नेपालको तत्कालीन नारायणी अञ्चल बारा जिल्ला
डुमरवाना गा.वि.स. वडा नं.६ हाल परिवर्तित प्रदेश नं.२ जीतपुरसिमरा
उप-महानगरपालिका वडा नं.१५ मा अवस्थित सुकलैया गाँउको बारेमा परिचय दिने उदेश्यले ।
यस प्रकारको Blog तयार गर्नुको उदेश्य भनेकै
आफु जन्मे, हुर्केको मातृभूमिलाई देश, परदेशका बिभिन्न मुलुक हरुमा परिचित
गराउनुको साथै उक्त स्थानको परिवर्तित समयानुसारको विकास पूर्वाधारकोलागि केही
मात्रामा कुनै न कुनै हिसावले कही कतैबाट टेवा पुग्न सक्छकी भन्ने उदेश्यका साथ
प्रतिस्प्रर्धी समयमा पछि पर्न सक्ने सम्भानालाई दृष्टिगत गर्दै, उक्त स्थानमा बसोवास गर्नुहुने जातजाती, वर्ग, समुदायहरुले परम्परागत, तथा
हालको आधुनिक
समयमा कृषि पेशामा खेलेको भुमिकाको परिचयका साथसाथै उक्त स्थानको रहनसहनको वारेमा वास्तविक
जानकारी दिने उदेश्यले सो स्थानको परिचय, राजनीतिक, संस्कृतिक, बुद्दीजीवीवर्ग, जनसंख्या, सूचना, खेतीपाती, पेशा व्यवसाय, परम्परागत तथा हालको आधुनिक कृषि प्रणालीको
वारेमा के कस्तो उन्नती प्रगती भएको छ, हाम्रो गाउँको
बारेमा देश विदेशमा रहनु भएको विभिन्न विषयमा अध्ययन गरी रहनु भएका विज्ञहरुले
अध्ययन गरी त्यसको निचोडमा दिनु भएको प्रतिकृयाबाट अझ अन्य नयाँ तरिकाबाट आधुनिक
कृषि प्रणालीमा लम्कन अथवा जमर्को मार्न सकिन्छकी भन्ने उदेश्यका साथ गाउँमा
बसोवास गर्नु हुने बुद्दीजीवी, अग्रजहरुको साथ सहयोग र सल्लाहबाट यस Blog को निर्माण गरी
यहाँहरु समक्ष पहिलो पटक प्रस्तुत गरीएको छ । यसमा कुनै कमी कमजोरी भएमा सुझाव
दिनु हुने छ भन्ने आशा गर्दछु ।
शिवकुमार
ढुंगेल
जीतपुरसिमरा
उ.म.न.पा.१५सुकलैया
प्रदेश
नं. २ बारा
हालः-
हेटौंडा उ.म.न.पा.५ मकवानपुर
0 comments:
Post a Comment