नगदे तथा मौसमी बाली खेती गर्ने किसानलाई ८० प्रतिशत अनुदान दिने निर्णय गरेको छ ।
कोरोना (कोभिड– १९)को कारणले देश लामो समय लकडाउनमा रहँदा कृषि क्षेत्र प्रभावित हुन सक्ने भन्दै चालू आर्थिक वर्षमा नगदेबाली तथा मौसमी खेती गर्ने किसानलाई ८० प्रतिशत कृषि अनुदान दिने भएको हो ।
लकडाउनका कारण विभिन्न बालीको खेती गर्न बिउबिजन, मल प्राप्त गर्न कठिनाइ हुने कृषकका लागि चालू आर्थिक वर्षका विभिन्न तालिम तथा गोष्ठी, आन्तरिक भ्रमणलगायत चालू खर्चतर्फ विनियोजन गरिएका नगर तथा वडा तहका योजना कटौती गरी किसानलाई अनुदान दिन लागिएको हाे ।
0 comments:
Post a Comment