मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Monday, June 29, 2020

राष्ट्रिय धान दिवस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigationJump to search

 रोपाई

धान रोप्न खेत तयार गरिदै
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं [१] राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउदछन् । यस दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिन अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो । यस दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरामा समेत विदेशी पर्यटनहरूको उपस्थितिमा विशेष रोपाई गरिन्छ । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ । सरकारले आजका दिनलाई दिवसका रुपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ ।

राष्ट्रिय धान दिवसको शुरुवात

नेपालले वि. सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।[२]

मनाउने तरिका

धान दिवस बिभिन्न प्रकारले मनाउने गरिन्छ । सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउ छ भने ग्रामिण भेकमा किसानहरुले आफ्नै तवरले मनाउ छन् । असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन ।
असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो…… ।
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौला…..।
रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ। नेपाली समाजमा पूर्वीय परिकार दही चिउरा असारमा र साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शुरुवात भयो भन्ने गरिन्छ ।
छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले…..।
पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर…….।[३]

समस्याहरु

धानको उत्पादनमा निम्न कुराहरुले असर परेको छ:
  1. युवा जनशक्ति पलायन
  2. खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु
  3. आकासे खेतीमा निर्भर र सिँचाइको व्यवस्था नहुनु
  4. सिमित व्यक्तिका हातमा धेरै जमिन र जग्गाको खण्डीकरण
  5. उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदान नहुनु 

किम्वदन्ती

कपिलवस्तु जिल्लाको ऐतिहासिक ठाउँ तिलौराकोट राज्यमा राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएको किम्वदन्ती छ ।

चित्र दिर्घा

Share:

सम्पादकिय


नेपालको तत्कालीन नारायणी अञ्चल बारा जिल्ला डुमरवाना गा.वि.स. वडा नं.६ हाल परिवर्तित प्रदेश नं.२ जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१५ मा अवस्थित सुकलैया गाँउको बारेमा परिचय दिने उदेश्यले ।
यस प्रकारको Blog तयार गर्नुको उदेश्य भनेकै आफु जन्मे, हुर्केको मातृभूमिलाई देश, परदेशका बिभिन्न मुलुक हरुमा परिचित गराउनुको साथै उक्त स्थानको परिवर्तित समयानुसारको विकास पूर्वाधारकोलागि केही मात्रामा कुनै न कुनै हिसावले कही कतैबाट टेवा पुग्न सक्छकी भन्ने उदेश्यका साथ प्रतिस्प्रर्धी समयमा पछि पर्न सक्ने सम्भानालाई दृष्टिगत गर्दै, उक्त स्थानमा बसोवास गर्नुहुने जातजाती, वर्ग, समुदायहरुले  परम्परागत, तथा हालको आधुनिक  समयमा कृषि पेशामा खेलेको भुमिकाको परिचयका साथसाथै उक्त स्थानको रहनसहनको वारेमा वास्तविक जानकारी दिने उदेश्यले सो  स्थानको परिचय, राजनीतिक, संस्कृतिक, बुद्दीजीवीवर्ग, जनसं‌ख्या, सूचना, खेतीपाती, पेशा व्यवसाय, परम्परागत तथा हालको आधुनिक कृषि प्रणालीको वारेमा के कस्तो उन्नती प्रगती भएको छ, हाम्रो गाउँको बारेमा देश विदेशमा रहनु भएको विभिन्न विषयमा अध्ययन गरी रहनु भएका विज्ञहरुले अध्ययन गरी त्यसको निचोडमा दिनु भएको प्रतिकृयाबाट अझ अन्य नयाँ तरिकाबाट आधुनिक कृषि प्रणालीमा लम्कन अथवा जमर्को मार्न सकिन्छकी भन्‍ने उदेश्यका साथ गाउँमा बसोवास गर्नु हुने बुद्दीजीवी, अग्रजहरुको साथ सहयोग र सल्लाहबाट यस Blog को निर्माण गरी यहाँहरु समक्ष पहिलो पटक प्रस्तुत गरीएको छ । यसमा कुनै कमी कमजोरी भएमा सुझाव दिनु हुने छ भन्‍ने आशा गर्दछु ।

शिवकुमार ढुंगेल
जीतपुरसिमरा उ.म.न.पा.१५सुकलैया
प्रदेश नं. २ बारा
हालः- हेटौंडा उ.म.न.पा.५ मकवानपुर

Share:

Sunday, June 28, 2020

"मेरो गाउँ सुक्लैया"

मेरो गाउँ सुक्लैया"

**************
           
बारा जिल्लाको सदरमुकाम कलैया देखि अन्दाजी १५ कि.मि.उत्तरमा रहेकाे मेराेगाउँ पूर्वमा वाणगंगा नदीपश्चिममा बेगाई खोलाउत्तरमा चारकोषे जंगल दक्षिणमा तराईको समथर भू भागको वीचभागमा अवस्थित मेरो गाउँ। अत्यन्तै सुन्दर लाग्छ मलाई मेरो गाउँ। आफु तेही ठाँउबाट बल्यकाल शुरू भएर होला धेरै माया लाग्छ मेरो गाउको मलाई अनि विश्व कै सुन्दर ठाउ लागेको छ मलाई मेरो गाउँ ।

मलाई सम्झना आउछ बच्पनमा गाउमा स्कुल गएकोगोठाला गएको अनि साथीभाइसङ्ग खेलेको। दाजु केदार ,प्रेम, राम, कमल दाइ अन्तरे दाइ,रामहरी,रामशरणहरी, अशाेक, गेपाल, रमेश, दिलीप, अचुत, मनेाज, नबिन रूमा, उमा,मैया, पम्फा, अप्सरा, दुर्गा, देवी, प्रमेश, शुक्र, दुर्गा, शान्ति, मामा,चकचके मामाहामी जहाँ गएपनी सङै जान्थ्यौ । कति रमाइलो जिन्दगी थियो उ बेला हाम्रो। सम्झना आउछ डुमरवानमा श्री ने.रा. मा. वि .पढ्न गएको। स्कुलबाट फर्कदै बाटामा उखु खादै घर फर्केको। गोठाला जादा पनि हामी संगै जान्थ्यौ । याद आउछ मलाई भैसी बाख्रा चराएको अनि चौतारामा गट्टा,बागचाल खेलेको। दिनभरी भैसी चौरमा चराइन्थ्यो ख्रा उखु बारीमा हुलिन्थ्यो। बेलुका भैसी र बाख्रा सङ्गै घर फर्काइन्थ्यो। धेरै साथी हुनाले कोइ बाख्रा हेर्थ्यौ त कोहि भैसी दाजुहरु बेलुका बाख्रा उखु बारीमाबाट लिएर निस्कनु हुन्थ्यो। आज सम्झदा सपना जस्तो लाग्छ मलाई। कस्तो प्रेमपुर्ण जमाना थियो उ बेला हाम्रो। डुमरवानमा श्री ने.रा. मा. वि पढ्दाको झल्झली सम्झना आउछ मलाई। हामी स्कुल पढ्न सङ्गौ जान्थ्यौ। हाफ टाइममा पानी अमला खान र कुसुम अनी जमुना खान गएको झन धेरै सम्झना आउछ मलाई। गाउको स्कुल सूक्लैया प्रा.बि.मा पढ्न जादाको झन याद आउछ। स्कुलमा उ बेला सिसा कलमले लेखेको सम्झदा अहिले अचम्म लाग्छ मलाई । आ-आफ्नो जमाना अनुसार हरेक कुरामा परिवर्तन हुदोरहेछ। उ बेला गरिबी भएपनि सबै गाउमै रमाएका थिए। मेरो गाउँ मलाई रमाइलो लाग्थ्यो। आज सुनसान जस्तै भएको छ मेरो गाउँ । कोहि शहर पसेकोहि अरब अनि बुढापाका मात्रै छन् मेरो गाउमा। आज गाउँमा चारैतिरबाट सडक पुगेको छ। बिजुली बलेको छपानी घर घरमा आउदै छ । तर दुईचार दिन बस्ने गरी म मेरो गाउमा जान सकेको छैन किन ? सोच्छु म एक्लै कस्तो बिरानो भयो मेरो गाँउ देखि कति निष्ठुरी बन्यौ त आज हामी ? हिजो त्यही गाउमा साथीभाई मकै बाडेर खाएको भुलेकै हौ त कति आनन्द थियो उ बेला। कस्तो प्रेम थियो हामी बीचआज सुखसयलमा बसेपनि हामीलाई हिजोको जस्तो आनन्द किन छैन तैपनी गाउमा जाने मन कसैमा पलाएन किन गाउँमा फर्किएर बसोबास गर्न नसके पनि मेरो गाउमा पसिना बगेको छ चटक्कै छोड्न हुन्न जस्तो लाग्छ मलाई। गाउमा चिनो स्वरुप सबैले एउटा एउटा सहयेग गर्नु पर्छ अब।
सम्झना आउछ मलाई सूक्लैया प्रा.बि.मा पढेको, मेरो गाउँमा कति बिकसित बनेका छन् त बुझ्छु म उस्तै छन अरे अह कत्ति फेरिएका छैनन ?  बिडम्बना हामी व्यक्ती पो फेरिएका छौ खोई मेरो गाउ र समाज फेरिएको हामी सबैका अगाडि गम्भीर सवाल छ हामीले धेरै प्रगती गरेका छौ हामी गाडीमा सवार हुने हैसियतमा पुगेका छौ। तर मेरो गाउँ र समाज उस्तै छ किन अब मेरो गाउको मुहार फेर्नु छअब हामी एकजुट हुनुछ । गाउको, समाजको धर्म, संस्कृति र शिक्षाको बिकासमा जुट्नु छ

भाेला ढुंगेल
जितपुरसिमरा-१५ सुक्लैया
हाल -बिराटनगर महानगरपालिका-१२
Share:

Saturday, June 27, 2020

डर लाग्छ ।


तिमिलाइ गुमाउन भन्दा पनि ,
तिमी भन्दा राम्रो पाउछु कि भन्ने डर लाग्छ ।
तिमिले अरु संग ब्यस्त भएर
मेरो वास्ता नगरिदिदा ,अरुको वास्ता नगरी
म संगै बोल्ने भेटाउछु कि भन्ने डर लाग्छ ।
तिमिले मलाई सुरुसुरुमा माया गरे जस्तै
कोहि मलाई जिन्दगीभर माया गर्ने मान्छे
भेटाउछु कि भन्ने डर लाग्छ ।

यो मन कुनै दिन तिमिलाइ एकतर्फी माया
गर्दा गर्दै थाकेर मलाई एकतर्फी माया गर्ने
मान्छे तिर सर्छ कि भन्ने डर लाग्छ ।
तिमी जिन्दगीभर साथ दिन्छु भन्छौ
कोहि मेरो जिन्दगीमा साथ पनि
दिन्छु अनि साथ पनि निभाउछु भन्ने मान्छे
आउँछ कि भन्ने डर लाग्छ ।

तिमिले मलाई आफू जस्तो बनाउन खोज्छौ
कोहि भोलि आएर, हजुरमा मलाई पाउछु
भन्ने मान्छे आउँछ कि भन्ने डर लाग्छ ।
तिमिलाइ गुमाउन मन छैन ,सक्छौ
बेलैमा माया गर मलाई नत्र भने मैले तिमिलाइ माया
गर्ने म लाई नै छोडिदिन्छु कि भन्ने डर लाग्छ ।।

✍️ मिलन घिमिरे Twins boy
हाल - कतार
Share:

Friday, June 26, 2020

मानिसकाे रहर

अचम्मैकाे हुँदो रहेछ मानिसको रहर,
सडक व्यस्त हुँदा खुला भएकाे हेर्ने रहर,
सुनसान अवस्थामा गाडी गुडेको हेर्ने रहर ,
लकडाउनले निम्त्यायो खै के–के पो रहर ।१।
यदि व्यस्त सडक हेर्ने छ तपाईको रहर,
एकैछिन यो दृश्य हेरेर पुरा गर्नुस त्यो रहर,
तर,लकडाउन जारी छ घरबाहिर जाने नगर्नुस् रहर,
लामो समय परिवारसंगै बिताउने पुरा गर्नुस् रहर ।२।
बजार खुल्ला हुँदा, हुँदैन बाहिर जाने रहर,
बन्द हुँदा जाउँ–जाउँ लागि रहने मानिसको रहर,
रेस्टुरेन्ट बन्द छ, त्यता जाने रहर,
खुला हुँदा महँगो भन्दै मार्छ त्यो रहर ।३।
 स्कूल, कार्यालय बन्द छ, चाडो खुलोस भन्ने रहर,
 खुलेका बेला समयमै नजाने मानिसको रहर,
📝भाेला ढुंगेल
 ##copymajeri.com
                                  
Share:

Tuesday, June 23, 2020

नगदेबाली लगाउने किसानलाई ८० प्रतिशत अनुदान

नगदे तथा मौसमी बाली खेती गर्ने किसानलाई ८० प्रतिशत अनुदान दिने निर्णय गरेको छ ।


कोरोना (कोभिड– १९)को कारणले देश लामो समय लकडाउनमा रहँदा कृषि क्षेत्र प्रभावित हुन सक्ने भन्दै चालू आर्थिक वर्षमा नगदेबाली तथा मौसमी खेती गर्ने किसानलाई ८० प्रतिशत कृषि अनुदान दिने भएको हो ।
लकडाउनका कारण विभिन्न बालीको खेती गर्न बिउबिजन, मल प्राप्त गर्न कठिनाइ हुने कृषकका लागि चालू आर्थिक वर्षका विभिन्न तालिम तथा गोष्ठी, आन्तरिक भ्रमणलगायत चालू खर्चतर्फ विनियोजन गरिएका नगर तथा वडा तहका योजना कटौती गरी किसानलाई अनुदान दिन लागिएको हाे ।

Share:

Monday, June 22, 2020

काेराेना भाइरस सम्बन्धि जानकारी

काेराेना भाइरस सम्बन्धि जानकारी
१. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ? 
हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन।यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्त्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्त्तिमा सर्दछ।


२. के लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ?

हालसम्म लसुन खानाले कोरोना भाइरसको संक्रमण हुनबाट रोकथाम भएको तथ्य प्रमाणित भएको छैन। लसुन स्वास्थ्यको लागि लाभदायक छ र यसले हामीलाई स्वस्थ राख्न मद्दत गर्दछ।


३. के तिलको तेलको मालिसले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्छ?

तिलको तेलले मालिस गर्नाले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्दैन। तिलको तेलले कोरोना भाइरसलाई मार्न सक्दैन। भुई वा सतहमा भएको कोरोना भाइरसलाई निःसंक्रमण गर्नर् ७० प्रतिशत इथानोल, ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइटहरू भएको रसायन वा घोलक, प्रयोग गर्नु पर्छ।यी रसायनहरू कहिले पनि मानिसको शरीरमा प्रयोग गर्न हुदैन। यस्ता रसायनहरू छालामा परेमा हानिकारक हुन्छ।


४. के पानी पिउनाले घाँटी दुखेको निको हुन्छ, र कोरोना भाइरसको संक्रमणबाट बचाउँछ?

स्वस्थ रहन पानी पिउनु अति आवश्यक छ। तर यसले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन।


५. यो कोरोना भाइरसले वृद्धवृद्धालाई मात्र बढी असर गर्छ कि युवावर्ग पनि यसको जोखिम हुन्छन्?

सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्दछ। तर ज्येष्ठ नागरिक र पहिल्यै देखिनै दम, मधुमेह, मुटुको रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ।विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार यस भाइरसबाट बच्नको लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गनर्,े श्वासप्रश्वाससम्बन्धी सरसफाईमा विशेष ध्यान दिने जस्तै खोक्दा, हाँच्छ्यु गर्दा नाक मुख छोप्नु पर्दछ।


६. के कोरोना भाइरसबाट बच्न र संक्रमितको उपचारको लागि एन्टिबायोटिकको प्रयोग प्रभावकारी हुन्छ?

एन्टिबायोटिकले ब्याक्टेरिया (जिवाणु) विरुद्ध मात्र लड्न सक्ने क्षमता हुने भएकोले एन्टिबायोटिकको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन वा उपचार गर्न सकिदैन।यदि तपाई कोरोना भाइरसको संक्रमणका कारण अस्पतालमा भर्ना हुनुभएको छ भने शरीरमा ब्याक्टेरियाको संक्रमण पनि हुनसक्ने भएकाले तपाईंलाई चिकित्सकले एन्टिबायोटिक दिएको हुन सक्दछ।


७. कोरोना भाइरसबाट बच्ने वा उपचार गर्ने कुनै औषधि छ?

हालसम्म कोरोना भाइरसबाट बच्न वा उपचारको लागि कुनै औषधि पत्ता लागिसकेको छैन।तर संक्रमितलाई देखिएको लक्षण अनुसारको औषधि उपचार गरी स्याहार गर्नुपर्छ। यस भाइरसबाट संक्रमित गम्भीर बिरामीलाई अस्पतालमा भर्ना गरी लक्षण अनुसारका विशेष उपचार तथा स्याहार गरिन्छ।यसको उपचारको वारेमा धेरै देशहरुमा अध्ययन अनुसन्धान भइरहेको छ भने विश्व स्वास्थ्य संगठनले साझेदारहरुसँगको समन्वयमा यस विषयमा अध्ययन र अनुसन्धानलाई तीव्र रुपले अघि बढाइरहेको छ।


८. के हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि प्रभावकारी हुन्छ?

हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि कदापि प्रभावकारी हुन सक्दैन। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्नु नै उत्तम उपाय हो। हात धोइसकेपछि भिजेको हात सुकाउनका लागि कागजी रुमाल वा हात सुकाउने ड्रायरको प्रयोग गर्न सकिन्छ। तर सबैजनाले एउटै रुमाल प्रयोग गर्नु हुँदैन।


९. के चीनबाट आएको चिठी पत्र वा कुनैपनि सामान लिनु सुरक्षित हुन्छ?

चीनबाट आएको सामान वा चिठिपत्रबाट कोरोना भाइरस सर्ने जोखिम हुँदैन। किनकि कोरोना भाइरस वस्तुहरू जस्तै चिठी वा बाकसहरुमा लामो समय बाँच्दैनन् भन्ने पुष्टि भइसकेको छ।


१०. के युभि किरण (अल्टा भ्वाइलेट प्रकाश)ले कोरोना भाइरस मार्न सक्छ?

यस्ता युभि किरणले कोरोना भाइरसलाई मार्न सक्दैन। तर यस्ता विकिरणले हात वा शरीरका अन्य अंगहरुमा एलर्जी गराउन सक्छ।


११. विमानस्थलमा राखिएको थर्मल स्क्यानरबाट कोरोना भाइरस संक्रमित भए वा नभएको थाहा पाउन कत्तिको प्रभावकारी हुन्छ?

थर्मल स्क्यानरले कुनैपनि व्यक्तिलाई ज्वरो (शरीरको तापक्रम सामान्यभन्दा बढी) आए वा नआएका थाहा पाउन मद्दत गर्दछ। कोरोना भाइरसको संक्रमणका लक्षण देखिन २ देखि १४ दिन लाग्ने भएकोले यदि कोही व्यक्तिलाई यसको संक्रमण भइसकेको तर ज्वरो नदेखिएको अवस्थामा यो थर्मल स्क्यानरले पत्ता लगाउन सक्दैन।


१२. के पुरै शरीरमा अल्कोहल वा क्लोरिन लगाएमा वा छरेमा कोरोना भाइरस मर्छ?

शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल वा क्लोरिन पुरै शरीरमा लगाउँदा वा छर्कंदा यो भाइरस मर्दैन। बरु यसरी छर्कनाले तपाईको लुगा वा शरीरमा रहेका स –साना छिद्रहरुका साथै आँखा, मुख, नाक आदिमा हानी पुग्न सक्दछ। याद राख्नुहोस्, सहि मात्रामा प्रयोग गरिएको खण्डमा अल्कोहल र क्लोरिनले भुइँ वा सतहलाई निःसंक्रमण गर्न मद्दत गर्दछ।


१३. के घरपालुवा जनावरबाट कोरोना भाइरसको संक्रमण हुन वा सर्न सक्छ?

हालसम्म घरपालुवा जनावर जस्तै कुकुर, बिरालोआदि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छैन। तर घरमा पालिएका जनावरलाई छोए पश्चात सधैं साबुन पानीले मिचिमिचि हात धुनुपर्छ। यसरी साबुनपानीले हात धोएमा घरपालुवा जनावरबाट मानिसमा सर्न सक्ने ‘इकोली’ र ‘साल्मोनेल्ला’ जस्ता विभिन्न जीवाणुका संक्रमणबाट सुरक्षित हुन्छं।


१४. के निमोनिया विरुद्धको खोपले हामीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउँछ?

निमोनिया विरुद्धका खोपहरू जस्तै ‘न्युमोकोकल भ्याक्सिन’ र ‘हेमोफिलस इन्फ्लुएन्जा’ टाइप बी भ्याक्सिनले कोरोना भाइरसबाट जोगाउन सक्दैन।यो नयाँ र फरक किसिमको भाइरस भएकोले यसको लागि छुटै प्रकारको खोप चाहिन्छ। कोरोना भाइरस विरुद्धको खोपको विकासका लागि अनुसन्धान भइरहेको छ तर अहिलेसम्म पत्ता लागिसकेको छैन।निमोनिया विरुद्धका खोपहरू कोरोना भाइरस रोकथाम गर्नका लागि उपयोगी नभए तापनि श्वासप्रश्वासको समस्याबाट बच्न यी खोपहरू स्वास्थ्यका लागि लगाउन सिफारिस गरिन्छ।


१५. के नियमित सलाईन पानीले नाक सफा गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ?

हालसम्म सलाईन पानीले नियमित नाक सफा गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन प्रमाण फेला परेको छैन।सलाईन पानीले नियमित नाक सफा गर्नाले रुघा चाँडो निको भएको केही तथ्यहरू भने छन्।


१६. के माउथवासले मुख कुल्ला गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ?

माउथवासको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने कुनैपनि प्रमाण हालसम्म फेला परेको छैन।केही कम्पनीका माउथवासहरुको प्रयोगले मुखभित्र र्‍यालमा रहेका केही भाइरसहरुलाई केही समयका लागि निर्मुल गर्ने भएता पनि यसले कोरोना भाइरसको संक्रमणबाट भने सुरक्षित गर्न सक्दैन।


१७. के कोरोना भाइरस गर्मी मौसममा वा आद्रता भएको तापक्रममा बाँच्न सक्छ?

कोरोना भाइरस गर्मी वा जाडो र आद्रता वा सुख्खा तापक्रम भएका सबै ठाउँहरुमा फैलिसकेको छ। गर्मी वा जाडो जहाँ बस्ने भएपनि सावधानी अपनाउनुपर्छ। यसबाट बच्नका लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुनु पर्छ।खोक्दा वा हाँच्छ्यु गर्दा नाक र मुख हात वा टिस्यु वा कुहिनाले छोप्ने गनुपर्छ। प्रयोग गरेको टिस्यु तुरुन्त फोहर र्‍याल्ने ठाँउमा र्‍याल्ने र साबुन पानीले हात धुनु पर्छ।


१८. के रक्सी पिउनाले कोरोना भाइरसको संक्रमण हुँदैन?

रक्सीले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन।


१९. भुइँ वा सतहहरुलाई निःसक्रमण कसरी गर्न सकिन्छ?

भुइँ वा सतह फोहर छ भने पहिला साबुन वा सर्फ पानीले भुइँलाई राम्ररी सफा गर्ने। बजारमा पाइने घरेलु निःसंक्रमणमा प्रयोग हुने क्लोरिनयुक्त रसायन वा घोलकले ब्याक्टेरिया र भाइरसलाई मार्दछ। यस्ता रसायन वा घोलकहरु प्रयोग गर्दा सधैं पञ्जा लगाउनुपर्छ। खाली हातले कहिलेपनि प्रयोग गर्नु हुँदैन।


२०. धुम्रपान वा चुरोटले कोरोना भाइरसलाई असर गर्छ?

धुम्रपान वा चुरोटले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन। धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ। विश्वमा वर्षेनी करिब ८० लाख मानिसहरू धुम्रपानका कारण अकाल मर्दछन्। मुटु लगायत विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुमा धुम्रपानका कारणले थप जटिलता हुने भएकोले उनीहरुमा कोरोना भाइरसको जोखिम अझ बढी हुन्छ।


२१. पसलमा स्यानिटाइजर नपाएमा के गर्न सकिन्छ?

स्यानिटाइजर नभएमा पनि केही हुँदैन। बेलाबेलामा साबुन पानीले मिचिमिच हात धोएमा कोरोना भाइरसको जोखिम कम हुन्छ। हात धुँदा औंलाको बीचमा, हातको अगाडि र पछाडि र नङलाई पनि राम्ररी धुनुपर्छ।


२२. के दिसाबाट कोरोना भाइरस सर्छ?

अन्य कोरोना भाइरस जस्तै यो नयाँ कोरोना भाइरस २०१९ दिसामा पनि पाइन्छ। यसबाट संक्रमित व्यक्तिले खोक्दा र हाँच्छयु गर्दा नाक र मुखबाट निस्कने छिटाहरुबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ।त्यसैले यसको संक्रमणबाट बच्न बेलाबेलामा साबुन पानीले हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने, खोक्दा र हाँच्छयु गर्दा नाक र मुख हात वा टिस्यु वा कुहिनाले छोप्ने, प्रयोग गरेको टिस्यु तुरुन्त फोहर र्‍याल्ने ठाँउमा र्‍याल्ने र साबुन पानीले हात धुने, र रुघाखोकी लागेको व्यक्तिबाट टाढा बस्ने।


२३. नाली वा ढलबाट आउने हावा, गन्धबाट पनि कोरोना भाइरस हुनसक्छ?

ढल वा नालीबाट आउने हावा, गन्धमा श्वास फेर्दा कोरोना भाइरस संक्रमण भएको तथ्य हालसम्म पाइएको छैन।हालसम्मको तथ्य अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा र हाँच्छय गर्दा नाक र मुखबाट निस्कने छिटाहरु र संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्कबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ।


२४. के बोझो, लसुन वा बेसार खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ?

लसुन, बोझो र बेसार खानु स्वास्थ्यको लागि लाभदायक हो, यसले हामीलाई स्वस्थ राख्न मद्दत पनि गर्दछ। तर हालसम्म लसुन वा बोझो वा बेसारको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भएको तथ्य फेला परेको छैन।
Share:
Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel