मधेश प्रदेश , बारा , जिल्ला , जितपुरसिमरा उ.म.न.१५

Saturday, June 27, 2020

डर लाग्छ ।


तिमिलाइ गुमाउन भन्दा पनि ,
तिमी भन्दा राम्रो पाउछु कि भन्ने डर लाग्छ ।
तिमिले अरु संग ब्यस्त भएर
मेरो वास्ता नगरिदिदा ,अरुको वास्ता नगरी
म संगै बोल्ने भेटाउछु कि भन्ने डर लाग्छ ।
तिमिले मलाई सुरुसुरुमा माया गरे जस्तै
कोहि मलाई जिन्दगीभर माया गर्ने मान्छे
भेटाउछु कि भन्ने डर लाग्छ ।

यो मन कुनै दिन तिमिलाइ एकतर्फी माया
गर्दा गर्दै थाकेर मलाई एकतर्फी माया गर्ने
मान्छे तिर सर्छ कि भन्ने डर लाग्छ ।
तिमी जिन्दगीभर साथ दिन्छु भन्छौ
कोहि मेरो जिन्दगीमा साथ पनि
दिन्छु अनि साथ पनि निभाउछु भन्ने मान्छे
आउँछ कि भन्ने डर लाग्छ ।

तिमिले मलाई आफू जस्तो बनाउन खोज्छौ
कोहि भोलि आएर, हजुरमा मलाई पाउछु
भन्ने मान्छे आउँछ कि भन्ने डर लाग्छ ।
तिमिलाइ गुमाउन मन छैन ,सक्छौ
बेलैमा माया गर मलाई नत्र भने मैले तिमिलाइ माया
गर्ने म लाई नै छोडिदिन्छु कि भन्ने डर लाग्छ ।।

✍️ मिलन घिमिरे Twins boy
हाल - कतार
Share:

2 comments:

  1. नडराउ कान्छा मायामा यस्तै हाे ।

    ReplyDelete
  2. गल्ति नभए डराउन पर्दैन ।

    ReplyDelete

Copyright © हाम्राे प्याराे गाँउ सुक्लैया - Our lovely village Suklaiya | Powered by Blogger Design by BN Dhungel | Blogger Theme by Bhola Paudel