मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Wednesday, August 5, 2020

तरकारी खेती कहाँ कसरी गर्ने ?

तरकारी खेती कहाँ कसरी गर्ने ?


तरकारी खेति सम्बन्धी हाते पुस्तिका 

खेतीमा सबैभन्दा कम लगानीमा धेरै प्रतिफल दिनेमा तरकारी खेती पनि एक हो। स्वराजगारके सबैभन्दा उत्तम विकल्प तरकारी खेती हो। थेरै पुँजीमा पनि धेरै प्रतिफल लिन तरकारी खेती एकदमै उत्तम मानिन्छ।कुन भूगोलमा र हावापानीमा कस्तो खालको तरकारी खेती गरिन्छ त्यो जानकारी किसानले सबैभन्दा पहाला थाहा पाउनुपर्छ।

नेपालमा तरकारी खेती कसरी र कुन किसिमले गर्ने भन्नेबारे हामी तपाईहरुलाई केही टिप्स दिँदैछौं।

करेसाबारी खेती

विशेष गरी करेसाबारीमा गरिने खेती अर्थेपार्जनभन्दा भन्दा पनि ‍घरपरिवारलाई आपूर्ति गर्न गरिन्छ। तर पनि करेसाबारीमा गरिने तरकारी खेतीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ। 

आफ्नो घर वरिपरि रहेको थोरै जमिनलाई करेसाबारी भनिन्छ। करेसाबारी तरकारी खेतीमा परिवारका सबै व्यक्तिहरु लागेका हुन्छन्। थोरै ठाउँमा थोरै मात्रामा गरिने तरकारी खेती हो। यसको उत्पादन घरमै खपत गरिन्छ। लगानी पनि त्यति धेरै लाग्दैन।

यो प्रविधि ग्रामीण तथा सहरी क्षेत्र दुवैमा गरिन्छ। फुर्सदको समय यसमा लगाइन्छ। सहरी क्षेत्रमा बस्ने मानिसका लागि करेसाबारीमा काम गर्नु भनेको हरियाली बढाउनु र स्वच्छ हावामा शारीरिक व्यायाम गर्नु पनि हो।

करेसाबारीमा उत्पादन भएको ताजा तरकारी सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। बजारबाट किनेको तरकारीभन्दा करेसाबारीमा उत्पादन गरेको तरकारी सस्तो हुन्छ।

जुन बेला तरकारीको आवश्यकता पर्छ सोही समयमा करेसाबारीबाट तरकारी टिप्न सकिन्छ। यसबाट समयको बचत पनि हुन्छ। केही किसानहरुले विषादीको प्रयोग गरी समय नपुग्दै बजारमा तरकारी लैजाने गर्छन्। करेसाबारीमा तरकारी उत्पादन गर्नेहरु यस प्रकारको विष सेवनबाट बच्न सक्छन्। 

व्यावसायिक तरकारी खेती  

आयआर्जनका लागि ठूलो लगानी लगाएर ठूलै क्षेत्रफलमा गरिने खेती व्यवसायिक तरकारी खेती हो। यसमा आफ्नो ज्ञान, सीप, अनुभव र क्षमता प्रयोग गरिन्छ नै, उत्पादन लागत कम पर्ने गरी गरी धेरै उत्पादन गर्ने कोसिस गरिन्छ।

व्यावसायिक ढंगले तरकारी खेती गर्दा उपलब्ध आफ्नो जमीन अथवा भाडामा लिएको जमीन, त्यहाँको हावापानी, सिँचाइ सुविधा, क्षेत्रफल, बजार तथा यातायात सुविधा आदि कुराहरुलाई विचार गरेर कुन बाली कुन समयमा कति मात्रामा उत्पादन गर्ने भन्ने योजना बनाउनु पर्छ। यसमा लगानी प्रशस्त लाग्दछ र समयमा विचार पुर्याउन भने ठूलो नोक्सान पनि हुन सक्दछ।

यो पुस्तकमा करेसाबारी तरकारी खेतीभन्दा व्यावसायिक तरकारी खेतीतर्फ विशेष ध्यान दिने गरी व्याख्या गरिएको छ। आजको जमाना व्यवसायिक तरकारी खेतीको हो। यसमा निर्धक्क लगानी गर्नु पर्छ। उन्नत प्रविधिको प्रयोग गर्नु पर्दछ। उन्नत जातको बीउ प्रयोग गर्नुपर्छ। २ देखि ४ जना मानिसहरुलाई काम दिन सकिन्छ र राम्रो आम्दानी गर्न सकिन्छ।

ठाउँठाउँमा नयाँ बाटाघाटाहरु खुलेका छन्। गाउँबस्तीहरुमा समेत यातायातको ढुवानी पहुँच पुगेको छ। नयाँनयाँ हाट बजारहरु स्थापना भएका छन्। तरकारी संकलन केन्द्रहरु बनेका छन्।

तरकारी खेती र यसको व्यापारको ठूलो सम्भावना छ। त्यसैले अब धेरैभन्दा धेरै किसानहरु व्यवसायिक तरकारी खेतीतर्फ लाग्नुपर्छ। विदेशमा हण्डर खाएर फर्केका जाँगरिला केही युवा व्यावसायिक तरकारी खेतीतर्फ लागेका छन्। नेपालको कृषि क्षेत्रको उन्नतिका लागि यो सकारात्मक सन्देश हो ।

तरकारी खेती कहाँ कस्तो हुन्छ ?

हिमाली क्षेत्र 

तीन हजार मिटरभन्दा माथिको क्षेत्र हिमाली क्षेत्रमा पर्दछ। यस क्षेत्रको औसत तापक्रम गर्मीमा १० डिसे र जाडोमा एकदेखि पाँच डिग्री सेल्सियसको बीच रहन्छ। जाडोको चार–पाँच महिना प्रायः हिउँले ढाकिने भएकोले प्रायः खेती हुँदैन। यद्यपि बर्खे याममा बन्दा, काउली, मूला र गाँजरजस्ता तरकारीहरुको खेती गर्न सकिन्छ।

बन्दाको बीउ तयार गर्न यस्तो क्षेत्रको आवश्यकता पर्दछ। हिमाली क्षेत्रमा व्यावसायिक रुपमा तरकारीको खेती गर्न चाहने किसानले ताजा तरकारी उत्पादन तर्फभन्दा बीउ उत्पादनतर्फ जोड दिनु राम्रो हुन्छ। 

उच्च पहाड 

समुद्र सतहबाट १५०० मिटरदेखि ३००० मिटरसम्मको उचाइमा यो भाग पर्दछ। यस क्षेत्रको तापक्रम १० डिग्री सेल्सियसदेखि २५ डिग्री से।सम्म रहन्छ। श्रावणदेखि कात्तिकसम्म र फागुनदेखि बैशाखसम्म शितोष्ण अवस्था रहन्छ। त्यसैले यस क्षेत्रमा यो मौसममा रायो, मूला, काउली, बन्दा, गाजर, सिमी, केराउ, स्कुस आदिको खेती राम्रो हुन्छ ।

यो क्षेत्रमा यी बालीहरु वसन्त र शरद दुवै मौसममा लिन सकिन्छ। यो क्षेत्र गर्मीमा बेमौसमको तरकारी उत्पादनका लागि अति नै उपयोगी छ। त्यसैले व्यावसायिक तरकारी खेती गर्ने किसानले यसबाट राम्रो फाइदा लिन सक्दछन्।

मध्यपहाडी 

समुद्र सतहबाट ६०० मिटरदेखी १५०० मीटरसम्मको उचाइमा फैलिएको क्षेत्र जहाँ गर्मीको तापक्रम २० डिग्री से।देखि ३० डिग्री से। रहन्छ । हिउँदको औसत तापक्रम १० डि।से।देखि १५ डि।से।सम्म रहन्छ । कहिलेकाहीँ शून्य डिग्रीको नजिक पनि पुग्दछ । यहाँ गर्मीमा उपोष्ण र जाडोमा शीतोष्ण अवस्था रहन्छ ।

मध्यपहाडी क्षेत्रमा काउली, मूला, गाजर, बन्दा गोलभेडा, भेडेखुसार्नी, स्क्वास, काँक्रो अदुवा, लसुन आदि धेरै तरकारी र मसला बालीहरु लगाउन सकिन्छ । यस क्षेत्रमा व्यापक मौसमी विविधता रहने भएकोले व्यवसायिक तरकारी खेतीको लागि ज्यादै उपयुक्त स्थान हो । यस क्षेत्रमा समय मिलाएर सबै प्रकारको तरकारी खेती गर्न सकिन्छ । बेमौसमी तरकारी खेतीका लागि पनि यो क्षेत्र सबैभन्दा उपयुक्त छ । 

बेंसी तथा तराई 

समुद्र सतहबाट ५८ मिदेखि ६०० मिसम्म फैलिएको यो क्षेत्रमा गर्मीमा ३० देखि ३५ डिसेसम्म तापक्रम पुग्दछ। यहाँ जाडोको औसत तापक्रम ५ डि।से।देखि १५ डि।से।सम्म हुन्छ । यो क्षेत्रमा जाडोमा न्यानो शितोष्ण, शरद तथा बसन्तमा उपोष्ण र गर्मीमा उष्ण हावापानी पाइन्छ । ताजा तरकारी उत्पादनका दृष्टिले यो क्षेत्र अति महत्वपूर्ण छ।

यो क्षेत्रको हलुका माटो र राम्रो निकास व्यवस्था भएको भूभाग व्यवसायिक तरकारी खेतीका लागि सर्वोत्तम स्थल हो । यहाँ सबै प्रकारका तरकारी बालीहरु लगाउन सकिन्छ। प्लाष्टिक टनेल बनाएर बाह्रै महिना सबै प्रकारका तरकारीहरु उत्पादन गर्न सकिन्छ। बजार संभाव्यता पनि यसै क्षेत्रमा सबभन्दा बढी छ।


Share:

दिगो खेती भनेको के हो

दिगो खेती भनेको वातावरण, स्वास्थ्य, मानव समुदाय र पशुधनको कल्याण गर्ने खालका कृषि-प्रविधिहरूको प्रयोग गरेर खाद्यान्न र तरकारीको उत्पादन तथा पशुपालन गर्नु हो। दिगो खेती प्रक्रियाले भावी पुस्ताले पनि आफ्नो जमिनबाट उसरी नै खाद्यवस्तुको उत्पादन गर्न सक्ने कुरामा कुनै हानी नपुर्यााई (जमिनको उर्वराशक्ति कायमै राखेर) स्वस्थ खाद्य पदार्थको उत्पादन गर्दछ । दिगो खेती अन्तर्गत तीनवटा उद्देश्यहरू समाहित छन्:

अ.वातावरणीय स्वास्थ्य
आ.आर्थिक मुनाफा, र
इ.सामाजिक तथा आर्थिक समता

जैविक खेती अन्तर्गत कृत्रिम रासायनिक तत्त्वहरूको प्रयोग नगरी खाद्यवस्तुको उत्पादन गरिन्छ। जैविक तथा दिगो खेती दुवैको उद्देश्य पर्यावरणीय दृष्टिले व्यावहारिक कृषि-अभ्यास गर्नु हो तर दुवै पद्धतिमा भिन्न भिन्न मापदण्डबाट त्यसको मापन गरिन्छ। खास गरी बृहत् र औद्योगिक स्तरमा गरिने जैविक उत्पादनले पनि वातावरणमा असर पुर्यामउँछ र विभिन्न किसिमले मानवीय स्वास्थ्यमा हानी पुर्या्उँछ। एकबाली प्रणालीको व्यापकताका कारण प्राकृतिक चक्र नष्ट हुन्छ; माटाको पोषक तथा जैविक तत्त्व घट्दछ; वातावरण प्रदूषित पनि भइरहन्छ; एवं अत्यधिक मात्रामा जीवावशेषको विनाश हुन्छ। त्यसकारण दिगो खेती जैविक खेतीभन्दा पृथक् अवधारणा हो।

दिगो कृषिका निम्नलिखित फाइदाहरू छन्:

वातावरणको सुरक्षा
दिगो कृषिले जैविक विविधताको संरक्षण गर्नुका साथै स्वस्थ प्रकृति-चक्रको विकास, संरक्षण र सम्बर्धन गर्दछ। बाली चक्र, संरक्षणात्मक जोतखन, र चरनमा आधारित पशुपालनजस्ता प्रविधिमा दिगो कृषि आधारित छ। यो प्रणाली विषाक्त रासायनिक कीटनाशक, कृत्रिम मलखाद र वंशाणुगत रूपमा रूपान्तरित बिउबिजनमा कहिल्यै भर पर्दैन अथवा माटो, पानी तथा अन्य प्राकृतिक संशाधनहरूको गुणस्तर घटाउने क्रियाकलापहरू यसले गर्दैन।

सार्वजनिक स्वास्थ्यको सुरक्षा
खाद्यवस्तुको उत्पादनका लागि मानव-स्वास्थ्यलाई धरापमा पार्नु मनासिब हुँदैन। दिगो कृषिमा खतरापूर्ण कीटनाशक विषादीको प्रयोग नगरिने हुँदा यसरी उत्पादन गरिएका खाद्यवस्तुहरू उपभोक्ताको स्वास्थ्यका दृष्टिले सुरक्षित हुन्छन्। त्यस्तै, पशुपालनमा खतरायुक्त प्रतिजैविकी वा आर्सेनिकमा आधारित वृद्धिकारक पदार्थहरूको प्रयोग गरिन्न। त्यसैले दिगो खेतीले मानिसहरूलाई विभिन्न रोगाणु, विषाक्त रसायन तथा अन्य प्रदूषक तत्त्वहरूबाट जोगाउँछ।

गतिशील समाज निर्माण गर्ने
दिगो कृषि आर्थिक रूपले जीवनक्षम भएकाले यसले कृषक, खेताला, खाद्यान्न प्रशोधक र अन्य कामदारहरूलाई जीवन धान्न पुग्ने पारिश्रमिक तथा काम गर्ने उपयुक्त वातावरण प्रदान गरिन्छ। यसले राम्रा अवसरहरू सृजना गर्नुका साथै स्थानीय तथा क्षेत्रीय अर्थतन्त्रलाई सुदृढ गर्दै सशक्त समाजको सृजना गर्दछ।

पशु हितको पृष्ठपोषण गर्ने
दिगो खेतीमा जनवारहरूको स्वास्थ्य र भलाइको संरक्षण गर्ने किसिमले पशुपालनको अभ्यास गरिन्छ। पशुपक्षीहरूलाई बाँधेर राख्ने वा थुन्ने नगरी स्वतन्त्र रूपमा छोडिन्छ; प्राकृतिक खानेकुरा खान दिएर सङ्कटमुक्त गराइन्छ।

 

दिगो खेतीका केही प्रक्रियाहरू यस प्रकार छन्:
.

बाली चक्र
दिगो खेतीको जमिनको दिगोपना कायम राख्ने सबैभन्दा पुरानो र सजिलो पद्धति हो। बाली चक्रमा तर्कसङ्गत क्रमिकता अन्तर्गत आज लगाइएको बालीले अघिल्लो बालीले शोषण गरेको जमिनको पोषकत्वलाई पुन:पूर्ति गर्ने खालको बालीको चयन गरिन्छ। उदाहरणका लागि गहुँ बालीभन्दा पछि जौ लगाउने, कोसेबाली उठाएर अन्न बाली लगाउने खाद्यान्न पछि तरकारी बाली लगाउने गर्नाले जमिनको ऊर्वरता कायम रहने र भूक्षय तथा मौसमी क्षति घट्ने हुन्छ।
यसले रोग सर्नबाट पनि रोक्दछ। धेरैजसो रोगहरू र कीराफट्याङ्ग्राले खास किसिमका बालीलाई नोक्सान पुर्याोउने हुँदा एक पछि अर्को बाली लगाउने गरेर त्यस्तो हानी नोक्सानीबाट बँच्न सकिन्छ।

.

बालीमा विविधता
रोग तथा कीराबाट बालीनालीलाई जोगाउनका लागि कृषकहरूले उही बालीका भिन्न जात लगाउन पनि सक्दछन्। विभिन्न उत्पादकहरूबाट भिन्नभिन्न किसिमका बिउबिजनहरू प्राप्त गर्न सकिन्छ। यसो गर्दा बोटबिरुवाहरूमा महत्त्वपूर्ण भिन्नता कायम गर्न सकिन्छ। यस्ता विविधताले वंशाणुगत विविधतालाई सुनिश्चित गर्ने र बालीनालीलाई बलियो बनाउँछन्। यसबाट आर्थिक सङ्कटलाई कम गर्न पनि मदत गर्दछ।
उदाहरणका लागि एउटै समयमा १० जातका मकै मिसाएर बाली लगाउँदा कीराको आक्रमणले सबै जातका मकैलाई असर नगर्ने हुँदा कीटनाशक विषादी कम प्रयोग गरे पुग्ने र बालीको क्षतिलाई घटाउने गर्न सकिन्छ।

.

संरक्षक/परिचारिका बाली
संरक्षक बालीले जैवित तत्त्वको पुन:पूर्ति गर्न वा माटामा रहने सूक्ष्म जीवाणुहरूलाई बढाउन मदत गर्दछ। कीरा व्यवस्थापन, जमिनको गुणस्तर र उत्पादकत्व, किरा नियन्त्रण तथा पानीको संरक्षण गर्न पनि संरक्षक बाली फलदायक हुन्छ।
उदाहरणका लागि तीन पाते झार संरक्षक बाली हो। यसले जाडो याममा जमिनको सुरक्षा गर्दछ, पानीको छनाइमा मदत गर्दछ र झारलाई नियन्त्रण गर्दछ। ऐंसेलु वा अन्य फलफूलका बीचमा तीन पाते झार लगाइयो भने भूक्षय तथा चिस्यानबाट जमिनलाई जोगाउन सकिन्छ।

.

एकीकृत कीरा व्यवस्थापन
दिगो कृषि भनेको प्रभावकारी ढङ्गले कीरा नियन्त्रण गर्ने विभिन्न पद्धतिहरूको समायोजन हो। यस प्रक्रियामा प्रारम्भमा कीराहरूको पहिचान गरिन्छ; कतिपय कीराहरूले बालीनालीलाई गम्भीर असर पुर्यािउँदैनन्। कीरा नियन्त्रण गर्न सक्ने बालीको चयन गर्ने, बाली चक्र कायम गर्ने र उपयोगी कीराहरूको प्रयोग गर्ने जस्ता पद्धतिहरूको उपयोग गरिए कीरा नियन्त्रण गर्न गार्होे हुँदैन। कीराले आक्रमण गर्ने बेलामा औषधीको प्रयोग गर्नु उत्तम हुन्छ। यसको तात्पर्य कीराले असर गरेको क्षेत्रमा मात्र औषधी प्रयोग गर्ने होइन, परन्तु एउटा विशेष कीरालाई लक्ष्यित गरेर औषधी प्रयोग गर्ने र उपयोगी कीराहरूलाई नचलाउने वा अन्य वन्यजन्तुहरूलाई असर नपार्नेमा ध्यान पुर्याधउनु पर्दछ।

.

फाइदाकारी जीवहरूलाई आकर्षित गर्ने
हानीकारक कीराहरूलाई समाप्त गर्ने सर्वोत्तम विधि भनेको ती कीराहरूलाई खाने अन्य पशुहरूलाई संरक्षण गर्नु हो। यस्ता पशुपक्षीहरूले वरिपरि गुँड बनाएका भए राम्रै भयो नत्र किसानहरूले नै कृत्रिम वासस्थान बनाइदिनु पर्ने हुन्छ। गोब्रे किरा लगायतका कतिपय कीराहरुले हानीकारक कीरालाई खाने हुँदा बाली तथा मलमा त्यस्ता कीरा छाड्नु राम्रो हुन्छ।

.

जमिनको उर्वराशक्ति
बालीनालीले प्रमुख पोषक तत्त्व माटाबाटै पाउने हुँदा जमिनको उर्वरता कायम राख्नु पर्ने हुन्छ । कृषिको दिगोपना अन्य तत्त्वका तुलनामा जमिनमै सबैभन्दा बढी निर्भर गर्दछ।

.

व्यवस्थित चरन
पशुलाई विभिन्न ठाउँमा चराउनुलाई पशु-चरन चक्र भनिन्छ। पशुहरूलाई विभिन्न ठाउँमा चराउने गर्नाले विभिन्न किसिमका पोषक तत्त्व उपलब्ध हुनाका साथै परजीवी तथा धुलाबाट जोगाउन सकिन्छ। गाईवस्तुलाई ठाउँ फेरीफेरी चराउने गर्नाले भूक्षय पनि रोक्न सकिन्छ किनभने यसो गर्दा पशुहरूले सधैं एउटै ठाउँमा टेक्न वा हिँड्न पाउँदैनन्। त्यसैगरी चरन क्षेत्रमा छोडिने मलले पनि प्राकृतिक मलका रूपमा काम गर्दछ।

.

झारपातको शारीरिक सफाइ
सानो क्षेत्रमा गरिने खेतीमा हातैले झारपात नष्ट गर्न सम्भव भए पनि ठूलो क्षेत्रमा गरिने खेतीमा यसो गर्न सम्भव हुँदैन। मेसिनहरू पुर्यापउन नसकिने ठाउँमा वा औजार चलाउँदा बालीनाली नष्ट हुने सम्भावना भएमा हातैले गोडमेल गर्ने गरिन्छ। झारपात गोडमेल गर्नका लागि धेरैजसो मेसिन वा औजारको प्रयोग गरिन्छ। कतिपय झारपातहरू नउखेलिएका खण्डमा तिनले बालीनालीलाई ढाक्ने गर्दछन्। पुराना बालीका अवशेषहरूलाई जलाउन पनि सकिन्छ तर यसो गर्दा माटो, स्थानीय जीवजन्तु तथा किसानहरूलाई समेत हानी पुग्न सक्छ।

.

पानीको व्यवस्थापन
खेर गएको पानी र कमजोर सिचाइ प्रणालीलाई व्यवस्थित गरेर पानीको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ। पानीको प्रयोगलाई उत्तम ढङ्गले व्यवस्थापन गर्ने तरिका स्थानीय बालीहरूको चयन गर्नु हो किनभने यस्ता बालीहरू स्थानीय मौसममा समायोजित हुने हुँदा पानी नपरे पनि धेरै समयसम्म टिकिरहन सक्छन्। सुख्खा जग्गाका लागि खडेरी खप्न सक्ने बालीहरू लगाउनु पर्दछ। प्रभावकारी ढङ्गले सिँचाइको व्यवस्थापन गर्नुपर्छ किनभने प्रभावहीन व्यवस्थाले खोलाको पानी सुकाउने, जमिनको स्तर खस्काउने र वन्यजन्तुहरूलाई नकारात्मक प्रभाव पार्ने गर्दछ। बाली ढाक्ने झ्यास र संरक्षक बालीले माटामा चिस्यान कायम राख्न मदत गर्दछन्। सीमित सिँचाइ दिगो कृषिका लागि व्यावहारिक समाधान हुन सक्छ।

.

लम्बीय खेती
यो दिगो कृषिको उत्तम पद्धति हो। लम्बीय खेती भनेको जमिन भन्दा माथि फल्ने बालीनाली लगाउनु हो। जमिनको स्वस्थता कायम राख्ने, कीटनाशक विषादीबाट मुक्त हुने, उर्जाको उपभोग घटाउने र कार्बन डाइ अक्साइडको उत्सर्जन घटाउने यो उत्तम प्रक्रिया हो। यसले उत्पादन बढाउन र भूक्षय घटाउनसमेत मदत गर्दछ।

Share:

पशु तथा पंक्षी खेती

परिचय
दूध, मासु, अन्डा, उन, श्रम आदिका लागि जनावरहरूलाई घरमा पाल्ने कामलाई पशुपालन भनिन्छ। मानिसहरूलाई कृषि पेशामा आकर्षित गर्न, जमिनको उर्वराशक्ति बढाउन र मल खादका रूपमा जनावरहरूको बिस्टा प्रयोग गर्ने उद्देश्यले पनि पशुपालन गरिन्छ। पहाडी तथा हिमाली प्रदेशहरूमा भारी बोक्नका लागि चौँरी, गधा, खच्चड, भेडा र बाख्राहरूको प्रयोग गरिन्छ। तराईमा गोरु तथा राँगाहरूलाई गाडा तान्ने काममा प्रयोग गरिन्छ। दूध तथा दूधजन्य उत्पादन, मासु र अन्डा प्रोटिनका भरपर्दा स्रोत पनि हुन्। यस्ता वस्तुहरूले कृषकहरूको आय वृद्धि गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्।
पशुपालन व्यवसाय नेपालको कृषि क्षेत्रको महत्त्वपूर्ण उप-क्षेत्र हो। केन्द्रीय तथ्याङ्क विभाग (२०११) अनुसार पशुपालनले कृषिजन्य कुल गार्हस्थ्य उत्पादनको ३२% र देशको कुल गार्हस्थ्य उत्पादनको ११.५% ओगट्छ। धेरै मानिसहरू पशुपालन गर्ने, मासु काट्ने, बजारसम्म पुर्या उने र बेच्ने जस्ता पशुजन्य व्यवसायमा संलग्न रहेका छन्। २० लाख भन्दा बढी घरपरिवारहरूले पशुपालन गरेका छन् भने १४ लाख घरपरिवारले कुखुरा पाल्ने गरेका छन्।
पशुपालनको वृद्धि दर माछा पालन र नगदे बाली भन्दा कम भए पनि कुल कृषि गार्हस्थ्य उत्पादनमा माछा पालन तथा नगदे बालीको भन्दा पशुपालनको योगदान बढी छ। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित तथ्याङ्क अनुसार पशुपालनमा वार्षिक ५.३% वृद्धि हुँदै गएको छ। गाईगोरु, भेडा, भाले हाँस तथा पोथी हाँसका तुलनामा राँगा, सुँगुर, माउ भैंसी तथा कुखुराको वृद्धि दर निकै बढी रहेको छ।

पशुधन

क.  गाइगोरु
नेपालमा सामान ढुवानी गर्ने कामका लागि गोरु र मलखादका लागि गाई/गोरू प्रमुख स्रोत रहेका देखिन्छन्। पशुपालनका क्षेत्रमा गाई/गोरूले प्रमुख स्थान ओगटेको पाइन्छ। तर अन्य पशुहरूका तुलनामा गाई/गोरूको वार्षिक वृद्धि दर अत्यन्तै कम (लगभग शून्यप्राय) रहेको छ। कृषि विकास मन्त्रालयको सन् २०११/०१२ को तथ्याङ्क यस्तो छ:
सन् २०११/०१२ मा गाईगोरू पालनको कुल सङ्ख्या ७२,४४,९४४ र वार्षिक वृद्धि दर ०.४२% रहेको देखिन्छ।
 
ख.   भैंसी
भैंसी दूध तथा मासुको प्रमुख स्रोत हो। जमिनको उर्वरा शक्ति बढाउने मल खादका रूपमा पनि भैंसीको बिस्टा उपयोगी हुन्छ। सङ्ख्यात्मक दृष्टिले भैंसी पालन दोस्रो स्थानमा आउने भए पनि आर्थिक दृष्टिले गाईपालन भन्दा भैंसी पालन व्यवसाय बढी लाभदायक रहेको छ। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित तथ्याङ्क अनुसार,
सन् २०११/०१२ मा भैँसीको कुल सङ्ख्या ५१,३३,१३९ थियो भने वार्षिक वृद्धि दर ३.३६% रहेको थियो।
भैंसीको दूध लगभग ११,५३,८३८ मेट्रिक टन उत्पादन भएको देखिन्छ भने ३.८% वार्षिक वृद्धिदर (सन् २०११/०१२) रहेको देखिन्छ।
त्यसैगरी यसै आर्थिक वर्षमा १,७२,४१४ मेट्रिक टन भैंसीको मासु उत्पादन भएको र वार्षिक वृद्धि दर ३.२% रहेको देखिन्छ।
 
ग.  लैनो गाई
नेपालमा दूध उत्पादनका लागि मात्र गाईपालन गरिन्छ। राष्ट्रिय जनावर भएको हुँदा नेपालमा मासुका लागि गाईको प्रयोग हुँदैन। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित तथ्याङ्क अनुसार,
सन् २०११/०१२ मा नेपालमा लैना गाईको सङ्ख्या ९,९८,९६० र वार्षिक वृद्धि दर १.८% रहेको देखिन्छ।
सन् २०११/०१२ गाईको दूध ४,६८,९१३ मेट्रिक टन उत्पादन भएको थियो भने वार्षिक वृद्धि दर ३% रहेको थियो।

 
घ.  भेडा
अन्य जनावरका मासुका तुलनामा भेडाको मासु खाने प्रवृत्ति बढ्दै गएकाले भेडाको वार्षिक वृद्धि दरमा नकारात्मक प्रभाव परेको देखिन्छ। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित तथ्याङ्क अनुसार,
सन् २०११/१२ मा नेपालमा ८,०७,२६७ वटा भेडाहरू थिए भने वार्षिक वृद्धि दर -०.२५% रहेको थियो।
त्यस्तै सन् २०११/१२ मा २७२० मेट्रिक टन मासु उत्पादन भएको थियो भने -२.५८% वार्षिक वृद्धि दर रहेको थियो।
 
ङ.  खसी/बाख्रा
नेपालमा लोकप्रियताका दृष्टिले खसीको मासु दोस्रो स्थानमा आउँछ। बाख्राले दूध समेत दिने भए पनि नेपालमा बाख्राको दूध त्यति लोकप्रिय छैन। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित खसी/बाख्रा पालन सम्बन्धी तथ्याङ्क यस्तो छ:
सन् २०११/०१२ मा नेपालमा ९५,१२,९५८ वटा खसी/बाख्रा थिए। वार्षिक वृद्धि दर ४% थियो जुन अन्य पशुहरूका तुलनामा निकै राम्रो हो।
यसै वर्ष ५३,९५६ मेट्रिक टन मासु उत्पादन भएको थियो भने वार्षिक वृद्धि दर ३.६ % रहेको थियो।
 
च.  सुँगुर
सुँगुर पनि नेपालको प्रमुख घरपालुवा जनावर हो। नेपालमा मासु खानका लागि सुँगुर पाल्ने गरिन्छ। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित सुँगुर पालन सम्बन्धी तथ्याङ्क यस्तो छ:
सन् २०११/०१२ मा सुँगुरको सङ्ख्या लगभग ११,३७,४८९ अर्थात् बाख्राको सङ्ख्याको आठ भागको एक भाग मात्र रहेको देखिन्छ भने वार्षिक वृद्धि दर २.२% रहेको देखिन्छ।
सुँगुरको मासुको कुल उत्पादन १८, २७७ मेट्रिक टन र वार्षिक वृद्धि दर १.७% रहेको छ।
 
छ.  कुखुरा
लोकप्रियताका दृष्टिले नेपालमा कुखुराको मासु तेस्रो स्थानमा पर्दछ। अन्य मासुका तुलनामा बढी स्वस्थकर तथा सस्तो समेत हुने भएकाले कुखुराको मासु बढी लोकप्रिय भएको हो। कृषि विकास मन्त्रालयबाट सन् २०११/०१२ मा प्रकाशित तथ्याङ्क अनुसार,
सन् २०११/०१२ मा कुखुराको सङ्ख्या ४,५१,७१,१८५ रहेको देखिन्छ भने वार्षिक वृद्धि दर पनि अत्यन्तै राम्रो (१०.३%) रहेको देखिन्छ।
अन्डा पार्ने पोथी कुखुराको सङ्ख्या ७९,०७,४६८ र वार्षिक वृद्धि दर लगभग २% रहेको देखिन्छ।
सन् २०११/०१२ मा ४०,३४६ मेट्रिक टन कुखुराको मासु उत्पादन भएको देखिन्छ। यो कुल मासु उत्पादनमा तेस्रो स्थानको मान भए पनि मासुका अन्य स्रोतका तुलनामा कुखुराको वृद्धि दर निकै उच्च (वार्षिक१७.३%) रहेको छ।
त्यसैगरी सन् २०११/०१२ मा ४.६%को उच्च वृद्धि दरसहित ७८,८३,१०,००० वटा अन्डा उत्पादन भएको देखिन्छ ।
 
ज.  हाँस
नेपालमा मासुका लागि हाँस पालन पनि गरिन्छ तर मासुका लागि पालिने अन्य पशुपक्षीका तुलनामा हाँस पालन कम लोकप्रिय हुँदै गएको छ। कृषि विकास मन्त्रालयको २०११/०१२ को हाँस पालन सम्बन्धी आकडा निम्नानुसार रहेको छ।
सन् २०११/०१२ मा नेपालमा हाँसको कुल सङ्ख्या ३,७६,९१६ रहेको देखिन्छ। तर दिनहुँ यो सङ्ख्या घट्दै गएको छ। हाँसको वार्षिक वृद्धि दर (-०.८%) नकारात्मक छ।
सन् २०११/०१२ मा २१७ मेट्रिक टन हाँसको मासु उत्पादन भएको थियो। दस वर्ष अघिको उत्पादनका तुलनामा यो निकै कम हो। हाँसको मासुको वार्षिक उत्पादन -२% अर्थात् नकारात्मक रूपले बढ्दै गएको देखिन्छ।
सन् २०११/०१२ मा अन्डा पार्ने हाँसको सङ्ख्या १,७४,९७८ र -१.८% नकारात्मक वृद्धि दर रहेको देखिन्छ ।
सन् २०११/०१२ मा १,३०,६०,००० वटा अन्डाको उत्पादन भएको थियो। अन्डा उत्पादकनको वार्षिक वृद्धि दर पनि नकारात्मक (-१.६५%) रहेको छ।
 
झ.  ऊनी
नेपालका पहाडी तथा हिमाली क्षेत्रमा ऊन उत्पादन गर्न सक्ने पशुहरूको पालन गरिन्छ। तर मानिसहरू अन्य किसिमका पशुपालनतिर समेत आकर्षित भएकाले ऊनको उत्पादन घट्दै गएको छ। कृषि विकास मन्त्रालयको २०११/०१२ को ऊन उत्पादन सम्बन्धी आँकडा यस्तो छ:
सन् २०११/०१२ मा लगभग ५,८७,०१७ मेट्रिक टन ऊन उत्पादन भएको थियो। यो दश वर्ष अघि भएको उत्पादनभन्दा कम हो। उनको वार्षिक उत्पादन नकारात्मक रूपमा बढ्दै गएको (-०.२%) रहेको छ।
Share:

सुर्ती खेति गर्ने तरिका

सुर्ति खाद्य पदार्थ होइन तैपनि ठुलो मात्रामा यसको खेती गरिन्छ। यसमा निकोटिन हुन्छ। सुर्तिको बोट पिरामिडका आकारको हुन्छ अर्थात् सबैभन्दा फेदका पात ठूला र टुप्पातिरका पात क्रमश: साना हुन्छन्। सुर्तिको फूल सेतो वा बैजनी रङको हुन्छ।

हावापानी
सुर्तिको बिउ उम्रिनका लागि ७५ देखि ८० डिग्री तापक्रमको आवश्यकता हुन्छ।

बिउ छर्ने

सुर्तिको बिज अत्यन्तै सानो अर्थात् सियाको टुप्पाले छेडे जत्रै मात्र हुने हुँदा बिउ छर्दा बाक्लो नहोस् भनेर निकै सावधानी अपनाउनु पर्दछ। तुसारो पर्न थाल्नु भन्दा ४ देखि ६ हप्ता अगाडि नै छहारी बनाएर बिउ छर्नु पर्दछ। सर्वप्रथम सुर्तिको बिजनलाई प्रशोधन गरेर कीटाणुरहित बनाउनु पर्दछ। त्यसपछि मिश्रण गरेर अलिअलि भिजाउनु पर्दछ। उम्रिनका लागि सूर्यको प्रकाश चाहिने हुँदा माटाले पुर्नु हुँदैन । पुरियो भने उम्रन धेरैबेर लाग्छ। धैरै पुरिएका अवस्थामा त बिउ उम्रँदा पनि उम्रँदैन। अलिअलि पानीचाहिँ दिनै पर्ने हुन्छ। अन्तमा कुन जातको सुर्तिको बिउ हो सोही आधारमा ७ देखि १४ दिनमा उम्रन थाल्छ । माटोको चिस्यान कायमै रहनु पर्दछ; पूरै सुख्खा हुनु हुँदैन। पानी हाल्दा ससाना बिरुवा नउखेलिऊन् भनेर सतर्कता अपनाउनु पर्दछ । पात नभिज्ने गरी बिरुवाका फेदमा मात्र पानी हाल्नु सबैभन्दा उत्तम उपाय हो।
यसपछि सुर्तिका बिरुवाहरूलाई अलि ठूला भाँडा आदिमा अर्का ठाउँमा सार्नुपर्छ ताकि ती बिरुवाले राम्ररी जरा हाल्न सकून्। साधारणत: उम्रन थालेको ३ हप्तामा बिरुवाहरू अन्यत्र सार्न लायकका हुन्छन्। माटामा सानो प्वाल बनाएर बिरुवाको जरा त्यसमा गाड्ने र फेरि त्यो प्वाल छोपिदिने गरेर सहजै बिरुवा सार्न सकिन्छ। यसरी एक पटक सारिसकेपछि पानी हाल्ने र आवश्यक पोषक घोल हाल्ने गर्नाले बिरुवाहरू द्रूतगतिमा बढ्दछन्। भाँडामा सारिएका अवस्थाबाट अर्का ठाउँमा सार्ने बेला नहोइन्जेल बिरुवाहरूलाई पर्याप्त पोषक तत्त्व दिनु पर्दछ। ३ देखि ४ हप्तामा अर्का ठाउँमा सार्न सकिन्छ। यदि बिरुवाहरू पहेंला हुन थाले वा राम्ररी बढ्न सकेनन् भने फेरि मल हाल्नु पर्ने हुन सक्छ तर थोरै थोरै गरेर मल हाल्नु पर्छ किनभने मलको मात्रा बढी हुँदा पनि बिरुवाका जरा डढ्न सक्ने वा बिरुवा सुइरे हुन सक्ने सम्भावना हुन्छ।
एक ठाउँबाट अर्का ठाउँमा सारिएका अवस्थामा बिरुवालाई एक प्रकारको असर पर्दछ। यस्तो अवस्थामा ठुला पातमध्ये केही वा सबैजसो पहेँलिने र ओइलाउने हुँदा बिरुवा मर्न लागेको हो कि जस्तो देखिन सक्छ तर यसरी बिरुवा मर्दैन। बिरुवाको मुख्य डाँठ र नयाँ पालुवा बाँच्नका लागि प्रयत्नशील हुन्छन् । कन्टेनरमा उमारिएका बिरुवाहरूलाई सार्दा चाहिँ केही पनि असर नपर्ने हुँदा बिरुवाहरू तत्कालै बढ्न थाल्छन्। सुर्तिका बिरुवा हरित गृहमा वा छहारी बनाएर उमारिएको हो भने तिनीहरूलाई बाहिर सार्नुभन्दा अघि मजबुत बनाउनु पर्दछ। तर बिरुवा सार्हैि साना छैनन् र मौसम पनि अनुकूल छ भने त्यस्तो केही गरिरहनु पर्दैन। बिरुवाहरूलाई बाहिरी हावापानीमा समायोजित हुन केही समय लाग्छ। बिरुवाहरू दर्हि नका लागि एक हप्ता वा बढीमा दुई हप्ता लाग्न सक्छ।


सुर्तिको रोपाइ

सुर्ति रोप्नका लागि मलिलो माटो चाहिन्छ। एउटै जग्गामा पटक पटक सुर्ति लगाउँदा जमिनको पोषक तत्वले धान्दैन त्यसैले यस वर्ष जुन खेतमा सुर्ति रोपिएको छ अर्को वर्ष त्यसैमा नरोपेर अर्कातिर रोप्नु र फेरि अर्को वर्ष पहिलेकै खेतमा रोप्नु बुद्धिमानी हुन्छ। सुर्तिलाई पनि नाइट्रोजन र पोटासको बढी नै आवश्यकता पर्दछ । तर राम्रो कम्पोस्टबाट यी दुवै तत्त्व प्राप्त गर्न सकिन्छ । यदि तपाईंसँग कम्पोस्ट मल छैन वा प्रयोग गर्नुभएको छैन भने राम्रो घुर्याीन मल प्रयोग गर्न सकिन्छ।
२ देखि ३ फिटको अन्तरमा बिरुवाहरू रोप्नुपर्छ भने ड्याङको अन्तराल ३.५ देखि ४ फिट हुनुपर्छ। बिरुवा सारेपछि तुरुन्त पानी पटाउनु पर्छ र पानी परेन वा खडेरी लाग्ने सम्भावना छ भने बिरुवाले जरा नगाडुन्जेल केही दिनसम्म बेलुका बेलुका पानी हाल्नुपर्दछ।
सुर्तिको बोटले छिटै जरा हाल्छ। जरामा हजारौं ससाना कपालजस्ता झुस हुन्छन् ती जमिनको सतहतिर आउँछन्। रोप्दै गर्दा ती जराहरूमा असर नपुगोस् भनेर विशेष ध्यान पुर्याझउनु पर्ने हुन्छ।
सुर्तिबारीमा कुनै किसिमका झारपात रहन दिनु हुँदैन। गोड्ने क्रममा बिरुवाका फेदमा उकेरा दिन सकियो भने बिरुवाहरू दर्हिँ दै जान्छन्। सुर्तिका पातको संरचनाले पनि आकासबाट परेको पानी वा शीतका थोपा सङ्कलित गरेर जरातिर पानी पठाउने कुरा भिजेको जमिन हेरेर थाहा पाउन सकिन्छ।


कीरा

सुर्तिलाई असर पार्ने थुप्रै किसिमका कीरा र रोगहरू हुन्छन्। सिँगे किरो र एफिड भनिने बिरुवाको रस चुस्ने कीरो सुर्तिमा लाग्ने प्रमुख कीरा हुन्।


बाली उठाउने

सुर्ति बाली उठाउने विभिन्न तरिकाहरू छन्। पहिले पहिले हँसियाले फेदमा काटेर सुर्ति बाली उठाउने गरिन्थ्यो । अहिले फराकिलो क्षेत्रमा लगाइने सुर्ति बाली एउटै कृषि औजारको प्रयोग गरेर उठाउन सकिन्छ। तथापि फूल र कलिला पात टिप्ने कामचाहिँ अझै पनि हातैले गर्ने गरिन्छ।


हावामा सुकाउने

पत्ताहरूलाई मुठा मुठा पारेर सुकाउने ठाउँमा ल्याइन्छ। बिहान एक छेउमा र बेलुका अर्का छेउमा सूर्यको किरण परोस् भनेर पूर्व पश्चिम पारेर सुकाउने ठाउँ बनाइएको हुन्छ । ५० दिन लाग्ने सुकाइ प्रक्रियाका क्रममा पातहरू पहिले पहेंलिन्छन् र त्यसपछि प्रजारण (oxidation) प्रक्रियाबाट अपेक्षित सुनौलो खैरो रङ लिन थाल्छन्।


पहिलो किण्वीकरण

सुर्तिका पातहरूलाई बन्डलमा प्याक गरिन्छ र किण्वीकरण गृहमा लगिन्छ। त्यहाँ लगेर तीन फिटसम्म अग्लो खात बनाइन्छ। ३५० भन्दा बढी तापक्रम भएमा थुप्राबाट पात निकालिन्छ र चिसो बनाइन्छ। पहिलो किण्वीकरणको अवधि ३० दिनको हुन्छ। यस अवधिमा पातहरूको रङ फेरिन्छ, चोप सुक्दै जान्छ र एमोनिया लगायतका अवाञ्छित तत्त्वहरूको क्षयीकरण हुन्छ।


डाँठ छुट्याउने र वर्गीकरण गर्ने

रङ कायम राख्नका लागि सुर्तिका पातहरूमा पानी हालेर चिस्याउनु पर्दछ। सँगसँगै मुख्य डाँठहरू छुट्याउनु पर्दछ। त्यसपछि पातहरूलाई उद्देश्य, रङ, आकार र गुणस्तरमाका आधारमा वर्गीकृत गर्नु पर्दछ। विभिन्न ५० वटा जति समूहमा हुने अन्तिम वर्गीकरणचाहिँ पछि गएर फ्याक्ट्रीमा गरिन्छ।


दोस्रो कीण्वीकरण

सुर्तिका पातहरूलाई दोस्रो पटक पुन: मुठामुठा पारेर एक मिटर अग्लो थुप्रोमा राखिन्छ। यसो गर्दा पातहरूमा रासायनिक परिवर्तन हुन्छ र स्वाद तथा सुगन्धमा सकारात्मक प्रभाव पर्नुका साथै अन्य अवाञ्छित तत्त्वहरू हराउँदै जान्छन्। दोस्रो किण्वीकरण पहिलो भन्दा बलियो हुन्छ र ६० दिन सम्म कायम रहन्छ। बाहिरी पातहरू सबैभन्दा छिटो कीण्वीकृत हुन्छन्।


भण्डारण


भेन्टिलेसन खापामा केही दिन राखिएपछि सुर्तिलाई 'टेर्किअस' भनिने गठरीमा खाँदिन्छ । यसो गर्दा ताडका बोक्रामा वा केराका पातमा बेरिन्छ। यी गठरीहरूलाई स्थानीय सङ्कलन केन्द्रमा पुर्याछइन्छ । दर्तावाल फ्याक्टरीमा नपुर्याकइन्जेल ती सरकारी स्वामित्वमा रहन्छन्। बन्डलभित्र रहेका अवस्थामा पनि सुर्तिको स्वाद र बासनामा वृद्धि हुँदै गइरहेको हुन्छ।

Share:

अढुवा खेति गर्ने तरिका

मसलाका रुपमा प्रयोग हुने अदुवा महत्त्वपूर्ण नगदे बाली हो। आयुर्वेदिक औषधीहरू बनाउनमा यसले ठुलो भूमिका खेल्दछ।

हावापानी र माटो
उष्ण, उपोष्ण र चिस्यानयुक्त हावापानी भएका ठाउँमा अदुवा खेती गरिन्छ। सन्तुलित वर्षा हुने १५०० मिटर सम्मको उचाइमा अदुवा खेती गर्न सकिन्छ। गर्मी याममा अदुवा खन्नु भन्दा अघि २८० देखि ३०० सेल्सियस सम्मको तापक्रम सबैभन्दा बढी उपयुक्त हुन्छ। बढ्ने समयभरि नै अदुवालाई पर्याप्त चिस्यानको आवश्यकता हुन्छ। कालो, हल्का तथा खुकुलो माटो तथा पानीको निकासका लागि ३० से.मि. गहिराइको कुलेंसो बनाइएको ठाउँ अदुवा खेतीका लागि सबैभन्दा राम्रो हुन्छ। सामान्य अम्लता भएका माटामा अदुवाको गानो राम्ररी फस्टाउँछ।

माटाको तयारी

माटो तथा हावापानीको स्थितिअनुसार जमिनको तयारी गरिन्छ। सामान्यतया १ मिटर चौडाइ, १५ से.मि. उचाइ र ६-७ मिटर लमाइका ड्याङका बिचमा ३० से.मि. को कुलेसो बनाउनु राम्रो हुन्छ।

विस्तार

अदुवाको गानो काटेर टुक्रा बनाई रोप्नका लागि तयार गरिन्छ। रोप्ने वस्तुको आकार र उत्पादनका बिच प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ। रोप्नका लागि ३-५ से.मि. लम्बाइ र १५-२० ग्राम तौल टुक्रा बनाइन्छ । प्रत्येक टुक्रामा कम्तीमा एउटा टुसो हुनुपर्छ।
अदुवाका टुक्राहरूलाई जमिनमा रोप्नुभन्दा पहिले कार्बेन्डाजिम र माङ्कोजेब जस्ता ढुसी नाशक विषादीको ३० ग्राम पाउडरलाई १५ लिटर पानीमा घोलेर प्रशोधन गर्नुपर्छ। यसो गर्दा बिउ कुहिँदैन र छिटो उम्रिन्छ पनि।


रोपाइ

मनसुनको प्रारम्भसँगै अदुवा रोप्ने गरिन्छ। प्रति हेक्टर १५ देखि २० क्विन्टलसम्म बिउ रोप्नु राम्रो मानिन्छ। एउटा ड्याङ र अर्को ड्याङका बिचको दुरी २५ देखि ४५ से.मि. र एउटा बिरुवाबाट अर्को बिरुवाका बिचको दुरी १५ देखि २० से.मि. हुनुपर्छ।


गोबर मल तथा रासायनिक मल

रोप्ने बेलामा प्रति हेक्टर २५ देखि ३० टन गोबर मल वा कम्पोस्ट मलको हाल्नुपर्छ। त्यसैगरी रासायनिक मल पनि जैविक मलको प्रयोगको अनुपातमा १००-१२० केजी नाइट्रोजन, ७५-८० केजी फोस्फोरस र १००-१२० केजी पोटास प्रति हेक्टरका दरले प्रयोग गर्नु पर्छ। सल्फरको कमी हटाउनका लागि माटाको तयारी गर्दै गर्दा २०-२५ केजी इलिमेन्टल सल्फरको प्रयोग गर्नु राम्रो हुन्छ। नाइट्रोजनको आधा मात्रा र फोस्फोरस तथा पोटासको पूरै मात्रा आधारका रूपमा हाल्नु पर्छ। बाँकी रहेको नाइट्रोजनलाई रोपेको ४५ देखि ९० दिनभित्र दुईपटक गरेर हाल्नुपर्छ।


झ्यास/परालले छोप्ने

झ्यास वा परालले छोप्दा छिटो टुसा हाल्नुका साथै जैविक तत्त्व चाँडै भित्र पस्ने हुन्छ। पहिलो छोपाइ रोप्नेबित्तिकै छिट्टै कुहिने हरिया पातहरूको प्रयोग गरेर गर्नुपर्छ।


सिँचाइ

अप्रैल वा मई महिनातिर उम्रिएको अदुवालाई माटाको प्रकारका आधारमा सात सात दिनको अन्तरालमा प्रारम्भिक सिँचाइ गर्नु पर्छ । यसपछि मनसुनी वर्षा सुरु हुने भएकाले सेप्टेम्बरसम्म सिँचाइ गर्नु पर्दैन। अक्टोबर महिनाको आधाआधीदेखि १५ डिसेम्बरसम्म १५%५ दिनको अन्तर पारेर फेरि सिँचाइ गर्नु पर्दछ। अदुवा खेतीमा पाना लाग्ने र बढ्ने समयमा सिँचाइ महत्त्वपूर्ण मानिन्छ ।


गोडमेल

अदुवा बालीलाई दुईपटक गोड्नु पर्छ। पहिलो गोडमेल दोस्रो पटक छोप्नुभन्दा ठिक अघि गर्नु पर्छ। ४५ देखि ६० दिन पछि दोहोरो गोडमेल गर्नु पर्छ। गोड्ने क्रममा अदुवाका पानालाई हानी नपुगोस् र माटाबाट बाहिर ननिस्कियोस् भन्नेमा विचार पुर्याेउनु पर्दछ।


बिरुवाको संरक्षण

१५ लिटर पानीमा १० मिलिलिटर इन्डोक्साकार्ब मिसाएर वा १५ लिटर पानीमा १० मिलिलिटर नोवालुरोन मिसाएर १५ दिनको अन्तरालमा छिट्नु निकै प्रभावकारी हुन्छ। यसले टुसामा लाग्ने कीरा र पात बेरुवा कीरालाई नियन्त्रण गर्न सहयोग गर्दछ। बिउ गानालाई एक लिटर पानीमा १ मिलिलिटर क्निनाल्फोस घोलेर डुबाई अदुवाको फलका बोक्रामा लाग्ने कीराहरूलाई नियन्त्रण गर्न सकिन्छ। २ ग्राम स्ट्रेप्टोसाइक्लिनलाई एक लिटर पानीमा ३० मिनेट सम्म घोलेर जीवाणुका कारण ओइलाएको अदुवाको बिउलाई उपचार गर्न सकिन्छ।


अदुवाको खनाइ (बाली उठाउने)

सामान्यतया अदुवा रोपेको पाँच महिना पुगेपछि खन्ने काम गरिन्छ। पूर्ण रूपमा विकसित हुनुभन्दा अघि नै अदुवा खन्ने गरिन्छ। यसबेला अदुवाका पाना कोमल हुन्छन् र पीरोपना र रेसा तत्त्व कायमै रहन्छ। सुरक्षित अदुवाचाहिँ ५ देखि ७ महिना पछि खन्ने गरिन्छ । सुख्खा मसला तथा तेलका लागि चाहिँ ८ देखि ९ महिना पुगेर पानाहरू पूर्ण रूपमा विकसित भएर पात पहेंला भएपछि अदुवा खनिन्छ।
बिउका रूपमा प्रयोग गरिने अदुवाचाहिँ पातहरू पहेंलिएर मजाले सुकेपछि मात्र खनिन्छ। पाना खनिसकेपछि एक लिटर पानीमा ३-४ ग्राम मान्कोजेबाट भनिने ढुसीनासक विषादी घोलेर उपचार गर्नुपर्छ र छायामा सुकाउनुपर्छ अनि बालुवाको २० से.मि.को तह बनाएर सुरक्षित रूपले खाडलमा गाड्नुपर्छ। अदुवालाई वर्षा, जमिनको पानी वा घामबाट जोगाउनका लागि छहारी बनाएर खाडल खन्नुपर्छ। यसरी प्रति हेक्टर १२ देखि १५ टन उत्पादन हुन्छ। तैपनि सुख्खा अदुवामा २०-२२% सम्मको अन्तर हुन्छ।


धुलाइ र सुकाइ

अदुवाका पानामा टाँसिएका जराहरूलाई काट्नुपर्छ। धोएर माटो सफा गर्नुपर्छ। रातभरि पानीमा डुबाएर अदुवालाई सफा गर्नुपर्छ। खुर्केर बोक्रा हटाउनुपर्छ। खुर्किसकेपछि अदुवाका पानालाई एक हप्तासम्म घाममा सुकाउनुपर्छ। यस क्रममा पटकपटक चलाउँदै बोक्रा हटाउनका लागि हातले सफा गरिरहनुपर्छ। यसरी तयार गरिएको अदुवालाई रङ नउडाइएको अदुवा भनिन्छ। अदुवाका पानालाई २% चुन घोलिएको पानीमा ६ घन्टासम्म डुबाउनुपर्छ भने आर्द्रताको मात्रा ८ देखि १०% रहनुपर्छ। यसरी तयार गरिएको अदुवालाई रङ उडाइएको अदुवा भनिन्छ जुन हेर्दा हल्का चम्किलो देखिन्छ।

Share:
Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel