मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Sunday, August 30, 2020

व्यावसायीक मेवा खेती

 

व्यावसायीक मेवा खेती



माटो

व्यवसायीक मेवा खेतीको लागि पानी नजम्ने, प्रशस्त प्रांगारिक पदार्थ भएको, बलौटे दोमट माटो उपयुक्त मानिन्छ । मेवाका जराहरु जमिनबाट धेरै गहिराईमा जान नसक्ने हुँदा माटो मलिलो हुनु आवश्यक छ । उचित पानीको निकास भएको तथा हावा खेल्ने माटो यसको खेतीको लागि राम्रो मानिन्छ । पि.एच ६ – ६.५ मेवा खेतीको लागि सुहाउँदो हुन्छ

हावापानी

मेवा उष्ण तथा उपोष्ण प्रदेशीय फल भएको हुँदा यसलाई तराई तथा मध्य पहाडमा सजिलै उत्पादन गर्न सकिन्छ । तातो तथा ओषिलो हावापानी मेवा खेतीका लागि उपयुक्त मानिने हुँदा समुद्री सतह देखि करिब १००० मि. उचाई सम्म यसको सफल व्यवसायीक खेती गर्न सकिन्छ । मेवाको राम्रो वृद्धि विकासका लागि करिब २१ डी सेल्सियस देखि ३३ डी. सेल्सियस सम्मको तापक्रम उपयुुक्त मानिन्छ । १० डी. सेस्ल्सियास वा सो भन्दा कम तापक्रम मेवा खेतीको लागि हानिकारक हुन्छ । मेवाखेतीका लागि करिब ३५ से.मी देखि २०० मि. सम्म औषत बार्षिक वर्षा उपयुक्त हुन्छ । मेवाको लागि पानी आवश्यक छ तर पानी जमेको भने पटक्कै हुनुहुदैँन । थोपा सिंचाई मेवाका लागि निकै राम्रो मानिन्छ ।

मेवाका जातहरु: कोयटुम्बर – १, कोयटुम्बर – २, रेड लेडी, वासिंगटन, पुसा म्याजेस्टि

लिङ्गको छनोट

लिङ्गको छनोट मेवा खेतीको लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । सफल व्यावसायिक खेतीको लागि भाले, पोथी तथा उभयलिङ्गी मेवाको छनोट हुनु अत्यावश्यक छ । सामन्यतया भाले मेवाको फल लाग्दैन फुल्ने मात्र गर्दछ । यसकारण व्यवसायीक मेवा खेती गर्दा धेरै भाले मेवा राख्नु उपयुक्त मानिदैन । जब मेवा फुल्न थाल्छ तब मात्र भाले, पोथी तथा उभयलिङ्गी मेवा चिन्न सकिन्छ । भाले मेवाका फूलहरु झुन्डिएका तथा समूहमा आउने गर्दछन भने पोथी मेवाका फूलहरु छुट्टाछुट्टै आउदछन । भाले तथा उभयलिङ्गी मेवामा पुष्पदलहरु तल तिर जोडिएका हुन्छन् भने पोथी मेवामा स्वतन्त्र हुन्छन् । भाले मेवाका कोपिलाहरु निकै साघुरा तथा चम्चा आकारका हुन्छन् । यस्तै पोथी मेवाका कोपिला केही ठूला र सोलि आकारका हुन्छन् भने उभयलिङ्गी मेवामा बेलनाकार हुन्छन् ।

प्रसारण

मेवाको प्रसारण बीउ बाट हुन्छ । यसको बिरुवालाई नर्सरी बेडमा उत्पादन गर्न सकिन्छ । सामान्यतया एक हेक्टरमा बिरुवा लगाउन करिब ४५० देखि ५५० ग्राम बीउ चाहिन्छ ।

बेर्नाको तयारी

व्यावसायीक मेवा खेतीका लागि बेर्नाको तयारी अनिवार्य हुन्छ । बेर्ना तयार गर्न बेड बनाउदा चौडाई एक मि. , उचाई १५ से.मि. तथा लम्बाई आवश्यकता अनुसार तयार गरेर पाकेको गोबरमल माटोमा मिलाई सम्म बनाई १० से.मि.को फरक पारेर करिब एक से.मि. को गहिराईमा बिउ रोप्नु पर्दछ । बीउ रोपीसके पछि माथीबाट हल्का माटोले पुरी परालले छोपेर हजारीबाट हल्का पानी दिनुपर्दछ । बीउ रोपेको करिब १५-२० दिनभित्र बेर्ना उम्रन थालेपछि पराल हटाई दैनिक सिंचाई दिनुपर्दछ ।

बेर्ना रोपण

यसरी तयार भएको बेर्ना एक महिना पछि बल्ल रोप्न लायक हुन्छ । बेर्ना रोप्दा १५ से.मि. लम्बाई, १५ से.मि. चौडाई र २० से.मि.को खाडल बनाई, पाकेको गोबरमल राखी एक बोट देखि अर्को बोटको दुरि डेढ देखि दुई मिटरको फरकमा रोप्नु पर्दछ । बेर्ना रोपिसके पछि हल्का सिचाई दिनु पर्दछ । जब मेवा फुल्न थाल्छ उक्त समयमा भाले तथा पोथी मेवा पहिचान गरि १० बोट पोथी मेवामा एक बोट भाले मेवा राखी अरु भाले मेवा फालिदिनुपर्दछ ।

रोग तथा व्यवस्थापन

कोत्रे रोग, पात बटारिने रोग, पात डढुवा रोग तथा अन्य विभिन्न भाईरल तथा ढुसिजन्य रोगहरु मेवामा अत्याधिक लाग्ने केही रोगहरु हुन् ।कोत्रे रोगको ब्यवस्थापन तातो पानीबाट तथा ढुसीनासक बिषादिको प्रयोगबाट गर्न सकिन्छ । पात बटारिने रोगको ब्यवस्थापनका लागि मोनोक्टोफर्स (०.०५%) बिषादिको प्रयोग उपयुक्त हुन्छ भने पात डढुवा रोगको ब्यवस्थापन वेभिष्टिन बिषादिको प्रयोग द्वारा गर्न सकिन्छ ।

निकै गुणकारी फल मेवाको नेपाली बजारमा दिन प्रती दिन बढ्दो माग छ तर माग अनुसार व्यवसायिक खेती हुन नसक्दा बढ्दो बजारमागलाई अहिलेको उत्पादनले धान्न सक्ने अवस्था छैन । नेपालमा व्यवसायीक मेवा खेतीको प्रचुर सम्भावना छ तर लगानी निकै कम छ फलतः मेवा खेती फस्टाउन सकेको छैन । यसकारण मेवामा लगानी बढाई आत्मनिर्भर हुनु आजको आवश्यकता हो ।

Share:

ड्राडन फ्रुट्स फलको व्यावसायिक खेती

 

ड्राडन फ्रुट्स  फलको व्यावसायिक खेती फैलिदै

कृषि पोष्ट संवाददाता


पूर्वमन्त्री लोकेन्द्र विष्टको दैनिकी फेरिएको छ । जेलनेल सहँदै माओवादी आन्दोलन लागेर मन्त्रीसम्म बनेका विष्ट केही वर्षयता लगभग भूमिगत जस्तै बनेर कृषि कर्ममा जुटिरहेका छन् ।

माओवादीको उद्गमस्थल रुकुम पश्चिम मुरु गाउँमा जन्मेका विष्टलाई नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीमा नबोलाएका पनि होइनन्, तर उनी राजनीतिको खेती छाडेर कालो धान अनि ड्रागन फ्रूटको खेतीतर्फ सोझिए ।

माओवादीका पूर्वकेन्द्रीय नेता एवं जनमुक्ति सेनाका कमिसार विष्ट अहिले युद्धस्तरमै काम गर्छन्, तर राजनीतिमा होइन, कृषि फार्ममा । युद्धकालमा कम्मरमा पेस्तोल हुन्थ्यो, अचेल हातमा सानो कैंची देख्न पाइन्छ ।

दाङको बिजौरीस्थित घोराही–तुलसीपुर सडकको किनारामा गत वर्षदेखि ३ बिघा ५ कठ्टा जमीन १५ वर्षका लागि भाडामा लिएर विष्टले विगत एक वर्षदेखि ड्रागनफ्रुटको खेती थालेका छन् । ड्रागन फ्रूटको खेती नेपालमा नयाँ भएको विष्ट बताउँछन् ।

माओवादी पार्टी परित्याग गरेपछि शुरुमा विष्टले कालो धानको खेती गरेका थिए । दाङ र काभ्रेमा कालो धानको खेतीपछि उनी अहिले ड्रागन फ्रूटतर्फ लागेका हुन् । दाङमा उनको फार्म विस्तारै हेर्न लायक हुँदैछ ।

ड्रागन खेतीतर्फ लागेपछि समयाभावले कालो धानको खेती गर्न छाडेको विष्ट बताउँछन् । तर, अर्को वर्षदेखि त्यसलाई पनि निरन्तरता दिने उनको योजना छ । विष्टका अनुसार कालो धानको चामल प्रतिकिलो १५ सय रुपैयाँसम्म बिक्री गर्न सकिन्छ ।

ड्रागन फ्रूटको कथा

ड्रागन फ्रूटबारे पूर्वमन्त्री विष्टले १५/१६ वर्षअघि जानकारी पाएका थिए । उनका अनुसार नेपालमा पहिलोपटक ड्रागन फ्रूट भित्र्याउने पहिलो व्यक्ति डा. जेएन (जगन्नाथ) राई हुन् । खोटाङबासी राईले सन् २००२ मा भियतनामबाट ड्रागन फ्रूट भित्र्याएको विष्ट को दाबी छ । यसको स्वादचाहिँ पहिलोचोटि चीनमा चाखेको विष्ट बताउँछन् ।

कृषि फार्ममा भेटिएका पूर्वमन्त्री विष्टले सन्तोषको सास फेर्दै भने, ‘मलाई खेतीमा आनन्द आएको छ, कृषिकर्ममै रमेको छु । अझ, नौलो काम गरेको महसुस भएको छ ।’

ड्रागन फ्रूटलाई उष्णप्रदेशीय फल भनिन्छ । सिउँडी प्रजातिको भएकाले सिउँडी हुने ठाउँमा यसको खेती गर्न सकिन्छ । नेपालको तराई र भित्री मधेसमा पानी लाग्ने तर नजम्ने स्थानमा यसको राम्रो सम्भावना रहेको विष्टको फार्मले पुष्टि गर्दैछ । यसको मूल खेती दक्षिण अमेरिकाको मेक्सिकोमा हुने गर्छ । तर, नेपालमा भने भियतनामबाट भित्रिएको उनी बताउँछन् ।

विष्टका अनुसार ड्रागन फ्रूट केही सीमित देशहरुमा मात्र उत्पादन भइरहेको छ । बोटबाटै ६/७ सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री गर्न सकिने यो फल बहुउपयोगी भएकाले यसबाट नेपाली किसानको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने उनको दाबी छ ।

ड्रागन फ्रूट रसिलो, गुलियो र स्वादिलो फल हो । स्वास्थ्यका लागि अत्यन्तै उपयोगी एन्टीअक्सिडेन्टयुक्त फल हो यो । यसको खेती गर्न चाहनेका लागि बिरुवा उत्पादन गर्ने सोचमा छन् विष्ट ।

ड्रागन फ्रूटलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । यो रातिमा फूल्ने गर्छ र दिनमा ओइलाउँछ । फूलेको झन्डै एक महिनामा खानका लागि फल तयार हुन्छ । यो फल टिपेको पन्ध्र दिनसम्म बिग्रँदैन ।

त्यसो त दाङमा यसअघि पनि खेती भइसकेको छ । ०७२ सालमा विष्टले कालो धानको खेती गर्दा २४ वटा ड्रागन फ्रूटका बिरुवा स्थानीय वीरबहादुर बुढालाई दिएका थिए । त्यसमा लागेको फल गत वर्ष उनले एक लाखजतिको बेचिसकेका छन् ।

८० लाख ऋण, तीनजना साझेदार

विष्टको फार्ममा अहिलेसम्म तीन चरणमा बिरुवा रोपिएको छ । अब करिब सात हजार तीन सय बिरुवा पुग्ने विष्टले बताए । यो फार्म विष्टसहित तीनजना मिलेर शुरु गरेका हुन् । अहिलेसम्म धेरै कारोबार ऋणमै चलेको छ । अहिलेसम्म करिब ८० लाख रुपैयाँ विभिन्न व्यक्तिबाट ऋण लिएर काम चलाइएको छ । अब बैंकबाट ऋण लिने प्रक्रिया अघि बढेको उनी बताउँछन् ।

यसको खेतिका लागि पानी अलि बढी आवश्यक पर्ने हुँदा पानीको समस्या छ । अहिलेसम्म दुईवटा इनार खनेर प्रत्येक बिरुवामा थोपा सिँचाइ पुर्याउने प्रयास भइरहेको छ ।

योसँगै एभोकाडोको खेती गर्ने सोचले विरुवा उत्पादन गरिएको विष्टले बताए । उपयुक्त जग्गा भेटिए यसको पनि ठूलै परिमाणमा खेती गर्ने उनको सोचाइ छ । एभोकाडोले तीनदेखि ६ वर्षमा फल दिन सुरु गर्छ र यसमा ड्रागन फ्रूटलाई जस्तो स्याहारको पनि खाँचो नपर्ने उनी बताउँछन् ।

ड्रागन फ्रूटका लागि प्रत्येक बिरुवालाई सिमेन्टका पिलर दिइएको छ भने पोलमाथि टायर राखिएको छ । त्यसो नगर्दा फलले बिरुवा नै भाँच्ने खतरा रहन्छ ।

राजनीतिमा चुनौतिभित्रै सम्भावना खोज्ने विष्टले यतिबेला खेतीमा पनि यही सूत्र लगाउन खोजेका छन् । विष्टका अनुसार केही समयअघि नयाँ लगाएको बिरुवाले भर्खरै मुना फालेर रहरलाग्दो देखिएको बेलामा असिनाले चुटेपछि बिरुवालाई गोली हानेजस्तो पूरै प्वाल पारिदियो । अब विरुवा खत्तमै हुने भए भनेर बिष्ट चिन्तित बने । तर, असिना अमृत बनिदियो । तिनै प्वालबाट नयाँ मुना पलाए । उनलाई एउटा नयाँ परीक्षण सफल भएको महसुस भयो– असिनाले क्षति पुर्याए पनि केही नहुँदो रहेछ ।

आगामी वर्षको जेठ अन्तिमदेखि असोजको पहिलो हप्तासम्ममा झन्डै एक हजार बोटले फल दिन शुरु गर्ने विष्टको अपेक्षा छ । ४ देखि ५ हजार किलो फल आगामी वर्ष फल्ने उनको अनुमान छ । राम्रोसँग स्याहार सुसार गर्यो भने एउटा बोटको आयु २० देखि २५ वर्ष हुने गर्छ ।

विष्टले ड्रागन फ्रूटको बीचबीचमा अन्य खेती पनि शुरु गरेका छन् । कुरिलो, सर्पगन्धा, भटमास, बोडी र काउलीको खेती पनि सँगसँगै अघि बढाइएको छ । विविध कृषि फार्म प्रालिका नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा फार्म दर्ता गरेर उनी व्यवसायमा लागेका हुन् ।

बजारको समस्या

अहिले विष्टको कृषि फार्म हेर्न आउनेहरुको भीड लाग्न थालेको छ । कृषि फार्म मात्रै नभएर यो एउटा कृषि पर्यटनजस्तो बन्न थालेको छ । कतिपयले सिउँडी किन लगाउनुभएको भनेर प्रश्न गर्छन् । विष्ट भन्छन्, ‘यो सिउँडी प्रजाति भए पनि सिउँडी होइन, यो विश्वकै राम्रो फल हो भनेर बुझाउँछु ।’

फार्म हेरिसकेपछि धेरैले खेती गर्ने रुचि देखाए पनि बजार कस्तो होला भनेर आशंका गर्ने गरिएको सुनाउँदै विष्ट भन्छन्, ‘अब मैले नै बजारको समस्या हुँदैन भनेर ब्यवहारबाटै देखाउनुपर्ने चुनौति छ ।’

हरेक वस्तुको उत्पादन भएपछि बजार हुने उल्लेख गर्दै विष्ट यसले पनि नेपालमा बजार पाउने विश्वास व्यक्त गर्छन् । नेपालमा फलफूल खाने बानीको बिकास हुँदै गएको र दक्षिणपूर्वी एशियामा यसको खेती गर्ने लहर नै चलेकाको पूर्वमन्त्री विष्टको भनाइ छ । चीन र भारतमा यसको ठूलो बजार रहेको उनले दाबी गरे ।

अहिले इन्टरनेटको बिकासले गर्दा सूचनाका लागि सजिलो भएकाले नौलो खेती गर्न खासै गाह्रो नभएको उनको अनुभव छ । पूर्वमाओवादी नेता विष्ट राज्यको कृषि नीतिप्रति असन्तुष्टि प्रकट गर्दै भन्छन्, ‘दुःखको कुरा, राज्यले बजारको ब्यवस्था गर्न सकेको छैन । यसतर्फ राज्यको ध्यान नै छैनभन्दा पनि हुन्छ । उनीहरुले सुनेका त होलान्, तर चासो छैन ।’

विष्टले थपे, ‘राज्यले ऋणको व्यवस्था गरिदिने हो भने कृषकलाई सजिलो हुने थियो । अनुदान त झन टाढाकै कुरा भयो । अनुदान खानेले काम गर्दैनन्, काम गर्नेले अनुदान पाउँदैनन् ।’

राजनीति आजीवन गर्ने पेशा होइन

राजनीतिलाई हेर्ने सवालमा आफ्नो कृषिकर्मलाई एउटा क्रमभंगता मान्छन् विष्ट । ‘राजनीति स्थायीरुपमा गर्ने व्यवसाय होइन, यो एउटा कालखण्डसम्म गर्ने सेवा हो,’ पूर्वमन्त्री विष्ट भन्छन् ‘राजनीति समाज सेवा हो, जुन निःस्वार्थ र नि:शुल्क गरिन्छ, तर, राजनीतिमा लागेकाहरु पनि जनतासँगै आएर काम गर्न सक्छन् भन्ने सन्देश दिन पनि म कृषिकर्ममा जुटेको हुँ ।’

विष्टका कुरा सुन्दा उनीभित्र राजनीतिक चेत यथावत छ । उनी वर्तमान देशको अवस्थाबारे विश्लेषण गर्दै भन्छन्, ‘एकातिर देश राजनीति गर्नेहरुले बिगारे भन्ने जनतामा वितृष्णा छ भने अर्कोतिर बेरोजगारी ब्याप्त छ, लाखौं युवा विदेशमा छन्, हामी राजनीति गरेकाहरु पनि जनताभन्दा अलग छैनौं, तपाईहरु पनि देशभित्रै बसेर केही गर्नुस् र यो सम्भव छ भनेर देखाउने मेरो सपना हो ।’

दृढ ईच्छाशक्तिका साथ लागियो भने थोरै पुँजीबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने संदेश दिने ध्याउन्नमा देखिन्छन् विष्ट । राज्य राजनीतिमा मात्रै अल्झेको र जनता पनि सजिलै धेरै धन कमाउने सपनामा मात्रै लाग्दा देश अगाडि बढ्न नसकेको उनको निष्कर्ष छ ।

‘अब राज्य र राजनीति गर्ने हर व्यक्तिले उत्पादनविना अघि बढ्न सकिँदो रहेनछ भन्ने जानून्’ विष्टले सुझाए, ‘राजनीति भनेको समाजसेवा हो, सधैं सकृय राजनीतिमा झुण्डेर मात्रै समाजसेवा हुँदैन । एउटा निश्चित कालखण्डसम्म समाजसेवा हुन्छ, जीवन नै राजनीतिमै बिताउन थाल्ने हो भने यो पेशा हुन्छ । राजनीति गर्नेहरु फेरि फर्कने जनतामै हो, उनीहरु श्रम संस्कृतिमै रमाउनुपर्छ ।’

पूर्वमन्त्री विष्ट भन्छन्, ‘आधुनिक कृषितर्फ खोज अनुसन्धान गर्न पनि उत्प्रेरित गरोस् भनेर मैले यो खेती थालेको हुँ । रनभुल्लमा परेका नेपाली किसानलाई स्पष्ट दिशाबोध गर्ने मेरो उद्देश्य हो ।’

Share:

इस्कुस खेती

 

इस्कुस खेती कसरी गर्ने ? (विज्ञको विधि)

१। इस्कुसको लागि कस्तो किसिमको हावापानी चाहिन्छ?
– इस्कुस समुद्र सतहबाट ३०० मिटर देखि २००० मिटर सम्मको उचाईमा यसको उत्पादन राम्रो हुन्छ। यसको लागि सापेक्षिक आर्द्रता ८० देखि ८५ प्रतिशत राम्रो मानिन्छ।

२। इस्कुसको लागि वार्षिक वर्षा कस्तो चाहिन्छ?
– यसको लागि वार्षिक वर्षा १५०० देखि २००० मि।लि। चाहिन्छ। कूल वार्षिक वर्षा भन्दा वितरणले बालीको सफलतामा भूमिका खेलेको हुन्छ।

३। इस्कुसको खेती कति तापक्रम सम्ममा राम्रो हुन्छ?
– इस्कुसका लागि २० देखि २५ डिग्री सेन्टिग्रेडकोन्यानो तापक्रमको अवस्था निकै राम्रो मानिन्छ। यसले तुषारो र माटोमा पानी जमेको अवस्था सहन सक्दैन। बसन्तको आगमनसँगै तापक्रम बढेपछि यसका मुन्टाहरु पलाउन थाल्दछन्।

४। यसलाई कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?
– निकासको राम्रो व्यवस्था र पि।एच। मान ५।५ देखि ६।५ भएको मलिलो हल्का बलौटे देखि दुमट माटोमा यसको खेती गर्न सकिन्छ। अम्लिय माटोमा बाली राम्रो हुँदैन। माटोको पि।एच। मान ५।५ भन्दा कम भएमा प्रति रोपनी १० देखि १५ के।जी। कृषि चुन जमिनको अन्तिम तयारी गर्दानै माटोमा मिसाउनु पर्दछ।

५। नेपालमा कस्ता प्रकारका इस्कुसह? पाइन्छन्?
– नेपालमाउपलब्ध इस्कुसकाप्रकारह? मध्ये हल्का हरिया रङ्ग भएका, काँडा नभएका वा कम भएका, कुलेसा नभएका वा हल्का गहिरा भएका, रेशा नभएका वा कम भएका आदि स्थानिय जातह? पाईन्छन्।

६। इस्कुस बाली कहिले लगाइन्छ?
– इस्कुस बाली पहाडमा कार्तिक(मंसिरमा लगाएमा फाल्गुण देखि आषाढसम्म इस्कुसकाहरिया मुण्टा टिप्न सकिन्छ। त्यसपछि मंसिरसम्म फलबाली लिन सकिन्छ र पछि त?ल खन्न सकिन्छ।

७। इस्कुसरोप्ने जग्गाको तयारी कसरी गरिन्छ ?
– इस्कुस ड्याङ्ग र खाड्ल दुबै तरिकाबाट लगाउन सकिन्छ। ड्याङ्ग बनाउँदा हार देखि हारको बीचकोदुरी २, ३ वा ४ मिटरको अन्तरमा एक मिटर चौडा र जमिन अनुसार लम्बाईको ड्याङ्ग बनाईन्छ।

८। इस्कुसलाई प्रति खाड्लमा कति मलखाद राख्नु पर्ला?
– प्रत्येक १ वर्गमिटर ड्याङ्गमा १० के।जी। गोबरमल, २० ग्राम डि।ए।पी।, ३०ग्रामयूरिया र ३०ग्राम पोटास मल राम्रोसँग माटोमा मिलाएर खाड्ल पुर्नु पर्दछ।

९। इस्कुस रोप्नका लागि कति गहिरो खाड्ल खन्नु पर्ला?
– इस्कुस रोप्नु भन्दा अगाडी ४५ घन सेन्टिमिटरको खाड्ल खन्नु पर्दछ किनकी इस्कुस रोप्ने ठाउँमा ढुङ्गा, कडा चट्टान पर्न सक्तछ। यदि खाड्ल खन्दा त्यस्तो समस्या आईपरेमा खाड्ल वरपर वा तल माथि सार्न सकिन्छ।

१०। इस्कुसमा रासायनिक मल हाल्नै पर्ने हुन्छ?
– यसमा रासायनिक मल राख्नै पर्ने र नराखेमा उत्पादन नहुने अवस्था हुँदैन। रासायनिक मल नराख्दा प्राङ्गारिक मलको मात्रा भने बढाउनु पर्दछ उत्पादन सफलताका साथ लिन सकिन्छ।

११। इस्कुस बाली कति दुरीमा लगाउँदा उपयुक्त होला?
– यसको दुरीको निश्चित गर्न कुन उद्देश्यले बाली लगाइएको हो स्पष्ट हुनु ज?री हुन्छ। फलबालीको निमित्त हार(हारको बीचमा ३(५ मिटर र बोट(बोटको बीचमा १(३ मिटर फरकमा लगाउनु पर्दछ।खोंच, भित्री मद्येशमा त?ल निकाल्नको लागि १-१।५ मिटर र हरियो मुन्टा खानका लागि १ मिटर दुरीमा लगाउँदा उपयुक्त हुन्छ।

१२। इस्कुसदाना र बि?वा कसरी रोप्नु पर्दछ?
– यसको खेती टुसाएको फल वा बेर्ना रोपेर गरिन्छ। यसको फल सुताएर रोप्नु पर्दछ र फलको माथिल्लो भाग पुरै माटोले छोप्नु हुँदैन।

१३। इस्कुसलाई गोडमेलको कतिको जरुरी हुन्छ ?
– शुरु अवस्थामा झारपात नियन्त्रण गर्न र माटो खुकुलो पार्न १(२ पटक गोडमेल गरे हुन्छ। फलबालीको लागि पछिपनि झारपात हटाउने र गोडमेल गर्ने काम गर्दै गर्नु पर्दछ।

१४। इस्कुसमा थप मल र टपड्रेस गर्न जरुरी हुन्छ ?
– लहराको तीव्र विकास भएको बेला फलबालीको लागि प्रति बोट ५० ग्रामका दरलेर त?ल एवं हरियो मुन्टाको लागि प्रति बोट २५ ग्रामका दरले यूरिया मल बि?वा वरिपरि कुलेसो बनाई दिनुपर्दछ

१५। इस्कुस बालीमा सिंचाईको कति आवश्यकता पर्दछ?
– सुख्खायाममा ९(१० दिनमा सिंचाई गर्नु पर्दछ। वर्षायाममा वर्षात भइरह्यो भने सिंचाई दिई रहनु पर्दैन।

१६। इस्कुस बालीमा कस्तो किसिमले थाक्रा दिनु पर्ला?
– फल उत्पादनका निमित्त बाँसको भाटा वा मसिनो फलामे तारको १।५-२।० मिटर अग्लो टाँड बनाई ३०र३० से।मि। को फरकमा राखेर त्यसमा लहरा लगाउनु पर्दछ। त?ल वा हरियो मुन्टाका लागि बाँसको साधारण थाँक्रो वा छापो मात्र दिए हुन्छ।

१७। इस्कुसलाईकाँटछाँटको पनि आवश्यकता पर्दछ?
– तुषारो पर्ने पहाडी क्षेत्रमा मंसिर(पुषमा जमीनको सतह भन्दा १(१।५ मिटर माथिबाट झ्याङ्ग काटेर पूराना लहरा सबै हटाउनु पर्दछ। काँटछाँट पछि मल दिनु उपयुक्त हुन्छ।

१८। इस्कुसको फसल लिन कति समय कुर्नु पर्ने हुन्छ?
– इस्कुस रोपेको ३(४ महिनामा फुल्न थाल्दछ र फल लागेको ३० दिनमा टिप्न तयार हुन्छ। मध्य(पहाडमा यसको फल आषाढ देखि मंसिरसम्म टिपिन्छ भने भित्री मद्येशमा कात्तिक देखि माघसम्म टिपिन्छ।

१९। इस्कुसको बोटबाट कतिसम्म उत्पादन लिन सकिन्छ?
– इस्कुसबाट विभिन्न खालको उत्पादन लिईन्छ जस्तै, फल बाली १५(६० के।जी।, त?ल बाली ६(१४ के।जी। रहरियो मुन्टाबाली १।५(२।५ के।जी।प्रति रोपनी उत्पादन लिन सकिन्छ।

२०। के इस्कुस बालीमा पनि रोगह? लाग्दछन्?
– पात टाटेपाटे गराउने भाइरस रोगको प्रकोप बढी हुने भएकोले यसबाट बाली बचाउन इस्कुसको बहुवर्षिय खेतीको सट्टा एकवर्षिय वा दुई वर्षिय खेती तरीका अपनाउनु पर्दछ।

२१। इस्कुस बालीमा कीराह?को पनि समस्या देखिन्छ?
– इस्कुस बालीमा अन्य बालीह?मा जस्तो कीराह?ले त्यत्ति सताउँदैनन् तर यदाकदा लाही र फल कुहाउने औंसाकोप्रकोप हुने हुँदा जैविक विषादि वा फेरोमेन पासोको प्रयोग गर्नुपर्दछ।

२२। इस्कुस बाली टिपाईपछि केही सावधानी अपनाउनु पर्ला कि?
– इस्कुसका हरिया मुन्टा सकेसम्म टिपेकै दिन उपयोगमा ल्याउने अन्यथा नओइलाउने तरिकाले राख्नु पर्दछ।इस्कुसको त?ललाई सात दिन साधारण तापक्रममा राख्न सकिन्छ तर बढी समय राख्नु परेमा जमीन मुनी खाड्ल खनेर वा शीत भण्डारमा ७(८ डिग्री सेल्सियस तापक्रम र ८०-८५ प्रतिशत सापेक्षिक आर्द्रतामा राख्नु पर्दछ। शीत भण्डारको सुविधा नभएको ठाउँमा इस्कुसको त?ल चाना बनाई सुकाएर राखी लामो अवधिसम्म प्रयोग गर्न सकिन्छ।

Share:

काक्रो खेती

 

काक्रो खेती कसरि गर्ने ? 

कृषि पोष्ट संवाददाता

काक्रोको बैज्ञानिक नाम कुकुमिस साटिभस ( Cucumis sativus) हो। यो कुकुरबिटासी (Cucurbitaceae) परिबारमा पर्द्छ। यो एक बर्सिय लहरे बाली हो। यसको उत्तपति भारतको दछिण पुर्बी भागमा भएको पाइन्छ। काक्रो नेपालको परापुर्ब काल देखि नै खेती गरिदै आएको मुख्य बाली हो। यसको खेती पहाड देखि तराईसम्म गर्न सकिन्छ । नेपालमा मध्यपहाडी क्षेत्र यसको मुख्य उदगम थलो मानिन्छ ।

अन्य लहरेबाली जस्तै काक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। काक्रो तराईमा माघ , फाल्गुनमा रोपिन्छ भने बेमौसमी खेतिको लागि पुसमा बेर्ना तयार गरि रोपिने गरिन्छ। मध्ये पहाडमा चैत मा रोपिन्छ भने उच्च पहाडमा बैशाख देखि जेठसम्म काक्रो रोपिन्छ। काक्रो लाई सलाद बनाएर चानामा नुन खुर्सानी दलेर, अचार बनाएर , तरकारी पकाएर फल प्रसोधन गरेर सिधै खाने गरिन्छ। हाबापानी: न्यानो मौसममा खेती गरिने बाली भएकाले यसलाइ न्यानो तापक्रम को आबसयकता पर्द्छ। यसको बोट वृद्धि हुन २५° सेल्सियस देखि ३०°सेल्सियस तापक्रम आबसयकता पर्द्छ। यसले तुसारो सहदैन । आद्रता बढी भयो भने पनि यसको बोट वृद्धि बिकास हुदैन।

माटो: 

    काक्रो खेतिका लागि बलौटे दोभट र पागो माटो उपयुुक्त हुन्छ। उच्च उर्बरासक्ती र ५.५ देखि ६.५ पि. एच भएको माटो उपयुत्त हुन्छ। काक्रो खेती चिम्टाइलो माटो मा गर्न नसकिने भन्ने हैन तर तर यस्तो प्रकारको माटो मा लहरा बढि लाग्ने तर फल चाहिँ कम लाग्छ त्यसैले यस्तो प्रकारको माटो त्यति उपयुुक्त हुदैन ।

जग्गाको तयारी : 

    काक्रो खेतीका लागि २-३ पटक राम्रो सङ गहिरो गरि खनजोत गर्ने र माटो बुर्बुराउदो बनाउनु पर्छ। १८० से. मि चौडाइ को ड्याग बनाउने र दुई ड्याग को बिचमा कुलेसो बनाउने। बिउदर : प्रती कठा २०-३० ग्राम हाइबृड(Hybrid) र लोकल अथबा स्थानीय जात भएको खण्डमा १३ ग्राम प्रती कठा । रोप्न्रे तरिका: ३० देखि ३५ से.मि को खाडल खनी सिफारिस मात्राको मलखाद को प्रयोग गर्नुपर्छ। २-३ दिन पछि २ दाना खस्ने गरि २-३ से.मि गहिरो पारेर बीउ रोप्ननु पर्छ।

रोप्न्ने दुरि

    Row×Row= २ मिटर Plant ×plant= 1 मिटर थाक्रो अथवा छाप्रो हाल्ने: काक्रो लहरे बाली भएको कारण ले यसको वृद्धि बिकास साथै फलेको काक्रो फल माटोमा परि नबिग्रयोस भन्ने उद्देशयका साथ थाक्रो अथबा छाप्रा दिइन्छ । बोटहरु थोरै सङ्ख्या भए रुखको हागा अथवा बासको लिगो बोटको नजिकै गाडेर थाक्रा दिइन्छ। ब्याबसायिक स्तरमा खेती गर्दा १.५ मिटर देखि २ मिटर अग्लो खम्बा गाडी बासको भाटा अथबा डोरि बाधेर टाड बनाइन्छ।

काक्रो को उपयोगिता :

१)काक्रोको धेरै औसधि जन्य महत्त्व छ।

२)काक्रो पैस्टिकताले धेरै महत्त्वपूर्ण मानिन्छ। यसमा भिटामिन बि , सि क्यालसियम र फस्फोरस पाइन्छ,

३)काक्रोमा पानीको मात्रा प्रसस्त हुन्छ र यसले कब्जीयत हुनबाट बचाउछ, काक्रो खानाले ग्यास्टृक कम हुन्छ, यसको प्रयोगले जन्डिसका बिरामिहरुलाइ फाइदा गर्दछ, मोटोपन घटाउन सहयोग गर्द्छ , गर्मिको समयमा सितल घटाउछ।

Share:

तनेबोडी खेती

 

तनेबोडी खेती गर्ने तरिका

कृषि पोष्ट संवाददाता

तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशाको लम्वाई जात अनुसार ४० देखि ८० से.मीसम्म हुन्छ । यो तनेबोडी तरकारी र सलादको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ ।

हावापानी :

तराईदेखि उच्च पहाड क्षेत्रसम्म यसको खेती गर्न सकिन्छ । पहाडमा वर्षको दुईपटक र तराईमा चिसो महिना बाहेक बर्षैभरी खेती गर्न सकिन्छ ।

स्थान र उपयुक्त जातहरु :

खुमले तने, सर्लाही तने, काश्मिरी तने, चाइनिज ३२४,३१२,४२४ जातहरु उपयुक्त जातहरु हुन् ।

रोप्ने र बाली लिने समय :
मध्य पहाडमा साउन भाद्रमा रोपेर असोज कार्तिक मंसिर पहिलो बाली लिन सकिन्छ भने दोस्रो बालीका रुपमा फागुन चैत्रमा रोपेर बैशाख जेठ असारमा बाली लिन सकिन्छ ।
तराई तथा भित्रि मधेशमा फागुनमा रोपेर बैशाख, जेठमा बाली लिन सकिन्छ भने असार साउन, भाद्रसम्म रोपेर भाद्र, असोज, कार्तिकसम्म बाली लिन सकिन्छ । तर जात, स्थानीय हावापानी र प्रविधि अनुसार लगाउने र बाली लिने समय केही फरक हुन सक्छ ।

कस्तो माटोमा रोप्ने :

तनेबोडी खेती गर्नका लागि प्रशस्त प्रांगारिक पदार्थ र ४.५ देखि ६.५ पि.एच. मान भएको दोमट माटो बोडी खेतीका लागि उपयुक्त हुन्छ।

जग्गाको तयारी :

गोठे वा कम्पोष्ट मल राखेर जमीनलाई ३ देखि ४ पटक खनजोत गरी झारपात हटाई समथर बनाउने ।
ड्याङ्ग कम्तिमा १ मिटर चौडाईको बनाउने र त्यसमा २ लाईन बीउ रोप्ने ।

कति बीउ चाहिन्छ त ?
प्रति रोपनी १.५ देखि २ केजी प्रति र प्रति कट्ठा १ देखि १.३ केजी बीउ आवश्यक पर्दछ ।

राइजोवियम इनोकुलेसन :

विगत २ बर्षदेखि कुनै पनि कोसेबाली नलगाएको जमीनमा बीउको इनोकुलेसन गर्न जरुरी हुन्छ ।
बाली लगाउने समयमा बोडीको बीउमा नाइटूोजन फिक्सिङ्ग व्याक्टेरिया मिसाउने ।

मलखाद :

रासायनिक मलको परिणाम माटोको उर्वराशक्ति , अघिल्लो बाली, कम्पोष्ट मलको परिणाम र बालीको जातमा भरपर्दछ । आवश्यकता अनुसार झोल तथा सूक्ष्मतत्व प्रयोग गर्न सकिन्छ ।

सामान्यत :

डिएपी ५ केजी प्रति रोपनी र ३.५ केजी प्रति कट्ठाको हिसावले जग्गा तयारी हाल्नु पर्ने हुन्छ ।
त्यस्तै कम्पोष्ट मल प्रति रोपनी १५०० केजी र प्रति कट्ठा १००० केजी जमीन तयारी गर्दा प्रयोग गर्नु पर्दछ ।
पोटास प्रति रोपनी ४ केजी र प्रति कट्ठा २.६ केजी जमीन तयार गर्दा नै प्रयोग गर्नु पर्दछ ।

बीउ रोप्ने दुरी :

लाइनदेखि लाइनवीचको दुरी १ मी र बोटदेखि बोटको दुरी २५ देखि ३० से.मी. राख्ने ।
ड्याङ बीचको कुलोको चौडाई ३० से.मी. राख्ने ।
बीउलाई जमीनको सतहबाट ३ देखि ५ से.मीको गहिराईमा रोप्ने ।

थांक्रा दिने :

तने बोडी लहरे बाली भएकाले यसबाट राम्रो उत्पादन लिन थाँक्रा दिनु अति आवश्यक हुन्छ ।

गोडमेल :

विरुवाको वृद्दि, विकासको लागि कम्तिमा दुईपटक गोडमेल गरी माटो खुकुलो बनाउने र झारपात हटाउने गर्नु पर्दछ ।

सिंचाई र निकास :

विशेष गरी फूल फुल्ने र कोसा लाग्ने बेलामा हुलका सिंचाई आवश्यक पर्दछ । विरुवाको फेदमा पानी जम्न नदिने उपाय अवलम्वन गर्नु पर्दछ ।

बाली संरक्षण :

कीरामा मुख्यत : लाही कीरा लाग्छ र यो कीराले विरुवाको पात र डाँठबाट रस चुस्छ । पातमा कालो ढुसी जम्मा भएको देखिन्छ । यस्तै सूर्तिको पात खाने लाभ्रे पनि लाग्न सक्छ । लार्भाले कलिलो पात खान्छ भने बयस्क कीराले पात र डाँठ खाई नोक्सान पु¥याउँछ ।

यसलाई नियन्त्रण गर्न कीराको फुल र लार्भालाई नष्ट गर्ने, निमयुक्त बिषादी २ मि.लि.प्रति लिटर पानीमा घोलेर विरुवामा छर्ने वा सर्वो तेल १० मि.लि. प्रति लिटर पानीमा घोलेर छर्ने ।

रोगमा मुख्यत डाउनी मिल्ड्यु र सिन्दुरे रोग लाग्दछ ।

रोगको नियन्त्रण गर्न सिफारिस गरिएको रोग निरोधक जातहरु लगाउने ।

Share:

माटो बिना सागसब्जी बाट लाखौ को आम्दानी

 

माटो बिना सागसब्जी बाट लाखौ को आम्दानी

कृषि पोष्ट संवाददाता


विश्वभर शहरीकरण तीव्र भएसँ अर्बान फार्मिङको चलन निकै बढ्न थालेको छ । घरको छतमा, पार्किङ एरिया वा कुनै खालि ठाउँको प्रयोग गरी सागसब्जीको खेती गर्न थालिएको छ । यस्तो काम एक खास टेक्निकको प्रयोगबाट संभव हुन्छ । यो विधिमा मात्र २ सय वर्गफुट जति सानो क्षेत्रमा सागसब्जी उत्पादन गरिन्छ । जानकारहरुका अनुसार एकपटकको करिब डेढ लाख रुपैयाँ लगानीबाट तपाईले बर्षेनी २ लाख भन्दा बढी आम्दानी गर्न सक्नुहुन्छ ।

यो टेक्निकको मुख्य विशेषता भनेको यसमा माटोको प्रयोग नहुनु हो । यो तरिकामा बिरुवालाई अत्यावश्यक पोषक तत्व पानीको साहाराबाट सोझै बिरुवाको जरासम्म पुर्याइन्छ । टेक्निकल भाषामा यो विधिलाई हाइड्रोपोनिक्स भनिन्छ ।

के हो यो प्रविधि ?

यो प्रविधिमा माटोको प्रयोग बिना नै सागसब्जीको खेती गरिन्छ । यसमा बिरुवालाई चाहिने पोषक तत्व पानीको माध्यमबाट जरासम्म पुर्याइन्छ । बिरुवा एक मल्टि लेयर फ्रेमको साहारामा राखिएको पाइपमा उम्रिन्छ र यसको माध्यमबाट पाइपभित्र पोषक तत्वबाट भरिएको पानीमा जरा छाडिन्छ ।
हाइड्रोपोनिक्स एक प्रविधि हो, जसलाई अलग–अलग तरिकाबाट प्रयोगमा ल्याउन सकिन्छ । तपाईले यो सिस्टमलाई आफ्नो स्तर अनुसार समेत प्रयोगमा ल्याउन सक्नुहुन्छ ।

यो क्षेत्रमा काम गरिरहेका कतिपय कम्पनीहरुले यो प्रविधिको प्रयोगबाट तपाईलाई आवश्यक हुने सौखको गार्डेनदेखि लिएर व्यापारिक प्रयोजनको हिसाबबाट हुने खेतीपातीका लागि समेत प्रयोग गर्न तपाईलाई सघाउन सक्छन् ।
यो प्रविधिमा काम गरिरहेको एक भारतीय कम्पनी ‘हमारी कृषि’को वेबसाइटका अनुसार उत्पादनका लागि आवश्यक एयरोपोनिक फ्रेम र टावर गार्डेन पहिला व्यवस्थापन गर्नुपर्छ । कम्पनीले बनाउने एक २ मिटर उचाईको टावरमा ४० बिरुवा लगाउन सकिन्छ ।
कम्पनीका अनुसार करिब ४०० बिरुवा रोप्न मिल्ने १० टावरको लागत १ लाख ५० हजारको हाराहारीमा आउँछ । यो मूल्यमा टावर, सिस्टम र जरुरी पोषक तत्व समेत सामेल छ । यदि यो सिस्टमलाई सही ढंगले प्रयोग गरियो भने त्यसपछि बिज र आवश्यक केही पोषक तत्वमा मात्र सामान्य खर्च आउँछ ।

यो १० टावर तपाईको छतमा १५० देखि २ सय वर्गफुट क्षेत्रमा सहज ढंगले खडा गर्न सकिन्छ ।
विज्ञहरुका अनुसार यो प्रविधि मानिसलाई रोजगारी दिने राम्रो उपाय हो । किनभने परम्परागत कृषि प्रणालीको तुलनामा यो प्रविधिमा राम्रो आम्दानी हुन्छ ।
पहिलो वर्ष टावर तथा संरचना तयार गर्न खर्च भए पनि दोश्रो बर्षदेखिको आम्दानी अझ बढ्नेछ । कारण, त्यसबेला बिज, बिरुवाका लागि आवश्यक पोषक तत्वका लागि मात्र खर्च हुनेछ । त्यसपछि प्रत्येक वर्ष सानो लगानीमा २ लाख बढी आम्दानी लिन सकिन्छ ।यो टेक्निकबाट नियन्त्रित माहौलमा खेती हुन्छ । यसकारण अक्सर किसानले हाइड्रोपोनिक्सको माध्यमबाट यस्तो सागसब्जीको उत्पादन गर्छन, जसको बजार मूल्य निकै धेरै हुन्छ । यो प्रविधिमा पानी, फर्टिलाइजर, किटनाशकको खपत ५० देखि ८० प्रतिशतसम्म कम हुन्छ । यो टेक्निकबाट उत्पादन समेत ३ देखि ५ गुणासम्म वृद्धि हुन्छ ।

Share:

एभोकाडो खेति

 

एभोकाडो खेति प्रविधि


एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit) भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन् ।नेपालका विभिन्न ठाउँमा एभोकाडो फलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् ।संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ ।

नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन्।पाखा ,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ। नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ। एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको ३ देखि ५ वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा फल) सम्म फल्न सक्छ।

खेति प्रविधिः

समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ । माटोको पी एच छ ५.५ देखि देखि ६ .५भएको ठाउमा राम्रो हुन्छ ।

3 ft लम्बाई 3 ft चौडाईको खाडल खन्नु पर्छ ।

१: १ को अनुपातमा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवा लाई सार्नु पर्दछ ।बिरुवा सार्दा १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ । रोपेको समयम दिनको एकपटक पानी दिनु पर्छ , बिरुवा सरी सकेपछी हप्ताको एक पटक पानी दिए हुन्छ , बिरुवा रोपेको तल तरकारी वा कोशे बालि रोप्दा माटोको उर्बरा शक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ ।
रोग तथा किरा लागेको हाँगा हरुलाई काट्ने र हटाउने गर्नु पर्छ। बिरुवा रोपेको ३ देखि ५ बर्षमा फल फल्ने गर्छ । फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ ।

श्रावन देखि कार्तिक मंगसिरसम्म टिपिने यो फल को मुख्य सिजन भने भाद्र- असोज हो ।

एभोकाडोको बजार :

एभोकाडो बिदेशमा प्रती केजी १००० पर्छ भने, नेपालमा एभोकाडो ३०० देखी ५०० प्रती केजी सम्म गुण्स्तर अनुसार पर्छ, होलसेलमा ठाउँ हेरेर १०० देखी २८० सम्म बिक्छ ।


अत्याधिक पोषक तत्वयुक्त :
एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छ ।

उच्च रक्तचापलाई कम गराउँछ :
पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत् गर्छ र हृदयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ ।

फाइबरको अधिक मात्राले तौल नियन्त्रण :
फाइबर अर्को एउटा तत्व हो जुन एभोकाडोमा अत्याधिक मात्रामा पाइन्छ । यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा सुगर लेभललाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ ।

आँखालाई स्वस्थ राख्ने एन्टिअक्सिडेन्ट :
एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरु पाइन्छन् जसले आँखालाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ । वृद्धहरुको आँखामा आउने समस्यालाई पनि यसले कम गराउने भएकाले नियमित एभोकाडोको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् ।

क्यान्सरबाट बचाउँछ :
एउटा अनुसन्धानका अनुसार एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमो थेरापीको साइड इफेक्टलाई न्युन गराउन मद्दत गर्छ । प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरुले दैनिक एभोकाडो खाने गर्नुपर्छ ।

तौल घटाउन प्रभावकारी :
एभोकाडो तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ । एउटा ग्रुपमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लगाएको हो कि एभोकाडो खाएकाहरुलाई अरु खानेकुरा खाएकाभन्दा थोरै मात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैँमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै मद्दतगार साबित भइसकेको छ ।

एभोकाडोको समस्या :

एक बोट एभोकाडोले वार्षिक २०० किलोसम्म फल दिन्छ। मंसीरदेखि पाक्ने एभोकाडो एकै पटक टिप्ने वेला हुन्छ। बेलैमा टिपिएन भने अर्को वर्ष बोटमा फलै लाग्दैन। एभोकाडोको मुख्य समस्या यही हो। यो समस्या किन मुख्य बन्यो भने, एभोकाडोलाई भण्डारण गरेर राख्न सकिंदैन। नेपाली बजारमा मंसीरतिर प्रतिकिलो रु.१०० मा पाइने एभोकाडो चैततिर रु.४०० पर्छ।

यो समस्याबाट छुटकारा पाउन प्रशोधन उद्योग अनिवार्य हुन आउँछ। नेपाली एभोकाडोबाट उच्चकोटिको बटर, क्रिम, जुस, चक्लेट, आइसक्रिम बनाएर निर्यात गर्न सकिन्छ। यसका लागि लगानी र प्रविधि चाहिन्छ।

एभोकाडोको मात्र हैन, नेपालको समग्र कृषि क्षेत्रमा इच्छाशक्ति हुनेहरूसँग स्रोत नहुने र स्रोत हुनेहरूसँग इच्छाशक्ति नहुने समस्या छ। सरकारले इच्छाशक्ति भएका किसानहरूलाई सजिलो हुने नीति लागू गर्दा देशभर अरू बालीसँगै एभोकाडो फल्ने प्रचूर सम्भावना छ।

Share:
Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel