्रम बढेपछि यसका मुन्टाहरु पलाउन थाल्दछन्।

४। यसलाई कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?
– निकासको राम्रो व्यवस्था र पि।एच। मान ५।५ देखि ६।५ भएको मलिलो हल्का बलौटे देखि दुमट माटोमा यसको खेती गर्न सकिन्छ। अम्लिय माटोमा बाली राम्रो हुँदैन। माटोको पि।एच। मान ५।५ भन्दा कम भएमा प्रति रोपनी १० देखि १५ के।जी। कृषि चुन जमिनको अन्तिम तयारी गर्दानै माटोमा मिसाउनु पर्दछ।

५। नेपालमा कस्ता प्रकारका इस्कुसह? पाइन्छन्?
– नेपालमाउपलब्ध इस्कुसकाप्रकारह? मध्ये हल्का हरिया रङ्ग भएका, काँडा नभएका वा कम भएका, कुलेसा नभएका वा हल्का गहिरा भएका, रेशा नभएका वा कम भएका आदि स्थानिय जातह? पाईन्छन्।

६। इस्कुस बाली कहिले लगाइन्छ?
– इस्कुस बाली पहाडमा कार्तिक(मंसिरमा लगाएमा फाल्गुण देखि आषाढसम्म इस्कुसकाहरिया मुण्टा टिप्न सकिन्छ। त्यसपछि मंसिरसम्म फलबाली लिन सकिन्छ र पछि त?ल खन्न सकिन्छ।

७। इस्कुसरोप्ने जग्गाको तयारी कसरी गरिन्छ ?
– इस्कुस ड्याङ्ग र खाड्ल दुबै तरिकाबाट लगाउन सकिन्छ। ड्याङ्ग बनाउँदा हार देखि हारको बीचकोदुरी २, ३ वा ४ मिटरको अन्तरमा एक मिटर चौडा र जमिन अनुसार लम्बाईको ड्याङ्ग बनाईन्छ।

८। इस्कुसलाई प्रति खाड्लमा कति मलखाद राख्नु पर्ला?
– प्रत्येक १ वर्गमिटर ड्याङ्गमा १० के।जी। गोबरमल, २० ग्राम डि।ए।पी।, ३०ग्रामयूरिया र ३०ग्राम पोटास मल राम्रोसँग माटोमा मिलाएर खाड्ल पुर्नु पर्दछ।

९। इस्कुस रोप्नका लागि कति गहिरो खाड्ल खन्नु पर्ला?
– इस्कुस रोप्नु भन्दा अगाडी ४५ घन सेन्टिमिटरको खाड्ल खन्नु पर्दछ किनकी इस्कुस रोप्ने ठाउँमा ढुङ्गा, कडा चट्टान पर्न सक्तछ। यदि खाड्ल खन्दा त्यस्तो समस्या आईपरेमा खाड्ल वरपर वा तल माथि सार्न सकिन्छ।

१०। इस्कुसमा रासायनिक मल हाल्नै पर्ने हुन्छ?
– यसमा रासायनिक मल राख्नै पर्ने र नराखेमा उत्पादन नहुने अवस्था हुँदैन। रासायनिक मल नराख्दा प्राङ्गारिक मलको मात्रा भने बढाउनु पर्दछ उत्पादन सफलताका साथ लिन सकिन्छ।

११। इस्कुस बाली कति दुरीमा लगाउँदा उपयुक्त होला?
– यसको दुरीको निश्चित गर्न कुन उद्देश्यले बाली लगाइएको हो स्पष्ट हुनु ज?री हुन्छ। फलबालीको निमित्त हार(हारको बीचमा ३(५ मिटर र बोट(बोटको बीचमा १(३ मिटर फरकमा लगाउनु पर्दछ।खोंच, भित्री मद्येशमा त?ल निकाल्नको लागि १-१।५ मिटर र हरियो मुन्टा खानका लागि १ मिटर दुरीमा लगाउँदा उपयुक्त हुन्छ।

१२। इस्कुसदाना र बि?वा कसरी रोप्नु पर्दछ?
– यसको खेती टुसाएको फल वा बेर्ना रोपेर गरिन्छ। यसको फल सुताएर रोप्नु पर्दछ र फलको माथिल्लो भाग पुरै माटोले छोप्नु हुँदैन।

१३। इस्कुसलाई गोडमेलको कतिको जरुरी हुन्छ ?
– शुरु अवस्थामा झारपात नियन्त्रण गर्न र माटो खुकुलो पार्न १(२ पटक गोडमेल गरे हुन्छ। फलबालीको लागि पछिपनि झारपात हटाउने र गोडमेल गर्ने काम गर्दै गर्नु पर्दछ।

१४। इस्कुसमा थप मल र टपड्रेस गर्न जरुरी हुन्छ ?
– लहराको तीव्र विकास भएको बेला फलबालीको लागि प्रति बोट ५० ग्रामका दरलेर त?ल एवं हरियो मुन्टाको लागि प्रति बोट २५ ग्रामका दरले यूरिया मल बि?वा वरिपरि कुलेसो बनाई दिनुपर्दछ

१५। इस्कुस बालीमा सिंचाईको कति आवश्यकता पर्दछ?
– सुख्खायाममा ९(१० दिनमा सिंचाई गर्नु पर्दछ। वर्षायाममा वर्षात भइरह्यो भने सिंचाई दिई रहनु पर्दैन।

१६। इस्कुस बालीमा कस्तो किसिमले थाक्रा दिनु पर्ला?
– फल उत्पादनका निमित्त बाँसको भाटा वा मसिनो फलामे तारको १।५-२।० मिटर अग्लो टाँड बनाई ३०र३० से।मि। को फरकमा राखेर त्यसमा लहरा लगाउनु पर्दछ। त?ल वा हरियो मुन्टाका लागि बाँसको साधारण थाँक्रो वा छापो मात्र दिए हुन्छ।

१७। इस्कुसलाईकाँटछाँटको पनि आवश्यकता पर्दछ?
– तुषारो पर्ने पहाडी क्षेत्रमा मंसिर(पुषमा जमीनको सतह भन्दा १(१।५ मिटर माथिबाट झ्याङ्ग काटेर पूराना लहरा सबै हटाउनु पर्दछ। काँटछाँट पछि मल दिनु उपयुक्त हुन्छ।

१८। इस्कुसको फसल लिन कति समय कुर्नु पर्ने हुन्छ?
– इस्कुस रोपेको ३(४ महिनामा फुल्न थाल्दछ र फल लागेको ३० दिनमा टिप्न तयार हुन्छ। मध्य(पहाडमा यसको फल आषाढ देखि मंसिरसम्म टिपिन्छ भने भित्री मद्येशमा कात्तिक देखि माघसम्म टिपिन्छ।

१९। इस्कुसको बोटबाट कतिसम्म उत्पादन लिन सकिन्छ?
– इस्कुसबाट विभिन्न खालको उत्पादन लिईन्छ जस्तै, फल बाली १५(६० के।जी।, त?ल बाली ६(१४ के।जी। रहरियो मुन्टाबाली १।५(२।५ के।जी।प्रति रोपनी उत्पादन लिन सकिन्छ।

२०। के इस्कुस बालीमा पनि रोगह? लाग्दछन्?
– पात टाटेपाटे गराउने भाइरस रोगको प्रकोप बढी हुने भएकोले यसबाट बाली बचाउन इस्कुसको बहुवर्षिय खेतीको सट्टा एकवर्षिय वा दुई वर्षिय खेती तरीका अपनाउनु पर्दछ।

२१। इस्कुस बालीमा कीराह?को पनि समस्या देखिन्छ?
– इस्कुस बालीमा अन्य बालीह?मा जस्तो कीराह?ले त्यत्ति सताउँदैनन् तर यदाकदा लाही र फल कुहाउने औंसाकोप्रकोप हुने हुँदा जैविक विषादि वा फेरोमेन पासोको प्रयोग गर्नुपर्दछ।

२२। इस्कुस बाली टिपाईपछि केही सावधानी अपनाउनु पर्ला कि?
– इस्कुसका हरिया मुन्टा सकेसम्म टिपेकै दिन उपयोगमा ल्याउने अन्यथा नओइलाउने तरिकाले राख्नु पर्दछ।इस्कुसको त?ललाई सात दिन साधारण तापक्रममा राख्न सकिन्छ तर बढी समय राख्नु परेमा जमीन मुनी खाड्ल खनेर वा शीत भण्डारमा ७(८ डिग्री सेल्सियस तापक्रम र ८०-८५ प्रतिशत सापेक्षिक आर्द्रतामा राख्नु पर्दछ। शीत भण्डारको सुविधा नभएको ठाउँमा इस्कुसको त?ल चाना बनाई सुकाएर राखी लामो अवधिसम्म प्रयोग गर्न सकिन्छ।

Share:

काक्रो खेती

 

काक्रो खेती कसरि गर्ने ? 

कृषि पोष्ट संवाददाता

काक्रोको बैज्ञानिक नाम कुकुमिस साटिभस ( Cucumis sativus) हो। यो कुकुरबिटासी (Cucurbitaceae) परिबारमा पर्द्छ। यो एक बर्सिय लहरे बाली हो। यसको उत्तपति भारतको दछिण पुर्बी भागमा भएको पाइन्छ। काक्रो नेपालको परापुर्ब काल देखि नै खेती गरिदै आएको मुख्य बाली हो। यसको खेती पहाड देखि तराईसम्म गर्न सकिन्छ । नेपालमा मध्यपहाडी क्षेत्र यसको मुख्य उदगम थलो मानिन्छ ।

अन्य लहरेबाली जस्तै काक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। काक्रो तराईमा माघ , फाल्गुनमा रोपिन्छ भने बेमौसमी खेतिको लागि पुसमा बेर्ना तयार गरि रोपिने गरिन्छ। मध्ये पहाडमा चैत मा रोपिन्छ भने उच्च पहाडमा बैशाख देखि जेठसम्म काक्रो रोपिन्छ। काक्रो लाई सलाद बनाएर चानामा नुन खुर्सानी दलेर, अचार बनाएर , तरकारी पकाएर फल प्रसोधन गरेर सिधै खाने गरिन्छ। हाबापानी: न्यानो मौसममा खेती गरिने बाली भएकाले यसलाइ न्यानो तापक्रम को आबसयकता पर्द्छ। यसको बोट वृद्धि हुन २५° सेल्सियस देखि ३०°सेल्सियस तापक्रम आबसयकता पर्द्छ। यसले तुसारो सहदैन । आद्रता बढी भयो भने पनि यसको बोट वृद्धि बिकास हुदैन।

माटो: 

    काक्रो खेतिका लागि बलौटे दोभट र पागो माटो उपयुुक्त हुन्छ। उच्च उर्बरासक्ती र ५.५ देखि ६.५ पि. एच भएको माटो उपयुत्त हुन्छ। काक्रो खेती चिम्टाइलो माटो मा गर्न नसकिने भन्ने हैन तर तर यस्तो प्रकारको माटो मा लहरा बढि लाग्ने तर फल चाहिँ कम लाग्छ त्यसैले यस्तो प्रकारको माटो त्यति उपयुुक्त हुदैन ।

जग्गाको तयारी : 

    काक्रो खेतीका लागि २-३ पटक राम्रो सङ गहिरो गरि खनजोत गर्ने र माटो बुर्बुराउदो बनाउनु पर्छ। १८० से. मि चौडाइ को ड्याग बनाउने र दुई ड्याग को बिचमा कुलेसो बनाउने। बिउदर : प्रती कठा २०-३० ग्राम हाइबृड(Hybrid) र लोकल अथबा स्थानीय जात भएको खण्डमा १३ ग्राम प्रती कठा । रोप्न्रे तरिका: ३० देखि ३५ से.मि को खाडल खनी सिफारिस मात्राको मलखाद को प्रयोग गर्नुपर्छ। २-३ दिन पछि २ दाना खस्ने गरि २-३ से.मि गहिरो पारेर बीउ रोप्ननु पर्छ।

रोप्न्ने दुरि

    Row×Row= २ मिटर Plant ×plant= 1 मिटर थाक्रो अथवा छाप्रो हाल्ने: काक्रो लहरे बाली भएको कारण ले यसको वृद्धि बिकास साथै फलेको काक्रो फल माटोमा परि नबिग्रयोस भन्ने उद्देशयका साथ थाक्रो अथबा छाप्रा दिइन्छ । बोटहरु थोरै सङ्ख्या भए रुखको हागा अथवा बासको लिगो बोटको नजिकै गाडेर थाक्रा दिइन्छ। ब्याबसायिक स्तरमा खेती गर्दा १.५ मिटर देखि २ मिटर अग्लो खम्बा गाडी बासको भाटा अथबा डोरि बाधेर टाड बनाइन्छ।

काक्रो को उपयोगिता :

१)काक्रोको धेरै औसधि जन्य महत्त्व छ।

२)काक्रो पैस्टिकताले धेरै महत्त्वपूर्ण मानिन्छ। यसमा भिटामिन बि , सि क्यालसियम र फस्फोरस पाइन्छ,

३)काक्रोमा पानीको मात्रा प्रसस्त हुन्छ र यसले कब्जीयत हुनबाट बचाउछ, काक्रो खानाले ग्यास्टृक कम हुन्छ, यसको प्रयोगले जन्डिसका बिरामिहरुलाइ फाइदा गर्दछ, मोटोपन घटाउन सहयोग गर्द्छ , गर्मिको समयमा सितल घटाउछ।

Share:
Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel