मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Wednesday, August 5, 2020

उखु खेति गर्ने तरिका र रोग नियन्त्रण

हावापानी
उखु खेतीका लागि उष्ण वा शीतोष्ण हावापानी उपयुक्त हुन्छ तर उपोष्ण प्रदेशमा पनि उखु खेती लगाउन सकिन्छ।

जग्गाको छनौट

प्राकृतिक वर्षा वा सिँचाइ मध्ये कुनै किसिमले वर्षमा छ महिना वा सो भन्दा बढी समयसम्म पानीको आपूर्ति हुनुपर्छ। बलौटे, चिप्लो वा मट्याइलो जस्ता विभिन्न प्रकारका माटामा उखु खेती हुन सक्छ र यसले केही हदसम्म माटाको लवणत्व पनि सहन गर्न सक्छ। राम्ररी पानी निकास हुने ठाउँको चिप्लो खालको माटो उखु खेतीका लागि उत्तम हुन्छ।

बिउको छनौट

उखुको बिउ सडेको, ओइलाएको, दाग लागेको वा टुसामा रोग लागेको हुनु हुँदैन। बिउ छनौट गर्दा उखुका लाँक्राको माथिबाट दुई तिहाइ खण्डमात्र प्रयोग गर्नु राम्रो हुन्छ।


रोपाइ

जमिनलाई विभिन्न खण्डमा छुट्याउनु पर्छ। ड्याङको दुरी ७५ से.मि. हुनुपर्छ।


मलखादको प्रयोग

नाइट्रोजन: १५० केजी/हेक्टर
फोस्फोरस: ७५ केजी/हेक्टर
पोटास: १०० केजी/हेक्टर
रोपाइका क्रममा आधा नाइट्रोजनका साथमा P2O5, K2O को पुरा मात्रा प्रयोग गर्नुपर्छ। उकेरा लगाउने बेलामा नाइट्रोजनको बाँकी आधा भाग प्रयोग गर्नु पर्छ। टुसाबाट लिइने खेतीका लागि चाहिँ नाइट्रोजनको मात्रा प्रति हेक्टर २२५ केजीका हिसाबले बढाउनु पर्छ


बालीको संरक्षण

कीरालाग्ने समस्या

नियन्त्रण

कीराहरू:
१. पिरिल्ला (यसले उखुको उत्पादन र गुलियोपनको मात्रा घटाउने काम गर्छ।


१००० लिटर पानीमा १ लिटर मालाथिन वा १ लिटर इन्डोसल्फन अथवा ६०० मिलिलिटर फेनिट्रोथिन मिसाएर स्प्रे गर्नुहोस् ( प्रति हेक्टर)।

२. धमिरो (धमिराले उम्रँदै गरेका पालुवाहरूलाई नष्ट गर्दछ

३. भर्खरै पलाएका टुसाहरूलाई असर गर्दछ।

-राम्ररी पचेको गोबर मल प्रयोग गर्नुहोस् ।
-अघिल्लो बाली उठाएर रहेका ठुटाठुटी र कुडाकर्कटलाई जमिनबाट हटाउनुहोस् ।
-रोप्ने बेलामा २५ केजी बालुवामा २ लिटर क्लोरोपिरिफोस २० इसी मिसाएर कुलेसामा प्रयोग गर्नुहोस् (प्रतिहेक्टर)।

४. टप बोरर ( पात दुलो पर्ने, माथ्लापट्टि सेतो र रातो धर्सो देखिने, र टुप्पाका पातहरू एकै ठाउँमा गुजुमुज्ज पर्ने हुन्छ।

रोगहरू:
१. कालीपोके (कालीपोकेबाट असर पुगेका उखुका लाँक्राबाट लामालामा, सुइरे टुसा पलाउँछन्।

-रोग लागेका सबै गुच्छाहरूलाई हटाइदिनुहोस् र कालीपोके लागेका लाँक्राहरूलाई पूर्णत: नष्ट गरिदिनुहोस् ।
-रोगमुक्त बिउको प्रयोग गर्नुहोस्।
-प्रतिरोधक प्रजाति रोप्नुहोस्।

२. बोक्रो रातो हुने रोग लाग्दा उखुका लाँक्राको चमक हराउनुका साथै रक्सीको जस्तो गन्ध आउँछ।

-रोग लागेका सबै गुच्छाहरूलाई पन्छाउने र डढाइदिने ।
-रोग नलागेका ठाउँबाट यत्नपूर्वक बिरुवा निकाल्न सकिन्छ।
-बाली उठाइसकेपछि रहलपहल वस्तुहरूलाई जलाइदिनुहोस्।
 बाढीबाट जोगाउनुहोस्।
 प्रतिरोधक प्रजाति रोप्नुहोस्।


बाली उठाउने

हातैले वा औजार/यन्त्रहरूको प्रयोग गरेर उखु बाली उठाउन सकिन्छ। हातैले उठाउँदा पहिले उखुबारी आगो लगाउनु पर्छ। आगाले डाँढमा असर नपुर्‍याइकनै सुकेका पातहरू डढाउनुका साथै लुकेर बसेका विषालु सर्पहरूलाई धपाउन मदत गर्दछ। त्यसपछि किसानहरूले हँसिया वा चक्कुको प्रयोग गरेर जमिनको सहतभन्दा ठिक माथि उखुका डाँक्ला काट्छन्।
मेसिनका सहायताले उखु बाली उठाउनका लागि कम्बाइन (combine) वा उखु कटुवा (sugarcane harvester) को प्रयोग गरिन्छ। यस्ता यन्त्रहरूका सहायतले जमिनका सतहमा उखु काट्ने, पातहरू थुत्ने, समान आकारका टुक्रा बनाउने र गाडीमा बोझाउने गरिन्छ। त्यसपछि रहलपहल वस्तुलाई फेरि खेतमै मिल्काइन्छ।यन्त्रका सहायताले उखु काट्दा पहिले आगो लगाउनु नपर्ने हुँदा जमिनमा सुकेका पातहरू रहिरहन्छन् । ती पातहरूलाई अर्को पटक बाली लगाउँदा बिरुवा छोप्ने झ्यासका रूपमा प्रयोग गर्न सकिन्छ।


प्रशोधन

काटिएको उखुलाई तत्कालै प्रशोधन-प्रक्रियामा लैजानु पर्छ अन्यथा उखुका लाँक्रामा रहेको चिनी तत्त्व घट्दै जान्छ।भर्खरै काटिएको उखुलाई मिलमा पेलेर सर्वप्रथम कच्चा चिनी निकालिन्छ; त्यसपछि स्थानीय उपभोगका लागि रङ् खुइल्याएर धुलो चिनी निकालिन्छ।
त्यसपछि प्रशोधकले प्रशोधित सेतो चिनी बनाउँछ जसमा ९९% चिनी हुन्छ। चिनी प्रशोधकले कच्चा चिनीलाई शुद्धीकरण गर्दछ। उखु प्रशोधन गर्दा उखुका लाँक्राबाट चिनी निकालिन्छ। यसका उप-उत्पादनका रूपमा खोइला, सख्खर आदि निस्कन्छन्। उखुका खोइलाको प्रयोग आगो बाल्न, कागज उत्पादन गर्न, कृषि बाली छोप्ने झ्यासका रूपमा र रासायनिक उत्पादनका लागि कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ।

Share:

0 comments:

Post a Comment

Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel