मेरो गाउँ सुक्लैया"
**************
बारा जिल्लाको सदरमुकाम कलैया देखि अन्दाजी १५ कि.मि.उत्तरमा रहेकाे मेराेगाउँ पूर्वमा वाणगंगा नदी, पश्चिममा बेगाई खोला, उत्तरमा चारकोषे जंगल दक्षिणमा तराईको समथर भू भागको वीचभागमा अवस्थित मेरो गाउँ। अत्यन्तै सुन्दर लाग्छ मलाई मेरो गाउँ। आफु तेही ठाँउबाट बल्यकाल शुरू भएर होला धेरै माया लाग्छ मेरो गाउको मलाई अनि विश्व कै सुन्दर ठाउ लागेको छ मलाई मेरो गाउँ ।
मलाई सम्झना आउछ बच्पनमा गाउमा स्कुल गएको, गोठाला गएको अनि साथीभाइसङ्ग खेलेको। दाजु केदार ,प्रेम, राम, कमल दाइ अन्तरे दाइ,रामहरी,रामशरण, हरी, अशाेक, गेपाल, रमेश, दिलीप, अचुत, मनेाज, नबिन रूमा, उमा,मैया, पम्फा, अप्सरा, दुर्गा, देवी, प्रमेश, शुक्र, दुर्गा, शान्ति, मामा,चकचके मामा, हामी जहाँ गएपनी सङै जान्थ्यौ । कति रमाइलो जिन्दगी थियो उ बेला हाम्रो। सम्झना आउछ डुमरवानमा श्री ने.रा. मा. वि .पढ्न गएको। स्कुलबाट फर्कदै बाटामा उखु खादै घर फर्केको। गोठाला जादा पनि हामी संगै जान्थ्यौ । याद आउछ मलाई भैसी बाख्रा चराएको अनि चौतारामा गट्टा,बागचाल खेलेको। दिनभरी भैसी चौरमा चराइन्थ्यो बख्रा उखु बारीमा हुलिन्थ्यो। बेलुका भैसी र बाख्रा सङ्गै घर फर्काइन्थ्यो। धेरै साथी हुनाले कोइ बाख्रा हेर्थ्यौ त कोहि भैसी दाजुहरु बेलुका बाख्रा उखु बारीमाबाट लिएर निस्कनु हुन्थ्यो। आज सम्झदा सपना जस्तो लाग्छ मलाई। कस्तो प्रेमपुर्ण जमाना थियो उ बेला हाम्रो। डुमरवानमा श्री ने.रा. मा. वि पढ्दाको झल्झली सम्झना आउछ मलाई। हामी स्कुल पढ्न सङ्गौ जान्थ्यौ। हाफ टाइममा पानी अमला खान र कुसुम अनी जमुना खान गएको झन धेरै सम्झना आउछ मलाई। गाउको स्कुल सूक्लैया प्रा.बि.मा पढ्न जादाको झन याद आउछ। स्कुलमा उ बेला सिसा कलमले लेखेको सम्झदा अहिले अचम्म लाग्छ मलाई । आ-आफ्नो जमाना अनुसार हरेक कुरामा परिवर्तन हुदोरहेछ। उ बेला गरिबी भएपनि सबै गाउमै रमाएका थिए। मेरो गाउँ मलाई रमाइलो लाग्थ्यो। आज सुनसान जस्तै भएको छ मेरो गाउँ । कोहि शहर पसे, कोहि अरब अनि बुढापाका मात्रै छन् मेरो गाउमा। आज गाउँमा चारैतिरबाट सडक पुगेको छ। बिजुली बलेको छ, पानी घर घरमा आउदै छ । तर दुईचार दिन बस्ने गरी म मेरो गाउमा जान सकेको छैन किन ? सोच्छु म एक्लै कस्तो बिरानो भयो मेरो गाँउ देखि ? कति निष्ठुरी बन्यौ त आज हामी ? हिजो त्यही गाउमा साथीभाई मकै बाडेर खाएको भुलेकै हौ त ? कति आनन्द थियो उ बेला। कस्तो प्रेम थियो हामी बीच, आज सुखसयलमा बसेपनि हामीलाई हिजोको जस्तो आनन्द किन छैन ? तैपनी गाउमा जाने मन कसैमा पलाएन किन ? गाउँमा फर्किएर बसोबास गर्न नसके पनि मेरो गाउमा पसिना बगेको छ चटक्कै छोड्न हुन्न जस्तो लाग्छ मलाई। गाउमा चिनो स्वरुप सबैले एउटा एउटा सहयेग गर्नु पर्छ अब।
सम्झना आउछ मलाई सूक्लैया प्रा.बि.मा पढेको, मेरो गाउँमा कति बिकसित बनेका छन् त ? बुझ्छु म उस्तै छन अरे अह कत्ति फेरिएका छैनन ? बिडम्बना हामी व्यक्ती पो फेरिएका छौ खोई मेरो गाउ र समाज फेरिएको ? हामी सबैका अगाडि गम्भीर सवाल छ ? हामीले धेरै प्रगती गरेका छौ हामी गाडीमा सवार हुने हैसियतमा पुगेका छौ। तर मेरो गाउँ र समाज उस्तै छ किन ? अब मेरो गाउको मुहार फेर्नु छ, अब हामी एकजुट हुनुछ । गाउको, समाजको, धर्म, संस्कृति र शिक्षाको बिकासमा जुट्नु छ
भाेला ढुंगेल
जितपुरसिमरा-१५ सुक्लैया
हाल -बिराटनगर महानगरपालिका-१२
0 comments:
New comments are not allowed.