मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Friday, June 26, 2020

मानिसकाे रहर

अचम्मैकाे हुँदो रहेछ मानिसको रहर,
सडक व्यस्त हुँदा खुला भएकाे हेर्ने रहर,
सुनसान अवस्थामा गाडी गुडेको हेर्ने रहर ,
लकडाउनले निम्त्यायो खै के–के पो रहर ।१।
यदि व्यस्त सडक हेर्ने छ तपाईको रहर,
एकैछिन यो दृश्य हेरेर पुरा गर्नुस त्यो रहर,
तर,लकडाउन जारी छ घरबाहिर जाने नगर्नुस् रहर,
लामो समय परिवारसंगै बिताउने पुरा गर्नुस् रहर ।२।
बजार खुल्ला हुँदा, हुँदैन बाहिर जाने रहर,
बन्द हुँदा जाउँ–जाउँ लागि रहने मानिसको रहर,
रेस्टुरेन्ट बन्द छ, त्यता जाने रहर,
खुला हुँदा महँगो भन्दै मार्छ त्यो रहर ।३।
 स्कूल, कार्यालय बन्द छ, चाडो खुलोस भन्ने रहर,
 खुलेका बेला समयमै नजाने मानिसको रहर,
📝भाेला ढुंगेल
 ##copymajeri.com
                                  
Share:

0 comments:

Post a Comment

Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel